म्याग्दी क्याम्पसका प्रध्यापक कर्मचारीको आन्दोलन फिर्ता

शूल्क समायोजन र तलब बृद्धीको निर्णय कार्यान्वयन गर्ने सहमती

  • १७ चैत्र २०७३, बिहीबार
  • सन्तोष गौतम
  • 2976 पटक पढिएको

बेनी १७ चैत । बेनीको म्याग्दी बहुमुखी क्याम्पसका प्रध्यापक कर्मचारीहरुको आन्दोलन फिर्ता भएपछि बिहीबारदेखि पठनपाठन र प्रशासनीक कामकाज सूचारु भएको छ ।     बृद्धी भएको तलब सुबिधा पाउनुपर्ने माग गर्दै क्याम्पसका करिब ४० जना प्रध्यापक, कर्मचारीहरुले गत आईतबारदेखि “पेन डाउन” गरेका थिए । क्याम्पसले सरकारी कर्मचारीको तलब वृद्धीकै दरमा प्रध्यापक कर्मचारीहरुको सेवा सुबिधा बढाउदै आएको थियो । क्याम्पस सञ्चालक समिति, प्रध्यापक र अभिभावक संघका प्रतिनिधिहरुको बुधबार भएको छलफलमा गत असोज १२ गते कायम भएको विद्यार्थीको मासिक शूल्क समायोजन र तलब वृद्धीको निर्णय कार्यान्वयन गर्ने सहमती भएको जनाइएको छ ।

सहमतीपछि आन्दोलन फिर्ता लिएको र पठनपाठन तथा प्रशासनीक गतिबिधी सूचारु भएको म्याग्दी बहुमुखी क्याम्पसको प्रध्यापक संघका अध्यक्ष भोलानाथ घिमीरेले जानकारी दिनुभयो । तलब वृद्धीको निर्णय कार्यान्वयन गर्दा घाटाको अवस्था आउन नदिन क्याम्पसको अन्य वार्षिक कार्यक्रमहरुको बजेट कटौती हुने भएको क्याम्पसले जनाएको छ । स्नातक तह प्रथम र दितृय वर्षको मासिक शूल्क गत असोजको निर्णय अनुसार ८०० र ९०० रुपैया कायम भएको छ । तितृय र चौथौ वर्षको मासीक शूल्क ९५० रुपैया कायम भएको छ । यसअघि तितृय वर्षको एक हजार र चौथौ वर्षको एक हजार एक सय रुपैया मासिक शूल्क कायम गर्ने निर्णय भएको थियो ।

गत वर्षसम्म स्नातक तहमा मासिक शूल्क ६७५ रुपैया रहेको थियो । शूल्क वृद्धीको निर्णयप्रती अनेरास्ववियुले बिरोध जनाउदै तालाबन्दी, धर्ना लगायतका आन्दोलनका कार्यक्रम गरेर दवाव दिएपछि गत माघमा निर्णय स्थगित भएको थियो । समुदाय स्तरबाट सञ्चालीत क्याम्पसको मूख्य आयस्रोत विद्यार्थी भर्ना र मासिक शूल्क हो । शिक्षा, व्यवस्थापन र मानविकी संकायमा दश जोड दुई र स्नातक तहको पठनपाठन हुने क्याम्पसमा हाल एक हजार जना भन्दा बढी विद्यार्थी अध्ययनरत छन् ।

सन्तोष गौतम