ताजा अपडेट

झिँ-बुग्ल जोड्ने रघुगंगा नदिमा पुल निर्माण,राहुघाट जलबिद्युतको बाँध सिधा सडक सञ्जालमा जोडियो

कमल खत्री म्याग्दी ८ मंसिर । म्याग्दीको रघुगंगा गाउँपालिकामा निर्माणधिन ४० मेगावाट क्षमताको राहुघाट जलविद्युत आयोजनाको बाँधतर्फ जाने रघुगंगा नदिमा मोटरेवल पुल निर्माण भएको छ । वडा नम्बर ४ दग्नामको बुग्ल र वडा नम्बर ५ को झिँ जोड्ने गरि रघुगंगा नदिमा मोटर गुड्ने बेलिब्रिज निर्माण गरिएको हो । राहुघाटको सिभिल... पुरा पढ्नुहोस

बागलुङमा जीप दुर्घटना हुँदा दुई जनाको मृत्यु

बागलुङ ८ मंसिर । बागलुङमा सोमबार भएको सवारी दुर्घटनामा दुई जनाको मृत्यु भएको छ । जिल्लाको बडिगाड गाउँपालिकामा सोमबार पीक अप जीप दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको हो । बडिगाड गाउँपालिका–६ सुरखुरेमा ग्वालीचौरतर्फ जाँदै गरेको लु १ ज ४३७० नम्बरको पीकअप जीप दुर्घटना हुँदा २१ वर्षीया टेकमाया राना र... पुरा पढ्नुहोस

घाइते भइ स्वास्थ्य सेवा लिइरहेका रिजालको उपचारमा राखु समाज अष्ट्रेलियाद्धारा सहयोग

म्याग्दी ८ मंसिर । रुखबाट लडेर गम्भीर घाइते भई पोखरा फेवासिटी अस्पतालबाट स्वास्थ्य सेवा लिईरहेका रघुगंगा गाउँपालिका–३ पिप्लेका २२ बर्षिय अवतार रिजालको उपचारमा अष्ट्रेलियामा रहेका राखुबासीले सहयोग गरेका छन् । अध्ययन र रोजगारिको सिलसिलामा अष्ट्रेलियामा पुगेका राखुबासीहरुको संस्था राखु समाज अष्ट्रेलियाको अगुवाईमा रिजालको उपचारमा रु ६१ हजार १ सय ६०... पुरा पढ्नुहोस

म्याग्दीमा मृत्यु पछि एक जनामा कोरोना पुष्टि

मंसिर ८ गते । म्याग्दीमा कोरोनाको कारण थप एक जनाको मृत्यु भएको छ । विरामी भई थप उपचारको क्रममा पोखरा लैजाँदै गर्दा बाटैमा निधन भएका रघुगंगा गाउँपालिका–१ का ८४ बर्षिय बृद्धको सोमबार पिसिआर रिपोट पोजेटिभ आएको स्वास्थ्य कार्यालय म्याग्दीले जनाएको छ । पर्वतको जलजला गाउँपालिका २ बौरमा वस्ने उहाँको स्वास्थ्यमा... पुरा पढ्नुहोस

कुमारी बहुउदेश्यीय सहकारी म्याग्दीबाट उत्कृष्ट करदाताको रुपमा सम्मानीत

म्याग्दी ७ मंसिर । म्याग्दी सदरमुकाम बेनीमा रहेको कुमारी बहुउदेश्यीय सहकारी संस्था उत्कृष्ट करदाताको रुपमा सम्मानीत भएको छ । आन्तरिक राजश्व कार्यालय बागलुङले नवौँ राष्ट्रिय कर दिवसको अवसरमा आईतवार सहकारीलाई आर्थिक बर्ष २०७५/७६ मा म्याग्दी जिल्लाबाट सबैभन्दा धेरै आयकर दाखिला गरेको भन्दै सम्मान गरेको हो । कार्यक्रममा प्रमुख कर अधिकृत... पुरा पढ्नुहोस

गलेश्वरमा सहायक ठेकेदारले अल्पत्र छाडेको पुल निर्माणमा जुट्यो मुख्य ठेकेदार (भिडियाे सहित)

म्याग्दी ७ मंसिर । म्याग्दीको बेनी नगरपालिका–९ गलेश्वर र रघुगंगा गाउँपालिका–३ जोड्ने रघुगंगा नदीमा निर्माणधिन अबस्थामा अल्पत्र बनेको मोटरेबल पुल निर्माण कार्य अघि बढेको छ । सकिनुपर्ने समयमा आधा पनि भौतिक प्रगति नभएको यस योजनाको सहायक ठेकेदार विवेक निर्माण कम्पनीका सचिन क्षत्री योजनालाई अल्पत्र बनाएर सम्पर्कविहिन भएपछि पुल निर्माण कार्य... पुरा पढ्नुहोस

रुइसेटोलका पहिरो पीडितलाई राखु समाज युकेको करिब १ लाख १९ हजार राहत वितरण

म्याग्दी ६ मंसिर । म्याग्दीको रघुगंगा गाउँपालिका–२ भगवतीको रुइसे टोलका पहिरो पीडितलाई राखु समाज युकेबाट राहत विरतण गरिएको छ । राखु समाज युकेको पहलमा त्यहाँ रहेका रघुगंगा गाउँपालिका २ राखु भगवती र वडा नम्बर ३ राखु पिप्लेका बासिन्दाहरुबाट संकलन गरेको रु १ लाख १८ हजार ९ सय राहत रकम पीडितलाई... पुरा पढ्नुहोस

निर्माण व्यवसायी महासंघका अध्यक्षले ठेक्का लिएकाे बेनी अस्पतालको भवन योजनामा ढिलासुस्ती

म्याग्दी ६ मंसिर । म्याग्दी सदरमुकाम बेनीमा निर्माणधिन बेनी अस्पतालको भवन निर्माण योजनामा चरम ढिलासुस्ती भएको छ । २०७६ मंसिर भित्रै निर्माण सम्पन्न गर्ने गरि ठेक्का सम्झौता भएको बेनी अस्पतालको ५० सैयाको अस्पताल भवन योजना निर्माण व्यवसायिको ढिलासुस्तीले अल्पत्र बन्न थालेको होे । निर्माण सम्पन्न गर्ने समय सकिएको १ बर्ष... पुरा पढ्नुहोस

म्याग्दीका योजनाको योजना आयोगका उपाध्यक्ष र प्रधानमन्त्रीका विकास सल्लाहकारद्धारा अनुगमन

म्याग्दी ६ मंसिर । म्याग्दीमा सञ्चालित राष्ट्रिय गौरवका आयोजना र ठुला योजनाहरुको राष्ट्रिय योजना आयोगका उपाध्यक्ष प्रा.डा. पुष्पराज कँडेल र प्रधानमन्त्रीका विकास सल्लाहकार गजेन्द्र थपलियाको टोलीले अनुगमन गरेका छन् । अनुगमनको सिलसिलामा म्याग्दी आइपुगेका उपाध्यक्ष कँडेल र विकास सल्लाहकार थपलिया नेतृत्वको प्राविधिक सहितको टोलीले यहाँका आयोजनाहरुको अनुगमन गरेका हुन् ।... पुरा पढ्नुहोस

अन्तर्राष्ट्रिय बाल दिवसका अवसरमा बालगृहका बालबालिकालाई पुस्तक सहयोग

म्याग्दी ५ मंसिर । ३१ औं अन्तर्राष्ट्रिय बाल दिवसको अवसर पारेर म्याग्दी सदरमुकाम बेनीमा रहेको बालगृहका बालबालिकाहरुलाई पुस्तक सहयोग गरिएको छ । नेपाल युवा परिषदको बेनी नगरपालिका– १० पात्लेखेत च्याप्टरले बालबालिकाका लागि उपयोगी हुने १५ हजार बराबरका पुस्तकहरु सहयोग गरेको हो । शुक्रबार बालगृहमा आयोजित कार्यक्रममा बालसंगठनका सभापति राजेश शाक्यलाई... पुरा पढ्नुहोस