ताजा अपडेट
विद्यालयमा आगोलागीबाट ९२ लाख बराबरको क्षत्ती
- 9 बर्ष, 2 दिन अगाडि
- २६ फाल्गुन २०७३, बिहीबार
बेनी, २६ फागुन । बेनी नगरपालीका १४ डाँडाखेतमा रहेको बालमन्दिर आधारभुत विद्यालयको भवनमा आगोलागी हुँदा ९२ लाख रुपैया बराबरको क्षत्ती भएको छ । विद्युत सर्ट भएर बुधबार साँझ भएको आगोलागीबाट ८ कोठे दुई तले भवनका साथै भौतिक सामाग्रीहरु जलेर नष्ट हुँदा ९२ लाख रुपैया बराबरको क्षत्ती भएको जिल्ला प्रहरी कार्यालयले... पुरा पढ्नुहोस
बिम गाविसको सार्वजनिक सुनुवाई सम्पन्न
- 9 बर्ष, 2 दिन अगाडि
- २६ फाल्गुन २०७३, बिहीबार
म्याग्दी, २६ फागुन । म्याग्दीको बिम गाविसमा विहिवार सार्वजनिक सेवाप्रवाह तथा गाविसको विकास निर्माण योजना सम्वन्धि सार्वजनिक सुनुवाई कार्यक्रम सम्पन्न भएको छ । बिम गाविस कार्यालयको आयोजनामा भएको कार्यक्रममा चालु आर्थिक बर्ष २०७३÷ ०७४ मा कार्यालयबाट सञ्चालित विकास निर्माण योजनाको बारेमा अन्तक्रिया तथा स्थानीय निकायको सार्वजनिक सेवा प्रवाहबारे सार्वजनिक सुनुवाई... पुरा पढ्नुहोस
आयोडिनयुक्त नुनको प्रयोग बनाउन जनचेतनामुलक कार्यक्रम
- 9 बर्ष, 2 दिन अगाडि
- २६ फाल्गुन २०७३, बिहीबार
म्याग्दी, २६ फागुन । साल्ट ट्रेडिङ कर्पोरेशन बागलुङले बिहीबार म्याग्दीको बाबियाचौरमा आयोडिनयुक्त नुनको प्रयोग बढाउन जनचेतनामुलक कार्यक्रम गरेको छ । बाबियाचौरको मंगला माविका विद्यार्थीहरुको सहभागितामा र्यालीका साथै आयोडिनयुक्त नुनको सुरक्षित प्रयोग गर्ने तरीकाको बारेमा जानकारी गराएर झोला वितरण गरिएको हो । कर्पोरेशनका बागलुङ शाखाका प्रमुख मनोजकुमार श्रेष्ठले आयो नुनको प्रयोग... पुरा पढ्नुहोस
फेसवुक एक अभिसाव
- 9 बर्ष, 2 दिन अगाडि
- २६ फाल्गुन २०७३, बिहीबार
त्रिभुवन विश्वविद्यालयबाट समाजशास्त्रमा स्नातकोत्तर गरेकी पुनम लिम्बुको शोधको निष्कर्ष छ, किशोरकिशोरीहरूइन्टरनेटको उपयोग सामाजिक सञ्जालका निम्ति सबैभन्दा धेरै गर्छन् । काठमाडौँका निजी ‘प्लस टु’ मा अध्ययनरत १ सय ६१ जना विद्यार्थीमाझ गरिएको प्रश्नावली सर्वेक्षणको निष्कर्ष सुनाउँदै उनी भन्छिन, सूचना र ज्ञान आदानप्रदान भन्दा पनि असम्भव प्रतिक्रियाहरू व्यक्त गर्न र आफुलाई सो... पुरा पढ्नुहोस
सप्तरीमा मानवअधिकार आयोगसहित दर्जन बढी गाडीमा तोडफोड
- 9 बर्ष, 2 दिन अगाडि
- २६ फाल्गुन २०७३, बिहीबार
काठमाडौं, २६ फागुन । मधेशी मोर्चाका कार्यकर्ताहरुले बिहीबार राष्ट्रिय मानवाधिकार आयोगको गाडीमा तोडफोड गरेका छन्। आयोगकी प्रवक्ता मोहना अन्सारीसहितका पदाधिकारीहरु चढेको बा ७ च ७४७९ नम्बरको गाडीमा मोर्चाका कार्यकर्ताहरुले तोडफोड गरेका हुन्। मृतकका पीडित परिवारहरुसँग भेटेर मलेठबाट फर्किंदै गर्दा मोर्चा कार्यकर्ताहरुले आयोगको गाडीमा तोडफोड गरेका थिए। तोडफोडका कारण गाडीको सिसा... पुरा पढ्नुहोस
कुहुँमा सार्वजनिक सुनुवाई
- 9 बर्ष, 2 दिन अगाडि
- २६ फाल्गुन २०७३, बिहीबार
कुहुँ, २५ फागुन । म्याग्दीको कुहुँमा बुधबार सार्वजनीक सुनुवाई कार्यक्रम सम्पन्न भएको छ । कुहुँ गाविसको कार्यालयको आयोजनामा सार्वजनिक सेवा प्रवाह र विकास निर्माणका विषयमा स्थानीय सरोकारवालाहरुबीच अन्तरक्रिया भएको हो । कार्यक्रममा सहभागि स्थानीय बासिन्दाहरुले गाउँबाटै गाविसको सेवा प्रवाह हुनुपर्ने, योजनाको सर्वेक्षण, जाँचपास र अनुगमनका लागि प्राबिधिक कार्यक्षेत्रमा खटिनुपर्ने, सडक... पुरा पढ्नुहोस
दृष्टिविहीन विक दम्पतीका चार छोरीहरु विद्यालय जानबाट बञ्चित
- 9 बर्ष, 3 दिन अगाडि
- २५ फाल्गुन २०७३, बुधबार
म्याग्दी, २५ फागुन । ताकम–३ रातमाटाकी ११ बर्षिय निरुता विक विद्यालय जान छाडेको पाँच महिना भयो । बाबा र आमा दुबै दृष्टिविहिन रहेको र घरपरिवारको आर्थिक अबस्था एकदमै न्युन भएपछि निरुता संगै उनका दुई बहिनीहरुले पनि पढ्न छाडेका छन् । दृष्टिविहीन दम्पती जलन विक र सुस्मीता विकका चार छोरीहरु मध्ये... पुरा पढ्नुहोस
म्याग्दीमा अन्तराष्ट्रिय महिला दिवस मनाईयो
- 9 बर्ष, 3 दिन अगाडि
- २५ फाल्गुन २०७३, बुधबार
म्याग्दी, २५ फागुन । बुधबार म्याग्दीमा १०७औं संस्करणको अन्तर्रा्ष्ट्रिय महिला दिवस विविध कार्यक्रमको आयोजना गरी मनाइएको छ । ‘महिला सम्मानको आधार, सिपयुक्त हात र रोजगार’ ‘बदलिँदो परिवेशमा कामकाजी महिला ः २०३० सम्म बराबरी पाईला’ भन्ने मूल नारासहित दिवस मनाइएको हो । दिवसको अवसरमा बेनीमा प्रभातफेरी र्याली सम्पन्न गरिएको छ ।... पुरा पढ्नुहोस
आगलागिले बालमन्दिर आधारभुत विद्यालय डाँडाखेतको १० कोठ भवन ध्वस्त
- 9 बर्ष, 3 दिन अगाडि
- २५ फाल्गुन २०७३, बुधबार
म्याग्दी, २५ फागुन । म्याग्दीको बेनी नगरपालिका १४ डाँडाखेतमा रहेको बालमन्दिर आधारभुत विद्यालयमा आज साँझ भएको आगलागिले १० कोठ विद्यालय भवन जलेर नष्ट भएको छ । आगलागि हुँदा विद्यालयको कार्यालय, कम्प्युटर ल्याब, पुस्तकालय र कक्षाकोठा सहितको १० कोठा भएको दुई तले भवनमा पूर्ण रुपमा क्षती पुगेको हो । साँझ करिब... पुरा पढ्नुहोस
बर्डफ्लुको त्रासले धौलागिरि अञ्चलमा कुखुरा आयातमा प्रतिबन्ध
- 9 बर्ष, 3 दिन अगाडि
- २५ फाल्गुन २०७३, बुधबार
पर्वत, २५ फागुन । कास्कीको पोखरामा बर्डफ्लु देखिएपछि धौलागिरि अञ्चल प्रवेश गर्ने नाकाबाटै कुखुरा आयतमा प्रतिबन्ध लगाइएको छ । धौलागिरि अञ्चलको नाकामा पर्ने पर्वतबाटै पक्षी तथा पक्षीजन्य पदार्थ भित्र्याउन रोक लगाइएको हो । जिल्ला पशुसेवा कार्यालयले मङ्गलबार देखि नै कुखुरा ओसारपसारमा पूर्णरुपले प्रतिबन्ध लगाइएको जानकारी दिएको हो । दैनिकजसो सस्तो... पुरा पढ्नुहोस