घाइते भइ स्वास्थ्य सेवा लिइरहेका रिजालको उपचारमा राखु समाज अष्ट्रेलियाद्धारा सहयोग

  • ८ मंसिर २०७७, सोमबार
  • 1606 पटक पढिएको

म्याग्दी ८ मंसिर । रुखबाट लडेर गम्भीर घाइते भई पोखरा फेवासिटी अस्पतालबाट स्वास्थ्य सेवा लिईरहेका रघुगंगा गाउँपालिका–३ पिप्लेका २२ बर्षिय अवतार रिजालको उपचारमा अष्ट्रेलियामा रहेका राखुबासीले सहयोग गरेका छन् । अध्ययन र रोजगारिको सिलसिलामा अष्ट्रेलियामा पुगेका राखुबासीहरुको संस्था राखु समाज अष्ट्रेलियाको अगुवाईमा रिजालको उपचारमा रु ६१ हजार १ सय ६० रुपैयाँ सहयोग जुटेको हो ।

राखु समाज अष्ट्रेलियाको पहिलो कार्य समितिको बैठकबाट रिजालको उपचारमा संस्थागत र व्यक्तिगत सहयोग गर्ने निर्णय भए बमोजिम सहयोग जुटाएर उपलब्ध गराईएका समाजका सचिब गोकुल भण्डारीले जानकारी दिनुभयो । रिजालको उपचारमा संस्थाले रु १ सय ५० डलर सहयोग गरेको र बाँकी रकम व्यक्तिगत सहयोग संकलन गरिएको जनाईएको छ । पुजा खत्रीको संयोजकत्वमा आर्थिक संकलन अभियान सञ्चालन गरि सहयोग जुटाईएको राखु समाज अष्टे«लियाले जनाएको छ ।

अष्ट्रेलियामा रहेका म्याग्दीको रघुगंगा गाउँपालिका–२ भगवती र ३ वडा पिप्लेका बासिन्दाहरुको भेलाबाट हालै सतिस भण्डारीको अध्यक्षतामा राखु समाज अष्ट्रेलिया गठन गरिएको थियो । घाईते भई अस्पतालमा सल्यक्रिया पश्चात अस्पतालकै सम्पर्कमा रहेर स्वास्थ्यलाभ गराईरहेका रिजालको उपचारमा प्राप्त सहयोगले राहत मिलेको भन्दै अभियानका संयोजक एवम नेपाल रेडक्रस सोसाईटी पिप्ले उपशाखाका सभापती तारानाथ शर्माले सहयोगदाताहरुलाई आभार प्रकट गर्नुभएको छ ।

सहयोगदाताको नामावली :

1 सतिस भन्डारी 100$

2 आनन्द रिजाल 30$

3 सर्मिला भन्डारी 20$

4 प्रकाश कार्की 30$

5 सुमित्रा भन्डारी 31$

6 आशिष खत्री 30$

7 सुबास के सि 21$

8 पुजा खत्री 21$

9 ईश्वर खत्री 31$

10 सुजन शर्मा 32$

11 गकुल भन्डारी 31$

12 शिब सुवेदी 35$

13 बिशान भन्डारी 25$

14 रोशन बिवकर्मा 35$

15 prashant rijal 50$

16 shiva rakal 40$

Total deposited amount in nepal is Rs 61160