जिप दुर्घटनामा चालकको मृत्यु

  • १७ चैत्र २०७३, बिहीबार
  • 3200 पटक पढिएको

म्याग्दी, १७ चैत । म्याग्दीको धौलागिरी गाउँपालीको मच्छिममा बिहीबार बोलेरो जिप दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ ।

दरवाङदेखि मुना जाँदै गरेको ध १ ज ५२२ नम्बरको जिप दुर्घटना हुँदा चालक बेनपा ४ का ५० वर्षिय खिमबहादुर खत्रीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

साविक ताकम गाविसको ८ नम्बर वडामा पर्ने मच्छिम नजिकैको उकालो सडकमा गुडीरहेको गाडी एक्कासी ब्याक भएर दुर्घटना भएको जिल्ला प्रहरी निरिक्षक दिवाकर घिमीरेले बताए । खत्रीसंगै जिपमा सवार उनकी छोरी भने सकुशल छिन् ।

दुर्घटनाको अनुसन्धानका लागि ताकम प्रहरी चौकी र ईलाका प्रहरी कार्यालय दरवाङबाट प्रहरी टोली घटनास्थल गएको छ ।