म्याग्दीमा मृत्यु पछि एक जनामा कोरोना पुष्टि

  • ८ मंसिर २०७७, सोमबार
  • 1456 पटक पढिएको

मंसिर ८ गते । म्याग्दीमा कोरोनाको कारण थप एक जनाको मृत्यु भएको छ । विरामी भई थप उपचारको क्रममा पोखरा लैजाँदै गर्दा बाटैमा निधन भएका रघुगंगा गाउँपालिका–१ का ८४ बर्षिय बृद्धको सोमबार पिसिआर रिपोट पोजेटिभ आएको स्वास्थ्य कार्यालय म्याग्दीले जनाएको छ । पर्वतको जलजला गाउँपालिका २ बौरमा वस्ने उहाँको स्वास्थ्यमा समस्या आएपछि चार दिन अगाडी बेनी अस्पतालमा उपचारका लागि आउनुभएको थियो ।

अस्पतालबाट पीसिआर परिक्षणको लागि पठाईएको रिपोट सोमबार मात्रै आएपनि उहाँको मंसिर ६ गते नै थप उपचारको लागि पोखरा लैजाँदै गर्दा बिच बाटैमा मृत्यु भएको थियो । रिपोट नआउँदै मृत्यु भएपनि उहाँको सबलाई कोभिड प्रोटकल अनुसार आईतवार अन्त्योष्टी गरिएको स्वास्थ्य कार्यालय म्याग्दीका प्रमुख एकनारायण लम्सालले जानकारी दिनुभयो ।

म्याग्दीमा सोमबार थपिएका ५ जना कोराना संक्रमित मध्ये मृतक बृद्ध समेतको रहेको उहाँले बताउनुभयो । सोमबार अन्नपूर्ण गाउँपालिकाको वित्तिय संस्थामा कार्यरत एक जना र बेनी नगरपालिकाका ३ जनामा कोरोना संक्रमण पुष्टि भएको थियो । यो संगै म्याग्दीमा कोरोनाका कारण ज्यान गुमाउनेको संख्या ५ पुगेको छ ।

तस्बिर : सुरज केसी