म्याग्दी समाचार

जिल्लास्तरीय अन्तरमावि लोकनृत्य प्रतियोगितामा प्रकाश मावि बिजयी

म्याग्दी  १५ जेठ । म्याग्दी सदरमुकाम बेनीमा सम्पन्न भएको २१ औँ जिल्ला स्तरीय अन्तर मा.वि. रनिङ्ग कप लोकनृत्य प्रतियोगितामा प्रकाश माध्यमिक विद्यालय बिजयी भएको छ । म्याग्दी जेसीजको २७ औँ स्थापना दिवसको अवसरमा सञ्चालन भएको जेसीज सप्ताह २०८२ अन्तर्गत विहिवार आयोजित प्रतियोगितामा सदरमुकाम बेनीमा रहेको प्रकाश मा.वि.का विद्यार्थी कलाकारहरुको टोलीले... पुरा पढ्नुहोस

वैदेशिक रोजगार त्यागेर ‘घुम्तीगोठमा भेडापालन’ बाट आत्मनिर्भर

म्याग्दी , १५ जेठ । म्याग्दीको रघुगंगा गाउँपालिका– ७ चिमखोलाका युवा टिका पुन वैदेशिक रोजगार त्यागेर पुर्खाहरुको पेसा ‘घुम्तीगोठमा भेडापालन’ गरेर आत्मनिर्भर बन्नुभएको छ । रोजगारको शिलसिलामा कतारमा दुई बर्ष काम गरेपछि घर फर्कनुभएका ४१ बर्षिय पुनले आफ्नै गाउँमा भेडापालन गर्ने निधो गरेर कतारको रोजगारीलाई त्याग्नुभएको थियो । ‘‘ मरुभूमिको... पुरा पढ्नुहोस

विद्योदय आवि वाखेतमा भित्ते पत्रिका प्रकाशन सुरू

म्याग्दी । विद्यार्थीहरुलाई सुसूचित र सिर्जनशिल बनाउने उद्देश्यले विद्योदय बाल क्लबले ‘दि भ्वाइस अफ विद्योदय’ नामक मासिक भित्ते पत्रिकाको प्रकाशन सुरु गरेको छ ।  बेनी नगरपालिका १०, वाखेतमा अवस्थित विद्योदय आधारभूत विद्यालयमा गठित नव गठित  क्लबको पहलमा गणतन्त्र दिवसको पूर्वसन्ध्यामा पत्रिका प्रकाशन भएको छ । विद्यार्थीहरुले ड्रईङ पेपरमा हातैले लेखेर... पुरा पढ्नुहोस

बेनी खानेपानी आयोजनाको क्षमता विस्तार

म्याग्दी,  जेठ १५ गते ।  सदरमुकाम बेनी बजारमा खानेपानी वितरण हुँदै आएको आयोजनाको क्षमता विस्तारसँगै जल शुद्धीकरण गर्ने संरचना निर्माण भएको छ ।  सङ्घीय खानेपानी तथा ढल व्यवस्थापन आयोजनाले रु दुई करोड ४६ लाखको लागतमा बराहपाखोमा पानी शुद्धीकरण गर्ने नौ लाख लिटर क्षमताका तीनवटा ट्याङ्की निर्माण गरेको हो । बेनी... पुरा पढ्नुहोस

जौँ र उवा उत्पादन तथा ‘ब्रान्डिङ’ गर्न झिँका कृषकलाई औजार वितरण

म्याग्दी,  जेठ १४ गते ।  म्याग्दीको रघुगङ्गा गाउँपालिका–५ झिँका कृषकलाई परम्परागत बाली जौँ र उवा उत्पादन तथा ‘ब्रान्डिङ’ गर्न कृषकलाई अनुदानमा कृषि औजार वितरण गरिएको छ । गण्डकी प्रदेशको मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयको नवप्रवर्धन साझेदारी कार्यक्रमअन्तर्गत झिँका परम्परागत जौँ र उवा बालीको व्यावसायिक खेतीको विकास र किसानको आयआर्जन वृद्धिमा सहयोग पुर्‍याउने... पुरा पढ्नुहोस

अदालतमा मुद्दा परेपछि दरबाङमा सडक विस्तार राेकियो

म्याग्दी, जेठ १४ गते । अदालतमा मुद्दा परेपछि म्याग्दीको मालिका गाउँपालिका केन्द्र दरबाङ बजारमा सडक विस्तार योजना रोकिएको छ । लामो समयसम्म मुद्दाको किनारा नलाग्दा जीर्ण सडकमा जोखिम मोल्दै सवारीसाधन आवतजावत गर्नुपर्ने बाध्यता छ । दरबाङ बजारका स्थानीय प्रेम पटेल र रत्नकुमारी पटेलले सडक निर्माण रोकी पाउ भन्दै उच्च अदालत... पुरा पढ्नुहोस

जेसीज सप्ताहको अवसरमा अन्तर जेसीज सदस्य हाजिरीजवाफ प्रतियोगिता

म्याग्दी जेसीजको २७ औँ स्थापना दिवसको अवसरमा सञ्चालन भएको जेसीज सप्ताह २०८२ अन्तर्गत मंगलवार बेनीमा अन्तर जेसीज सदस्य हाजिरी जवाफ प्रतियोगिता सम्पन्न भएको छ । म्याग्दी जेसीजका बोर्डका पदाधिकारी तथा सदस्यहरु सहभागी प्रतियोगितामा बरबाकेली समूह प्रथम, रिखार समूह द्धितिय,मालिका समूह तृतीय र ताकमकोट समूह सान्त्वना हुन सफल भएका छन् ।  ... पुरा पढ्नुहोस

गणतन्त्र दिवसको अवसरमा बेनीमा रक्तदान

म्याग्दी  १४ जेठ । गणतन्त्र दिवसको अवसरमा म्याग्दी सदरमुकाम बेनीमा रक्तदान गरिएको छ । गणतन्त्र दिवस मूल समारोह समितिको समन्वयमा म्याग्दी जेसीज, प्रदेश स्वास्थ्य कार्यालय म्याग्दीको आयोजना र नेपाल रेडक्रस सोसाईटी म्याग्दीको प्राविधिक सहयोगमा आयोजित रक्तदानमा २४ जनाले रक्तदान गरेका छन् । गणतन्त्र दिवस मूल समारोह समितिका संयोजक एवं जिल्ला... पुरा पढ्नुहोस

सेवानिवृत्त शिक्षक गौतम :  ‘हाते कागज उद्योग सञ्चालन गरेर स्वरोजगार’

म्याग्दी , १४ जेठ । म्याग्दीको मालिका गाउँपालिका– ६ दरबाङका सेवानिवृत्त शिक्षक मोतिराज गौतमले हाते कागज उद्योग सञ्चालनमा ल्याउनुभएको छ । ४१ बर्ष लामो शिक्षण पेशाबाट अबकास लिएपछि गौतमले मालिका गाउँपालिका– ५ थापाचौरमा जग्गा भाडामा लिएर ‘मालिका कागज उद्योग’ सञ्चालनमा ल्याउनुभएको हो । एक दशक अघि सामुहिक रुपमा सुरु भएको... पुरा पढ्नुहोस

सडक खन्ने क्रममा पहिरोमा पुरिएर एक्साभेटर चालकको मृत्यु

म्याग्दीको धवलागिरी गाउँपालिका– ३ मुना स्थित दरखोला जलविद्युत आयोजनामा सडक खन्ने क्रममा पहिरोमा पुरिएर मंगलवार एक जनाको मृत्यु भएको छ । जलविद्युत आयोजनाको पाइपलाइनका लागि निर्माणधिन कुनौटा– दर सोलबाङ मोटरबाटो खन्ने क्रममा भिरमाथिबाट खसेको पहिरोमा पुरिएर एक्साभेटर चालक ३२ बर्षका खेमराज कुमैको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ । स्याङ्जा... पुरा पढ्नुहोस