अन्तर्राष्ट्रिय बाल दिवसका अवसरमा बालगृहका बालबालिकालाई पुस्तक सहयोग

  • ५ मंसिर २०७७, शुक्रबार
  • 1232 पटक पढिएको

म्याग्दी ५ मंसिर । ३१ औं अन्तर्राष्ट्रिय बाल दिवसको अवसर पारेर म्याग्दी सदरमुकाम बेनीमा रहेको बालगृहका बालबालिकाहरुलाई पुस्तक सहयोग गरिएको छ । नेपाल युवा परिषदको बेनी नगरपालिका– १० पात्लेखेत च्याप्टरले बालबालिकाका लागि उपयोगी हुने १५ हजार बराबरका पुस्तकहरु सहयोग गरेको हो ।

शुक्रबार बालगृहमा आयोजित कार्यक्रममा बालसंगठनका सभापति राजेश शाक्यलाई युवा परिषद पात्लेखेत च्याप्टरका अध्यक्ष सप्नम मल्लले पुस्तकहरु हस्तान्तरण गर्नुभएको थियो ।

पात्लेखेतबासीहरुको सहयोगमा बालबालिकाका लागि उपयोगी हुने विभिन्न ज्ञानमुलक पुस्तकहरु सहयोग गरेको मल्लले बताउनुभयो । भोलीका दिनहरुमा पनि बालबालिकाहरुलाई आवश्यक पर्ने सहयोग गर्ने उहाँले बताउनुभयो ।

कार्यक्रममा बालसंगठनका सभापति शाक्यले सवैको साथ र सहयोगले नै बालगृहलाई व्यवस्थित बनाउन सकिने बताउँदै शैक्षिक सामाग्री सहयोग गरेकोमा परिषदलाई आभार प्रकट गर्नुभयो । सप्नम मल्लको अध्यक्षतामा सम्पन्न कार्यक्रमको सञ्चालन सदस्य रञ्जना श्रेष्ठले गर्नुभएको थियो । बालगृहमा १३ जना अनाथ बालबालिकाहरु रहेका छन् ।