काेटगाउँमा दूई गाउँका युवाहरुविच झडपः गम्भिर घाईते एक युवालाई हेलिकप्टरमार्फत पोखरा लगियाे

  • १६ कार्तिक २०७७, आईतवार
  • 30918 पटक पढिएको

म्याग्दी,१६ कात्तिक । म्याग्दीको रघुगंगा गाउँपालिका–६ पाखापानीस्थित कोटगाउँ र रातामाटाका युवाहरु विच झडप हुदाँ  साेही वडाकाे  रातामाटाका ३५ बर्षिय युवा डम्बरबहादुर पुन गम्भिर घाईते भएका छन् । कोटँगाउँमा भएको झडपमा घाईते पुनलाई स्थानीयले उद्धार गरी उपचारका लागि हेलिकप्टरमार्फत पोखरा मणिपाल अस्पतालमा लगिएको प्रहरी नीरिक्षक ध्रुवप्रसाद शर्माले जानकारी दिनुभयो ।

दुवाहरू बिच झडप भएकाे र घाइते भएका पुन बाटोभन्दा दुई सय मिटर तल अचेत, टाउको र शरिरमा चोट लागेको अवस्थामा फेला परेकाे प्रहरी निरीक्षक  शर्माले बताउनुभयो । निरिक्षक शर्माको टोलीले घटनास्थल पुगेर झगडाको कारण र  घटनास्थलबारे अनुसन्धान गरिरहेको छ ।

झडपमा परेर अन्य दुईजना घाईतेको बेनी अस्पतालमा उपचार भईरहेको छ । घटनामा संग्लन युवाहरुको खोजीकार्य भइरहेको प्रहरीले जनाएको छ ।