बेग सिमफाँटको चुत्रनी पहिरोले ५ घर विस्थापित (तस्बिर सहित)

  • २३ असार २०७८, बुधबार
  • 911 पटक पढिएको

म्याग्दी २३ असार । म्याग्दीको रघुगंगा गाउँपालिका–१ बेग स्थित सिमफाँटको चुत्रेनीमा गएको पहिरोले ५ घरपरिवार विस्थापित भएका छन् । पहिरोले एकै परिवारका तीन दाजुभाईको घर र खेतीयोग्य जमिनमा क्षति पु¥याएको छ ।

पहिरोले स्थानीय कर्ण बहादुर पुर्जा, याम कुमार पुर्जा, नरबहादुर पुर्जा र हिमबहादुर विकको परिवार विस्थापित बनेका छन् । पहिरोबाट विस्थापित बनेकाहरु अहिले गोठमा आश्रय लिएर बनेका छन् । पहिरोको कारण घरहरु भासिएको र बस्न नै नमिल्ने गरि चर्किएको कारण बस्ती नै विस्थापित भएको घटनास्थल पुग्नुभएका झलक आचार्यले जानकारी दिनुभयो ।