पत्रकार महासंघको स्थापना दिवस मनाइयो

  • १६ चैत्र २०७३, बुधबार
  • 1781 पटक पढिएको

म्याग्दी, १६ चैत । नेपाल पत्रकार महासंघको ६२ औ स्थापना दिवसको अवसरमा बुधबार बेनीमा प्रभातफेरी आयोजना गरिएको छ । महासंघको जिल्ला शाखाको आयोजनामा जिल्ला प्रशासन कार्यालय अगाडीको चोकबाट सुरु भएको ¥याली न्युरोड, क्याम्पसचोक, गणेशटोल, संगमचोक, बालमन्दिर चोक हुदै सोही ठाउँमा पुगेर समापन भएको थियो ।

¥यालीमा प्रमुख जिल्ला अधिकारी राजुप्रसाद पौडेल लगायत कार्यालय प्रमुख, सुरक्षा अधिकारी, महासंघका पदाधीकारी, सदस्य, पत्रकारहरुको सहभागीता रहेको थियो । जिल्लामा क्रियाशिल पत्रकारहरुबीच शुभकामना आदानप्रदान गरिएको थियो ।
¥यालीपछी आयोजित कार्यक्रममा शाखाका पुर्व अध्यक्ष सुरत केसीले पत्रकारीता पेशालाई मर्यादीत, जिम्मेवार, सन्तुलित र विश्वसनीय बनाउन जिम्मेवार बन्नुपर्ने बताउनुभयो । वि.स २०१२ मा स्थापना भएको पत्रकार महासंघ पत्रकारहरुको पेशागत सुरक्षा र अधिकारका लागि क्रियाशिल साझा संस्था हो ।