महोत्सवमा आयोजित पुरुष भलिबलमा पर्वत च्याम्पीयन

  • १७ चैत्र २०७३, बिहीबार
  • धिरन खत्री
  • 5420 पटक पढिएको

म्याग्दी,१७ चैत । बेनीमा आयोजित धौालगिरि महोत्सवमा  अञ्चलस्तरीय पुरुष भलिबलमा प्रथम उपाधी पर्वतले जितेको छ । बागलुङलाई पर्वतले एकका विरुद्ध तिनसेट जित्दै प्रथम हुन सफल भएको हो ।

दोश्रो बागलुङ भएको छ भने म्याग्दी वि तेस्रो भएको छ । भलिबलमा  विजेता उपविजेतालाई क्रमस  ३५  हजार, २५ हजार, १५ हजार र १० हजारले  ट्रफी, मेडल र प्रमाणपत्रले सम्मान गएिको खेलकुद संयोजक तेजेन्द्र बानियाले बताए ।


बेनीको जारी खुल्लामञ्चमा धौलागिरि सास्कृतिक महोत्सवको आठौदिपनि रौनकता बढेकोे छ ।  राष्ट्रिय लोक तथा दोहोरी प्रतिष्ठान धौलागिरि अञ्चल कार्यसमितिको आयोजनामा भएको महोत्सवमा स्थानीय तथा राष्ट्रिय चर्चित कलाकारको सांगिति प्रस्तुती साथै खेलकुदका गतिविधिले महोत्सवको रौनकता बढाएको छ।


महोत्सवको आठौदिन राष्ट्रिय चर्चित कलाकार कुलेन्द्र विश्कर्मा, शंकर विसि, पार्वती राई रवि कार्कीको लगायतको प्रस्तुती भएको संचार सयोजक अमित विश्कर्माले बताए ।


दशदिनसम्म चल्ने महोत्सवमा म्याग्दी, बागलुङ पर्वतमा लुकेर रहेका लोकसस्कृतिको संरक्षण, नवप्रतिभाको पहिचान र आन्तरिक पर्यटन प्रर्वद्धन गर्ने उद्देश्यले सास्कृतिक महोत्सव आयोजना गरिएको  अञ्चल कार्यसमितिका अध्यक्ष राजेन्द्र सापकोटाले बताए ।महोत्सवमा एकल गायन, सालैजो, नृत्य र  भजन गित लगायतमा  उतकृष्टता पहिचान गर्ने चलिरहको छ।
सदरमुकाम बेनीको खुल्लामञ्चमा आयोजित महोत्सवमा १४० ब्यवसायिक स्टल रहेका छन् । महोत्सवमा एकलाख बढीले अवलोकन गर्ने साथै दुई करोडको कारोवार हुने आयोजकले अनुमान गरको छ ।
राष्ट्रिय स्तरका चर्चित कलाकारहरुको गायन र नृत्य प्रस्तुती रहने महोत्सवबाट हुने आम्दानीले कलाकार कल्याणकारी कोष स्थापना गरिने प्रतिष्ठानले बताएको छ । लोक संस्कृतिको संरक्षण नव प्रतिभाको पहिचान गर्ने र कल्याणकारी कोष स्थापित उद्देश्यले आयोजित महोत्सव  २० गतेसम्म संचालन हुने छ ।

धिरन खत्री

म्याग्दी अनलाईन डट् कमका संवाददाता हुन् l