ताजा अपडेट
संसदको सिफारिस बिना प्रधानमन्त्रीले प्रतिनिधिसभा विघटन गर्न मिल्छ ?
- wp_days_ago_v3(); ?>
- १५ असार २०७८, मंगलवार
प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबराले संविधानको धारा ७६ (७) को व्यवस्था अनुसार वर्तमान प्रधानमन्त्रीले संसदको सिफारिस नै नलिई कसरी प्रतिनिधिसभा विघटन गर्न मिल्छ भनेर प्रश्न गरेका छन् । धारा ७६ (५) को व्यवस्था अनुसार राष्ट्रपतिले प्रधानमन्त्री नियुक्त नगरी प्रतिनिधिसभा विघटन गर्न कसरी मिल्छ भन्ने उनको जिज्ञासा थियो । उपधारा–५ को प्रक्रियामा... पुरा पढ्नुहोस
रुइसेको पाखामा भेडा चराउँदै (फोटो फिचर)
- wp_days_ago_v3(); ?>
- १४ असार २०७८, सोमबार
बेनी, १४ असार । म्याग्दीका रघुगंगा गाउँपालिका–२ भगवतीको रुइसेको चरनक्षेत्रमा भेडा चराउँदै गरेका स्थानीय । पर्यटकीय क्षेत्र रुइसेमा परम्परागत भेडापालन पर्यटकको आकर्षणको रुपमा रहेको छ । यहाँका स्थानीयले भेडापालन थालेका छन् । भेडापालनको लागि बेशीदेखि हिमालको फेदीसम्म नै चरणको लागि घुम्ती गोठ राख्दै आइएको छ । तस्बिर : कमल खत्री पुरा पढ्नुहोस
दानाको मोतिचौर बराहमा १०८ धारा निर्माण (तस्बिर सहित)
- wp_days_ago_v3(); ?>
- १४ असार २०७८, सोमबार
अमित बिश्वकर्मा, म्याग्दी १४ असार । म्याग्दीको अन्नपुर्ण गाउँपालिका– ३ दानाको मोतीचौर बराहमा १०८ धारा निर्माण गरिएको छ । समुन्द्री सतह देखि २ हजार २ सय मिटर उचाइमा रहेको धार्मिक एबँम पर्यटकीय स्थल मोतिचौरमा धार्मिक पर्यटनको बिकास गर्ने उदेश्यले सो धारा निर्माण गरिएको हो । अन्नपुर्ण गाउँपालीका बाट बिनियोजित रु... पुरा पढ्नुहोस
ओलीको भाषण रेकर्ड गरेर राख्नुस : माधव नेपाल
- wp_days_ago_v3(); ?>
- १४ असार २०७८, सोमबार
नेकपा एमालेका नेता माधवकुमार नेपालले प्रधानमन्त्रीसमेत रहेका नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको भाषण रेकर्ड गरेर राख्न आग्रह गरेका छन्। प्रधानमन्त्री ओलीले आज बालुवाटारमा मदन भण्डारीको जन्मजयन्तीको अवसरमा आयोजित कार्यक्रममा नेता नेपालप्रति कटाक्ष गरेका थिए। नेता नेपाललाई प्रधानमन्त्री दिन आफूलाई बौलाह कुकुरले टोकेको छ र भन्ने अभिव्यक्ति प्रधानमन्त्री ओलीको थियो।... पुरा पढ्नुहोस
मुदीमा केन्द्रीय प्रसारण लाइनको बिजुलीको पहुँच विस्तार
- wp_days_ago_v3(); ?>
- १४ असार २०७८, सोमबार
म्याग्दी १४ असार । म्याग्दीको धवलागिरी गाउँपालिका वडा नम्बर ४ मुदीमा केन्द्रीय प्रसारण लाइनको बिजुली बलेको छ । नेपाल विद्युत प्राधिकरण म्याग्दी वितरण केन्द्रले विद्युत् विस्तार सकेसँगै शनिबारदेखी मुदीमा बिजुली बालिएको हो । प्राधिकरण म्याग्दी विद्युत वितरण केन्द्रका सुचना अधिकारी रबिन्द्र भण्डारीका अनुसार संघ र प्रदेश सरकारको संयुक्त बजेटमा मुदीका... पुरा पढ्नुहोस
धाइरिङ सल्यानमा मुख्यमन्त्री जलवायूमैत्री कार्यक्रम लागु
- wp_days_ago_v3(); ?>
- १२ असार २०७८, शनिबार
साजन परियार म्याग्दी १२ असार । पर्बतको जलजला गाउँपालिका–७ धाइरिङ सल्यानमा मुख्यमन्त्री जलवायु मैत्री नमुना कृषि गाउँ कार्यक्रम लागु भएको छ । गण्डकी प्रदेश सरकारको भूमि ब्यवस्था, कृषि तथा सहकारी मन्त्रालयले धवलागिरि कृषि कृषक समुह मार्फत कार्यक्रम कार्यान्वयन सुरु गरेको हो । चालु आर्थिक वर्षमा रु. चालिस लाख बिनियोजन भएको... पुरा पढ्नुहोस
६७ वर्ष पुगे एक्सन स्टार शिव
- wp_days_ago_v3(); ?>
- १२ असार २०७८, शनिबार
काठमाडौं । अभिनेता शिव श्रेष्ठ ६७ बर्ष पुगेका छन् । उनले आज जन्मदिन घरमै आफन्तसँग मनाउँदैछन् । श्रेष्ठ नेपाली फिल्ममा एक्सन किङको रुपमा परिचित छन् । श्रेष्ठले जीवन रेखा, ठूल्दाई, चिनो, ट्रक ड्राइभर, धर्मसंकट लगायत थुप्रै फिल्म हिट दिएका छन् । ४० वर्ष नेपाली फिल्म अभिनयमा बिताएका श्रेष्ठले स्वदेशको अलवा... पुरा पढ्नुहोस
म्याग्दीमा ३३ जना कोरोना संक्रमित पुष्टि
- wp_days_ago_v3(); ?>
- १२ असार २०७८, शनिबार
बेनी, १२ असार । म्याग्दीमा शनिबार ३३ जना कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य कार्यालय म्याग्दीका अनुसार एन्टीजेन विधिबात गरीएको परिक्षणबाट मंगला गाउँपालिकामा २८ जना, रघुगंगा गाउँपालिकामा १ जना, अन्नपुणर् गाउँपालिकामा ४ जना गरी ३३ जनामा कोरोना संक्रमण पुष्टि हो । कोरोना संक्रमितको संख्या २३७९ जना पुगेको छ। पिसिआरबाट १... पुरा पढ्नुहोस
कोराला नाकामा सुक्खा बन्दरगाहको सम्भाव्यता अध्ययन प्रतिवेदन तयार
- wp_days_ago_v3(); ?>
- १२ असार २०७८, शनिबार
मुस्ताङ १२ असार । मुस्ताङको नेपाल चीन व्यापारिक नाका कोरालामा सुक्खा बन्दरगाहको सम्भाव्यता अध्ययन सकिएको छ । उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालय मातहतको व्यापार पूर्वाधार विकास निकाय नेपाल इन्टर मोडल यातायात विकास समितिका कार्यकारी निर्देशक आशिष गजुरेलले सम्भाव्यता अध्ययन प्रतिवेदन तयार भएको बताए । उक्त प्रतिवेदन अनुसार दुई चरणमा निर्माण... पुरा पढ्नुहोस
ताकममा धान रोपाईको चटारो (फोटो कथा)
- wp_days_ago_v3(); ?>
- १२ असार २०७८, शनिबार
बेनी, १२ असार । म्याग्दीका धवलागिरि गाउँपालिका–७ ताकममा हाते ट्याक्टरले जोतेर धान रोपाईमा व्यस्त बनेका कृषकहरु । पछिल्लो समय धान रोपाईमा हाते ट्याक्टरको प्रयोग बढ्दो छ । परम्परागत रुपमा गोरुको सहायताले खेत जोत्ने प्रचलन पछिल्लो समय हराउँदै जान थालेको छ । कृषिमा बढेको आधुनिकरणले गोरुले खेत जोत्ने प्रचलन हराउन थालेको... पुरा पढ्नुहोस