म्याग्दी समाचार

कृषकलाई रघुगंगा गाउँपालिकाको प्रोत्साहन

म्याग्दीको रघुगंगा गाउँपालिकाले कृषिलाई व्यवसायिकरण र आधुनिकीकरण गर्न कृषकहरुलाई प्रोत्साहन गरेको छ । धान, मकै, कोदो, गहुँ, जौलगायतको अन्नबाली, आलु, गोलभेडालगायतको तरकारी खेती र सुन्तला, केरालगायतको फलफुल खेती हुँदै आएको यस गाउँपालिकामा कृषकहरुलाई तालिम, सिंचाई, यान्त्रिक उपकरण उपलब्ध गराएर पालिकाले कृषकहरुलाई सुविधा दिन थालेको हो । आर्थिक बर्ष २०८२÷०८३ मा... पुरा पढ्नुहोस

तातोपानी कुण्डको प्रचारमा राष्ट्रिय सेवा दल : क्याडेटद्वारा सामुदायिक सेवा

  ध्रुवसागर शर्मा म्याग्दी, २१ असार प्राकृतिक चिकित्सालयको रूपमा ख्याति कमाएको म्याग्दीको प्रसिद्ध तातोपानी कुण्डको प्रचार–प्रसार तथा प्रवद्र्धनका लागि राष्ट्रिय सेवा दल (एनसीसी) ले विशेष अभियान सुरु गरेको छ । राष्ट्रिय सेवा दलमा आबद्ध माउण्ट एभरेष्ट आवासीय मावि, बेनीका क्याडेटहरूले आइतबार तातोपानी कुण्ड परिसरमा एक विशेष सामुदायिक सेवा कार्यक्रम सम्पन्न... पुरा पढ्नुहोस

‘मौरिस हर्जोग’ पदमार्गको हुमखोलामा झोलुङ्गे पुल निर्माण

म्याग्दी १४ असार । नयाँ पर्यटकीय गन्तव्यका रूपमा विकास भएको अन्नपूर्ण हिमालको आधार शिविर जोड्ने ‘मौरिस हर्जोग’ पदमार्गअन्तर्गत म्याग्दीको अन्नपूर्ण गाउँपालिका-४ स्थित हुमखोलामा झोलुङ्गे पुल निर्माण भएको छ । अन्नपूर्ण गाउँपालिकाले निर्माण गरेको ५७ मिटर लामो झोलुङ्गे पुलबाट स्थानीयका साथै मौरिस हर्जोग पदमार्ग भ्रमणमा आउने पर्यटक लाभान्वित भएका छन् ।... पुरा पढ्नुहोस

ज्ञानोदय माविमा ‘हाम्रो समाज, राम्रो समाज’ विषयक सचेतनामूलक कार्यक्रम सम्पन्न

लागुपदार्थ दुव्र्यसन तथा ओसारपसारविरुद्धको अन्तर्राष्ट्रिय दिवस (जुन २६) को अवसरमा म्याग्दीको रघुगंगा गाउँपालिका–३ स्थित ज्ञानोदय माध्यमिक विद्यालयमा ‘हाम्रो समाज, राम्रो समाज’ विषयक एकदिने सचेतनामूलक कार्यक्रम सम्पन्न भएको छ। जिल्ला प्रहरी कार्यालय म्याग्दीको आयोजना तथा रघुगंगा गाउँपालिकाको आर्थिक सहयोगमा शुक्रबार आयोजित कार्यक्रमका उद्घाटन गर्दै रघुगंगा गाउँपालिकाका अध्यक्ष भवबहादुर भण्डारीले विद्यार्थीहरु मार्फत... पुरा पढ्नुहोस

अन्नपूर्णका कृषक घुम्तीगोठमा भेडाबाख्रा पालनमा आकर्षित

कमल खत्री म्याग्दी १०असार ।अन्नपूर्ण गाउँपालिका– ७ घराम्दीका कुमार पुर्जाले घुम्ती गोठमा भेडाबाख्रा पालन सुरु गर्नुभएको छ । रोजगारको सिलसिलामा साउदीमा १० बर्ष काम गेरेर स्वदेश फर्कनुभएका पुर्जाले गाउँमै स्वरोजगार बन्ने लक्ष्य लिएर बाख्रापालन सुरु गर्नुभएको थियो । केहि बर्ष बाख्रापालन गर्नुभएका उहाँले दुई बर्ष अघिबाट भेडापालन समेत गर्नुहुन्छ ।... पुरा पढ्नुहोस

सडक पूर्वाधारलाई सुधार गर्दै मालिका गाउँपालिका

कमल खत्री, म्याग्दी १० असार । मालिका गाउँपालिकाको केन्द्र दरबाङ बजारको सडकलाई कालोपत्रे सहित स्तरोन्नती गर्न सुरु गरिएको छ । पश्चिम म्याग्दीको मुख्य बजारको रुपमा रहेको मालिका गाउँपालिका– ६ दरबाङ बजारभित्रको सडकलाई फराकिलो बनाएर कालोपत्रे गर्न लागिएको हो । बजारभित्रको सडक साघुरो र कच्ची हुँदा हिलो, धुलोको सास्ती र सवारी... पुरा पढ्नुहोस

भवन पूर्वाधार निर्माणमा धवलागिरीको फड्को

म्याग्दी, ११ असार । म्याग्दीको धवलागिरी गाउँपालिकाले भवन पूर्वाधार निर्माणमा फड्को मारेको छ । साविकको मुदा गाविसको भवनमा तला र कोठा थप गरी सेवा प्रवाह गर्दै आएको यस गाउँपालिले आफ्नै प्रशासकीय भवन निर्माणलाई अन्तिम चरणमा पु¥याएको छ । वडा नम्बर ३ घट्टेखोलामा स्थानीयबासीहरुबाट १४ रोपनी जग्गा निशूल्क जग्गा प्राप्त भएपछि... पुरा पढ्नुहोस

म्याग्दीको अन्नपूर्णले पारित ग¥यो ६१ करोड बजेट, कृषि–पर्यटन र पूर्वाधारमा जोड

म्याग्दीको अन्नपूर्णले पारित ग¥यो ६१ करोड १४ लाखको बजेट, कृषि–पर्यटन र पूर्वाधारमा जोड (तस्बिरहरु) पोखरेबगर, असार १० गते । म्याग्दीको अन्नपूर्ण गाउँपालिकाले आगामी आर्थिक वर्ष २०८३÷०८४ का लागि ६१ करोड १४ लाख ६९ हजार रुपैयाँको बजेट सर्वसम्मत रूपमा पारित गरेको छ। बुधबार पोखरेबगरमा सम्पन्न गाउँसभाको २३औँ अधिवेशनले बजेट अनुमोदन गरेको... पुरा पढ्नुहोस

चिमखोलाको पहिचान र म्याग्दीको गौरव थाली नाच

  कमल खत्री म्याग्दी,१० असार । दुवै हातका पञ्जामा चम्किला थाली । गीतको लयसँगै शरीर छमछमी नाचिरहेको छ । थाल भने एकछिन पनि नखस्ने गरी निरन्तर घुमिरहेछन् । उमेरले सात दशक पार गरिसकेकी हिरामाया पुन श्रीषलाई यसरी थाली घुमाउँदै नाचिरहेको देख्दा दर्शक अझै पनि मन्त्रमुग्ध बन्छन् । अहिले धेरै कलाकारको... पुरा पढ्नुहोस

पूर्वाधारलाई प्राथमिकता दिँदै धवलागिरिले ल्यायो ४८ करोड ५२ लाखको बजेट

मुना, १० असार । म्याग्दीको धवलागिरी गाउँपालिकाले पूर्वाधार विकासलाई प्राथमिकतामा राख्दै आगामी आर्थिक वर्ष २०८३÷८४ का लागि रु ४८ करोड ५२ लाख तीन हजारको बजेट पारित गरेको छ । गाउँपालिकाको केन्द्र मुनामा बुधबार सम्पन्न १७ औँ गाउँसभामा उपाध्यक्ष रेशम पुन मगरले प्रस्तुत गर्नुभएको बजेट सभाले सर्वसहमतिमा पारित गरेको हो ।... पुरा पढ्नुहोस