स्वास्थ्य तथा यौन जानकारी

बेनी अस्पतालमा ओपिडी सेवा विहान ७ बजेदेखि बेलुका ८ बजेसम्म संचालन हुने

  म्याग्दी, २ कात्तिक । गण्डकी प्रदेश सरकारले बार्षिक नीति तथा कार्यक्रम अनुसार सरकारी अस्पतालमा विहान ७ बजेदेखि बेलुका ८ बजेसम्म ओपिडी सेवा संचालन गर्ने नीतिमा रहेर बेनी अस्पतालबाट सेवा सुरु गरिएको छ । विहिबार गण्डकी प्रदेश सरकार अन्तरगत सामाजिक विकास तथा स्वास्थ्य मन्त्री सुशिला सिंखडाको उपस्थितमा विहान ७ बजेदेखि... पुरा पढ्नुहोस

पिप्लेमा सार्वजनिक सुनुवाई: जनशक्ति ब्यवस्थापन नगर्दा  एक्सरेमेशिन प्रयोगविहिन

    म्याग्दी २९ भदौ । म्याग्दीको रघुगंगा गाउँपालिका–३ राखु पिप्लेमा शुक्रबार आयोजित सार्वजनिक सुनुवाईमा सहभागी स्थानीयबासीले पिप्ले स्वास्थ्य चौकीमा रहेको एक्सरे मेसिन लामो सयम देखि प्रयोगविहिन भएको गुनासो राखेका छन् । पिप्ले स्वास्थ्य चौकीलाई स्तरोन्नती गरेर आधारभूत अस्पतालको सेवा संचालन गर्ने योजनासहित भिडियो एक्सरे र एक्सरे मेसिन खरिद गरेर राखेपनि... पुरा पढ्नुहोस

दरबाङमा पाँच शैया क्षमताको अस्पताल संचालन

  म्याग्दी, १९ भदौ । पश्चिम म्याग्दीको प्रमुख व्यापारिक केन्द्र एवम् मालिका गाउँपालिकाको मुकाम दरबाङ बजारमा सोमबार दरबाङ आधारभूत अस्पतालको उद्घाटन गरिएको छ । गण्डकी प्रदेशका पूर्व सामाजिक विकास मन्त्री नरदेवी पुनले पाँच शैया क्षमताको उक्त आधारभूत अस्पतालको उद्घाटन गर्दै अस्पतालको क्षमता विकासका साथै विशेषज्ञ चिकित्सक सहितको सेवा आवश्यक रहेको... पुरा पढ्नुहोस

ब्रेन ट्यूमर पीडित हरी दमाईलाई उपचारमा आर्थिक समस्या

म्याग्दी, ५ भदौ । टाउकोमा ब्रेन ट्यूमर रोगबाट पीडित भएका रघुगंगा गाउँपालिका– २ राखु भगवतीका ३५ बर्षिय हरि दमाईलाई उपचारमा आर्थिक समस्या भएको छ । रोजगारका लागि कतार पुगेको ६ महिनामा उहाँको टाउकोमा समस्या बढ्दै गएपछि घर फर्किर पोखरास्थित गण्डकी अस्पताल पोखरामा उपचार गराउँदै आउनुभएको थियो । उपचार(अप्रेशन) प्रश्चात टाउँकोमा... पुरा पढ्नुहोस

विद्यार्थीमा आँखा पाक्ने रोग फैलिएपछि बेनी नगरपालिकामा विद्यालय बन्द

  बेनी, २९ साउन । आँखा पाक्ने रोगको संक्रमण फैलिएपछि बेनी नगरपालिकाले नगरभित्रका विद्यालयहरु भदौ १ गतेसम्म बन्द गरेका छ। बेनी बजार तथा ग्रामिण क्षेत्रका विद्यालयमा आँखा पाक्ने रोगबाट बढी विद्यार्थी तथा बालबालिका प्रभावित भएपछि बेनी नगरपालिकाले विद्यालय बन्द गर्ने निर्णय गरेको हो । नगरपालिकाकाले विद्यालयका प्रधानाध्यापक, स्वास्थ्य कार्यालयका प्रतिनिधिको... पुरा पढ्नुहोस

बेनीमा निःशुल्क मानसिक स्वास्थ्य शिविर

म्याग्दी २५ असार । म्याग्दी सदरमुकाम बेनीमा सोमबार निःशुल्क मानसिक स्वास्थ्य शिविर सम्पन्न भएको छ । मानसिक रोगका विरामीहरुलाई लक्षित गरि आयोजित शिविरमा २१ जना पुरुष र २८ जना महिला गरि ४९ जनाले सेवा लिएका छन् । संरक्षक म्याग्दीको आयोजना , लिड्स नेपाल र भिसेन्ट फेररको सहयोगमा बेनी अस्पताल परिसरमा... पुरा पढ्नुहोस

म्याग्दीमा ‘लम्पी स्किन’ तीव्र रुपमा फैलियो

  म्याग्दी, १४ असार । म्याग्दीमा ‘लम्पी स्किन’ बाट एक हजार ६६९ गाईगोरु र भैसी बिरामी परेका छन् । भेटेरीनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्रका पशु सेवा प्राविधिक गणेश रिजालले जिल्लाका ६ वटै स्थानीय तहमा लम्पी स्किन फैलिएको बताउनुभयो । ‘गाई, गोरु, बाच्छा र बाच्छीमा देखिएको यो रोग पछिल्लो... पुरा पढ्नुहोस

दोबामा पालिकास्तरीय अस्पतालको भवन निर्माण

म्याग्दी, २ असार। म्याग्दीको अन्नपूर्ण गाउँपालिका–१, दोबामा अस्पताल भवन निर्माण भएको छ । संघीय सरकारले तीन वर्षअघि अघि सारेको सबै स्थानीय तहमा आधारभूत तहको अस्पताल सञ्चालन गर्ने कार्यक्रमअनुसार अन्नपूर्ण गाउँपालिकाले दोवामा अस्पताल भवन निर्माण गरेको हो । पाँच शय्या क्षमताको भूकम्प प्रतिरोधी र अपाङ्गमैत्री अस्पतालको भवन निर्माण भएको गाउँपालिकाका इञ्जिनियर... पुरा पढ्नुहोस

औलो रोग सम्वन्धी बेनीमा अन्तरक्रिया

म्याग्दी, १२ बैशाख । ‘शून्य औलो अबको थालनी, नवीनतम कार्य, कार्यान्वयनमा लगानी’ भन्ने नारासहित विश्व औलो दिवसको अवसरमा मंगलबार बेनीमा पत्रकारसंग अन्तरक्रिया गरिएको छ। स्वास्थ्य कार्यालय म्याग्दीले दिवसका अवसरमा पत्रकारसंग औलो रोगसम्वन्धी अन्तरक्रिया गरेको हो । म्याग्दीमा ओलो रोगका विरामी शुन्य भएपनि हाल कम जोखिमयुक्त क्षेत्रमा रहेको स्वास्थ्य कार्यालय म्याग्दीका... पुरा पढ्नुहोस

बालगृहका बालबालिकाको स्वास्थ्य परिक्षण एवम् खाद्यान्न सहयोग

  बेनी, १६ चैत । नेपाल पत्रकार महासंघको ६८ औं स्थापना दिवसको अवसरमा जिल्ला शाखा म्याग्दीले बालगृहका बालबालिकाको स्वास्थ्य परिक्षण एवम् खाद्यान्न सहयोग गरेको छ । विहिबार बालगृहमा बसोबास गर्ने ११ जना बालबालिकाको स्वास्थ्य परिक्षण गरिएको हो । कार्यक्रममा बेनी नगरपालिकाका मेयर सुरत केसी र महासंघका उपाध्यक्ष हरीकृष्ण गौतमद्वारा नेपाल... पुरा पढ्नुहोस