म्याग्दीमा १९ जना कोरोना सक्रमित पुष्टि

  • २५ असार २०७८, शुक्रबार
  • 716 पटक पढिएको

 

बेनी, २५ असार। म्याग्दीमा शुक्रबार १९ जनामा कोारोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य कार्यालय म्याग्दीका अनुसार बेनी नगरपालिकामा १० जनासहित गाउँपालिका अन्तरगत मालिकामा १ जना, मंगलामा २ जना, अन्नपुणर्मा २ जना र पर्वतको जलजलामा ४ जना गरी जम्मा १९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।

हालसम्म जिल्लामा कोरोना संक्रमितको संख्या २हजार ५९९जना पुगेको छ। पिसिआरबाट १ हजार ७०५ जना र एन्टिजेनबाट ८९४ जनामा पुष्टि भएको हो । जिल्लामा १४६जना सक्रिय संक्रमित छन् । शुक्रबार १२ जना संक्रमित आइसोलेसन मुक्त भएका छन् । पछिल्लो समय लगडाउनलाई लुज डाउन गरेपछि कोरोना संक्रमणदर बढ्दै गएको छ ।