बागलुङमा जीप दुर्घटना हुँदा दुई जनाको मृत्यु

  • ८ मंसिर २०७७, सोमबार
  • 846 पटक पढिएको

बागलुङ ८ मंसिर । बागलुङमा सोमबार भएको सवारी दुर्घटनामा दुई जनाको मृत्यु भएको छ । जिल्लाको बडिगाड गाउँपालिकामा सोमबार पीक अप जीप दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको हो ।

बडिगाड गाउँपालिका–६ सुरखुरेमा ग्वालीचौरतर्फ जाँदै गरेको लु १ ज ४३७० नम्बरको पीकअप जीप दुर्घटना हुँदा २१ वर्षीया टेकमाया राना र उनका ७ महिनाकी छोरी छाया रानाको घटनास्थलमै मृत्यु भएको इलाका प्रहरी कार्यालय बुर्तिवाङका प्रहरी निरीक्षक प्रकाशसिंह भण्डारीले जानकारी दिए ।

दुर्घटनामा गम्भीर घाइते भएकी ६० वर्षिया गौमती रोकालाई हेलिकप्टरमार्फत उद्धार गरिएको छ । रोकालाई हेलिकप्टरमार्फत उद्धार गरी पोखराको मणिपाल शिक्षण अस्पताल पठाइएको बडिगाड गाउँपालिकाका अध्यक्ष मेयरसिंह पाइजाले बताए।

टाउँको र हातमा गम्भीर चोट लागेका उनी अचेत अवस्थामा छिन । चालक रविलाल बुढा भने सकुशल छन् । उनलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।