ताजा अपडेट
आज २०१ जना कोरोना संक्रमण पुष्टि, संक्रमितको संख्या २३०० पुग्यो
- 5 बर्ष, 1 महिना अगाडि
- २१ जेष्ठ २०७७, बुधबार
काठमाण्डौ २१ जेठ । बुधवार नेपालमा नेपालमा २०१ जना कोरोनाभाइरस संक्रमित थपिएका छन् । अहिलेसम्म नेपालमा कुल २३०० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । बुधबारको नियमित पत्रकार सम्मेलनमा स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा विकास देवकोटाले सो जानकारी गराएका हुन् । यस्तै बुधबार थप १२ जना संक्रमण निको भएर घर फर्किएका... पुरा पढ्नुहोस
क्वारेनटाइनको सुरक्षा र ब्यबस्थापन ? (भिडियो रिपोर्ट सहित)
- 5 बर्ष, 1 महिना अगाडि
- २१ जेष्ठ २०७७, बुधबार
कमल खत्री /सन्दीप शर्मा म्याग्दी २१ जेठ । म्याग्दीमा क्वारेनटाइनको सुरक्षा र ब्यबस्थापनमाथि प्रश्न उठेको छ । मंगलवार मालिका गाउँपालिकाको केन्द्र दरबाङ बजार स्थित छ्यारछ्यारेमा रहेको क्वारेनटाइनमा बसेका एक युवा क्वारेन्टाइन नजीकै रहेको म्याग्दीखोलामा पौडी खेल्दा वेपत्ता भएसंगै क्वारेनटाइनको सुरक्षा र ब्यबस्थापनमा लापरबाही भएको तथ्य बाहिरिएको हो । भारतबाट आएर... पुरा पढ्नुहोस
नेपालमा कोरोना संक्रमितको कूल संख्या २०९९ पुग्यो
- 5 बर्ष, 1 महिना अगाडि
- २० जेष्ठ २०७७, मंगलवार
काठमाडौं २० जेठ । नेपालमा थप २८८ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा विकास देवकोटाले मंगलबारको नियमित पत्रकार सम्मेलनमा उक्त जानकारी दिएका हुन् । सोमबार २८८ जना संक्रमित थपिएसँगै नेपालमा कूल कोरोना संक्रमतिको संख्या २०९९ पुगेको छ । यस्तै उनले थप ४५ जना... पुरा पढ्नुहोस
दरबाङको क्वारेनटाइनमा बसेका युवा पाैडी खेल्न जाँदा म्याग्दी खोलाले बगाएर बेपत्ता
- 5 बर्ष, 1 महिना अगाडि
- २० जेष्ठ २०७७, मंगलवार
म्याग्दी २० जेठ । म्याग्दीको मालिका गाउँपालिकाको केन्द्र दरबाङ स्थित छ्यारछ्यारेमा रहेको क्वारेनटाइनमा बसेका एक युवा मंगलवार खोलामा पौडी खेल्ने क्रममा नदीले बगाएर वेपत्ता भएका छन् । क्वारेनटाइन नजीकै रहेको म्याग्दी खोलामा पौडी खेल्न गएका धवलागिरि गाउँपालिका–७ धारापानीका १९ बर्षिय राजेश थापालाई नदीले बगाएको हो । दिउँसो क्वारेनटाइनको सुरक्षार्थ खटिएका... पुरा पढ्नुहोस
विकासलाई दिर्घकालीन बनाउँदै बसाइसराई रोक्न सांसद केसीको जोड
- 5 बर्ष, 1 महिना अगाडि
- २० जेष्ठ २०७७, मंगलवार
बेनी, १९ जेठ । म्याग्दी क्षेत्र (क) का गण्डकी प्रदेशका सांसद बिनोद केसीले बसाइसराई रोक्ने योजनामा जोड दिनुभएको छ । गण्डकी प्रदेश सरकारले सार्वजनिक गरेको नीति तथा कार्यक्रमको छलफलमा भाग लिदै सोमबारको प्रदेशसभा बैठकमा सांसद केसीले विकासका योजनालाई दिर्घकालीन विकासका आयोजनामा प्राथमिकता दिनुपर्ने बिचार व्यक्त गर्नुभयो । ‘राज्यले गाउँमा सडक,... पुरा पढ्नुहोस
पर्वतमा पनी कोरोना संक्रमण पुष्टी, एकैदिन ५ जना संक्रमित, गण्डकीमा संक्रमित संख्या ३७ पुग्यो
- 5 बर्ष, 1 महिना अगाडि
- २० जेष्ठ २०७७, मंगलवार
पोखरा २० जेठ । पर्वतमा कोरोना संक्रमण पुष्टी भएको छ । मंगलबार गण्डकी प्रदेशमा कोरोना भाइरसका १० नयाँ संक्रमित थपिएका छन् । स्याङ्जा र पर्वतका ५–५ जना गरि मंगलबार १० नयाँ संक्रमित थपिएका हुन् । पर्वतमा एकै दिन ५ नयाँ संक्रमित थपिएका छन् । जिल्लाको फलेबास नगरपालिकाका २ र महाशिला... पुरा पढ्नुहोस
जलविद्युत आयोजनामा काम गर्न आएका मजदुरलाई नारच्याङ गाउँ प्रवेशमा रोक (भिडियो सहित)
- 5 बर्ष, 1 महिना अगाडि
- १९ जेष्ठ २०७७, सोमबार
कमल खत्री बेनी १९ जेठ ।म्याग्दीको अन्नपूर्ण गाउँपालिकामा सञ्चालित जलविद्युत आयोजनाहरुमा काम गर्न बाहिरबाट ल्याईएका मजदुरलाई गाउँ प्रवेशमा रोक लगाएपछि मजदुरहरु अल्पत्र परेका छन् । अन्नपूर्ण गाउँपालिका–४ नारच्याङमा निर्माणधिन निलगिरी जलविद्युत आयोजनामा काम गर्नको लागि सल्यान, सिन्धुपाल्चोक र नुवाकोट लगायतका ठाउँबाट ल्याईएका मजदुरहरुलाई स्थानीयबासीले गाउँ प्रवेशमा रोक लगाएका हुन् ।... पुरा पढ्नुहोस
दरबार हत्याकाण्डको १९ वर्ष पूरा
- 5 बर्ष, 1 महिना अगाडि
- १९ जेष्ठ २०७७, सोमबार
जेठ १९ काडमाण्डाै । आज जुन १, नेपाली क्यालेन्डरअनुसार १९ जेठ । नेपालको इतिहासमा कालो दिन । १९ वर्षअघि आजकै दिन दरबार हत्याकाण्ड हुँदा राजा वीरेन्द्र शाह र रानी ऐश्वर्यासहित राजपरिवारका १० सदस्य मारिए । अधिराजकुमारी श्रुती, अधिराजकुमार निराजन, राजा वीरेन्द्रका भाई धिरेन्द्र शाहलगायत ९ जनाले घटनास्थलमै ज्यान गुमाएका थिए... पुरा पढ्नुहोस
बाँकेमा बस र ट्रक ठोक्किँदा १२ को मृत्यु, २१ घाइते
- 5 बर्ष, 1 महिना अगाडि
- १९ जेष्ठ २०७७, सोमबार
जेठ १९ गते । बाँकेको राप्तीसोनारी गाउँपालिकास्थित पूर्व पश्चिम राजमार्गमा गए राति भएको सडक दुर्घटनामा १२ जनाको मृत्यु भएको छ । भारतबाट घर फर्केका नागरिकलाई लिएर नेपालगञ्जदेखि सल्यान जाँदै गरेको ना ५ ख ५९९५ नम्बरको हायस गाडी रोकिराखेको बा४ख ९०६४ नम्बरको ट्रकमा गए राति करिब १२ बजे ठोक्किएर दुर्घटना भएको... पुरा पढ्नुहोस
कोरोना संक्रमितको शव व्यवस्थापन सम्बन्धि नेपाली सेनाको पूर्व अभ्यास प्रदर्शन
- 5 बर्ष, 1 महिना अगाडि
- १९ जेष्ठ २०७७, सोमबार
म्याग्दी १९ जेठ । नेपाली सेनाले विश्वव्यापी महामारी रुपमा फैलिएको नोभेल कोरोना भाइरस (कोभिड १९) संक्रमितको शव व्यवस्थापन सम्बन्धमा पुर्व अभ्यास प्रदर्शन गरेको छ । कोरोना महामारी फैलिएपछि हुने सम्भावित जोखिमलाई मध्यनजर गर्दै कोरोना संक्रमितको निधन भएको अबस्थामा उनीहरुको सब ब्यबस्थापन सम्बन्धि डेमो प्रदर्शन गरिएको हो । नेपाली सेनाको श्रीबक्स... पुरा पढ्नुहोस