बेनीमा सद्भाव दिवस मनाइयो

  • १८ चैत्र २०७३, शुक्रबार
  • सन्तोष गौतम
  • 2347 पटक पढिएको

बेनी, १८ चैत । मानव अधिकार तथा शान्ति समाज जिल्ला शाखा म्याग्दीको आयोजनामा बिहीबार बेनीमा सद्भाव दिवस मनाइएको छ । बेनीको क्याम्पसचोकमा दिगो, शान्ति, सहिष्णुता र सद्भावको कामना गर्दै मैनवत्ती प्रज्वलन गरेर दिवस मनाइएको हो । सो कार्यक्रममा समाजका केन्द्रिय उपसभापति रामजीप्रसाद सुवेदीले नेपालमा दिगो शान्तिका लागि जाती र भुगोलबीच बढ्दो दुरीलाई कम गरी सद्भाव कायम गर्नुपर्ने बताउनुभयो ।


नेपाल पत्रकार महासंघ म्याग्दी शाखाका अध्यक्ष तारानाथ शर्माले सद्भावका लागि समाजमा सबैलाई समान ब्यवहार र बिभेद नगर्ने एवं अरुको सम्मान गर्ने बातावरण बनाउनुपर्ने बताउनुभयो । शाखाका सभापति मुक्तिप्रसाद ढुङ्गानाको अध्यक्षता र सचिव सन्तोष गौतमको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको थियो ।

सन्तोष गौतम