ताजा अपडेट

संसद बिघटन प्रतिगामी कदमको अर्काे कडी– माओवादी केन्द्र म्याग्दी

बेनी, ११ जेठ । नेकपा माओवादी केन्द्र म्याग्दीले दोस्रो पटक संसद बिघटन हुनुलाई २०७७ पुष ५ गतेको प्रतिगामी कदमको निरन्तरताको अर्को कडी भएको टिप्पणी गरेको छ । माओवादी केन्द्र म्याग्दीका अध्यक्ष गोबिन्द पौडेलले विज्ञप्ति जारी गर्दै २०७८ जेठ ७ गते मध्यरातमा प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपति बिद्यादेवी भण्डारीले गर्नुभएको... पुरा पढ्नुहोस

म्याग्दी रुन्माका निर प्रसाद घर फर्कने पर्खाइमै कतारमा अस्ताए

तिलु शर्मा पौडेल दोहा कतार १० जेठ । दैनिक मजदुरी गरेर आफ्नो परिवार पाल्ने सपना बोकेर खाडी राष्ट्र कतार आएका म्याग्दीकाे मालिका गाउँपालिका –५ रुन्माका निर प्रसाद कामीको निधन भएको छ । घर जाने परिवार र बाल बच्चा सङ बिदा मनाएर फेरी कतार फर्कने उनको सपना सदाको लागि अन्त्य भएको... पुरा पढ्नुहोस

खनाल र नेपालसहित ११ जना एमाले पार्टी सदस्यबाट निष्काशन,थप १२ जना नेताहरुलाई स्पष्टीकरण

काठमाडौं १० जेठ । नेकपा एमालेचित्रको विवाद थप उत्कर्षमा पुगेको छ । विवादको रुप बढ्दै जादा पार्टी विभाजनको औपचारिक घोषणा हुने अवस्थामा पुगेको छ । नेकपा एमालेले वरिष्ठ नेता झलनाथ खनाल र माधवकुमार नेपालसहित ११ जनालाई पार्टीको साधारण सदस्य समेत नरहने गरी निष्काशन गरेको छ । सोमबार बालुवाटारमा बसेको स्थायी... पुरा पढ्नुहोस

अध्यादेशबाट बजेट ल्याउने सरकारको तयारी

काठमाण्डाै १० जेठ । प्रधानमन्त्री केपी ओलीले आगामी आर्थिक बर्षका लागि अध्यादेशबाट बजेट ल्याउने बताएका छन् । बालुवाटारमा आफ्नो दल निकट पत्रकारहरूसँगको अन्तर्क्रियामा उनले अध्यादेशबाट ल्याउने बजेटका लागि एउटा औपचारिक बाचन कार्यक्रम राखिने जानकारी दिए । उनले भने–‘त्यसको जारी औपचारिक रुपमा सम्माननीय राष्ट्रपतिबाट हुनेछ । बजेट सस्तो लोकप्रियता अथवा चुनाव... पुरा पढ्नुहोस

प्रतिगमन २ को डटेर प्रतिवाद गरौं : एमाले वरिष्ठ नेता नेपाल

जेठ ८, काठमाण्डौ । नेकपा एमालेका वरिष्ठ नेता माधव कुमार नेपालले संसद विघटन र निर्वाचनको घोषणा प्रतिगमन भाग २ भएकोले डटेर प्रतिवाद गर्न आग्रह गरेका छन् । शनिवार बिहान आफ्नो बिचार सार्वजनिक गर्दै नेता नेपालले षड्यन्त्रकारीहरूको उक्साहट र चाहनामा फेरि पनि संसद्को चीरहरण भएको बताउँदै फेरी प्रतिगमन दोहोरिएको बताएका छन्... पुरा पढ्नुहोस

राष्ट्रपतिद्वारा संसद भंग, दुई चरणमा निर्वाचन मिति घोषणा

काठमाडौं ८ जेठ । राष्ट्रपति विद्यादेवी भण्डारीले मन्त्रिपरिषदको सिफारिसअनुसार प्रतिनिधिसभा विघटन गरी नयाँ निर्वाचनका लागि आगामी कात्तिक २६ र मंसिर ३ को मिति तोकेकी छन् । शुक्रबार मध्यरात बसेको मन्त्रिपरिषद बैठकले सिफारिस गरेको एक घन्टाभित्रै राष्ट्रपति कार्यालयले राति १ बजेर ५० मिनेटमा संसद भंग र नयाँ निर्वाचन मितिको घोषणासहित विज्ञप्ति... पुरा पढ्नुहोस

मन्त्रिपरिषद बैठक : प्रतिनिधिसभा विघटन, नयाँ चुनाव कात्तिक २६ र मंसिर ३ गते

  काठमाडौं ७ जेठ। संविधानको धारा ७६ को उपधारा ३ बमोजिम सरकार गठन हुन नसकेपछि संवैधानिक रुपमै प्रतिनिधिसभा भंग भएको छ । राष्ट्रपतिबाट केपी शर्मा ओली र शेरवहादुर देउवा दुवैजनाको वहुमतको आधार नदेखिएको भन्दै प्रधानमन्त्रीमा नियुक्त गर्न नमिल्ने विज्ञप्ति जारी गरेपछि बसेको मन्त्रिपरिषदको आकस्मिक बैठकले प्रतिनिधिसभा भंग गरी नयाँ निर्वाचनको... पुरा पढ्नुहोस

बजारमा कौसी खेती,गाउँगाउँमा आग्र्यानिक पद्यति

धु्रबसागर शर्मा म्याग्दी ७ जेठ । महामारीको रुपमा फैलिएको नयाँ भेरियन्ट सहितको कोरोना सङ्क्रमणको दोस्रो लहरका कारण जिल्लामा भएको निषेधाज्ञाले म्याग्दीका कृषकहरुलाई नयाँ पाठ सिकाएको छ । बजारमा बसोबास गर्दै आएका मानिसहरु पनि घरको छत र सानो करेसाबारीमा तरकारी फलाउने कर्ममा समय विताउँदै छन् भने ग्रामिण क्षेत्रका कृषकहरुले आग्र्यानिक कृषिको... पुरा पढ्नुहोस

प्रधानमन्त्रीमा देउवा र ओलीको दाबी, कस्लाई आधिकारिकता दिन्छ शीतल निवासले ?

काठमाडौं ७ जेठ । नयाँ सरकार गठनको लागि राष्टपतिले दिएको समयसिमाभित्र विपक्षि गठबन्धनबाट काँग्रेस सभापति शेरबहादुर देउवा र एमाले अध्यक्ष केपि शर्मा ओलीको दावि परेको छ । काँग्रेस, माओवादी केन्द्रका साथै जनता समाजवादी पार्टीको उपेन्द्र यादम बावुराम पक्ष र एमालेकै माधवकुमार नेपाल पक्षका साँसदहरुको समर्थनमा काँग्रेस सभापति देउवाले प्रधानमन्त्रीमा दावि... पुरा पढ्नुहोस

म्याग्दीमा शुक्रबार थप ४१ जनामा कोरोना संक्रम‌णको पुष्टि

म्याग्दी ७ जेठ । म्याग्दीमा शुक्रबार थप ४१ जनामा कोरोना संक्रम‌णको पुष्टि भएको छ। आज पुष्टि भएकामा बेनि नगरपालिकामा ३ जना , मंगला गाँउपालिकामा १ जना , रघुगंगा गाँउपालिकामा १५ जना, अन्नपूर्ण गाँउपालिकामा ४ जना र मालिका गाँउपालिकामा १८ जना गरी ४१ जना (एन्टिजेन बिधिबाट) रहेका छन् ।     ... पुरा पढ्नुहोस