बेनीको हिलसाईडबाट खसेको पहिरोले घतानचोक जोखिममा (तस्बिर सहित)

  • २४ असार २०७८, बिहीबार
  • 685 पटक पढिएको

म्याग्दी २४ असार । म्याग्दी सदरमुकाम बेनी स्थित हिलसाईडबाट पहिरो खसेको छ । विहिवार विहान  हिलसाईटबाट खसेको पहिरोले घतानचोकका आधा दर्जन घर जोखिममा परेका छन् । बजारमाथिबाट पहिरो खस्न थालेपछि स्थानीयबासीमा त्रास बढेको छ । पहिरोको तल र माथि समेत बस्ती रहेकाले तत्काल संरक्षणको लागि पहल गर्न स्थानीयबासीले माग गरेका छन् ।

पहिरो गएको स्थानको बेनी नगरपालिकाका उपप्रमुख सन्जु बरुवाल। बेनपा–८ का वडा अध्यक्ष रामकृष्ण बराईली लगायतको टोलीले निरिक्षण समेत गर्नुभएको छ । तत्काललाई स्थानीयबासीलाई सतर्कना अपनाउन आग्रह गरिएको र सम्भावित जोखिम कम गर्नतर्फ पहल थालिने वडा अध्यक्ष बराईलीले बताउनुभयो ।