हाम्रो बारेमा

आजको प्राविधिक युगमा समाचार सुन्न र सुनाउन पाउनु सवैको नैसर्गिक अधिकार हो l त्यसैले आज विकसित राष्ट्र देखि अल्पविकसित राष्ट्रसम्म सञ्चारको ठुलो महत्व वढीरहेको छ । हिजो गिद्दे प्रेस देखि आजका अपसेट प्रेस र अनलाइन माध्यम सम्म आइपुग्दा सञ्चार जगतले ठूलो नै फट्को मारिसकेको छ ।

प्रविधिको उत्कृष्ट विकासका कारण यस्तो लाग्न थालेको छ की, विश्व अहिले एउटै गाउँ हो, जहाँ हामी चाहेको बेला जताततै घुम्न र रम्न सक्छौँ । म्याग्दी अनलाइन डट कम त्यसैको एउटा उपज हो । छिनभरमै गाउँ, समाज र विश्वका समाचारहरुका विषयमा जानकारी लिनु हाम्रो दैनिकी र परम्परा बनेको छ । विश्वको जुनसुकै कुनामा रहेपनि गाउँरुपी यो प्रविधिको चौतारीमा हामी साक्षात्कार गर्न सक्छौं, त्यस अर्थमा हामी एउटा माध्यमको भूमिका निर्वाह गर्नेछौँ ।

आफन्त र आत्मियता अचेल यति प्यारो बन्दै गएको छ की, मानवीय स्वभाव र परिस्थितिका कारण हामी छरिएर बस्न बाध्य भएपनि गाउँ, टोल, छरछिमेक र समाजमा घट्ने सकरात्मक र नरात्मक दुबै घटना जान्न, बुझ्न र सुन्न मन लाग्छ । यहि स्वभाविक चाहना र आवश्यकताको परिपूर्तिको अर्को स्वरुप हो, म्याग्दी अनलाइन डट कम । समाचारहरुको प्रस्तुती र प्राथामिकता चलनचल्तीका भन्दा अलि फरक स्वाद पस्कने हामी संकल्पित छौँ ।

अहिले भनिदै आएको प्रवास र नेपाल, यो दूई फरक परिवेशलाई सहि तरिकाले जोड्नु आवश्यक छ । नामले म्याग्दी अनलाइन भएपनि विश्वबजारका समाचारहरुलाई समेत फराकिलो चश्माले हेर्ने प्रयासमा रहनेछौँ । कृषि, पर्यटन, जलविद्युत साचिच्कै नेपालको विकासको आधार हो । त्यसलाई हामी कम महत्व दिनेछैनौँ ।  म्याग्दी अनलाइन डट कमबाट समृद्ध र समुन्नत समाज निर्माणमा होतेमालो गरौँ ।

म्याग्दी अनलाइन डट् कम परिवार