पिप्लेको औरीमा पहिरोले बस्ती नै जोखिममा, तीन घर विस्थापित

  • २५ असार २०७८, शुक्रबार
  • 1115 पटक पढिएको

म्याग्दी २५ असार । म्याग्दीको रघुगंगा गाउँपालिका–३ पिप्लेको औरीमा पहिरोले बस्ती नै जोखिममा परेको छ । मौवाफाँट हुँदै दग्नाम जाने सडकखण्डको अँधेरी खोला नजीक देखि नै पहिरो जान थालेपछि औरी बस्ती जोखिममा परेको हो । पहिरोबाट प्रेम बुद्धिजा, बुबहादुर बुद्धिजा र कमल विकको परिवार विस्थापित भएको रघुगंगा गाउँपालिकाका उपाध्यक्ष कमला तिलिजाले जानकारी दिनुभयो ।


पहिरोले घरहरु सम्म नै जमिन चिरा चिरा पर्न थालेपछि मौवाफाँट, दग्नाम र फुलवारीका युवाहरुले औरीका पहिरो पीडितको उद्धार गरेका छन् । पहिरो पीडितहरुलाई उद्धार गरि मौवाफाँटमा स्थानान्तरण गरिएको छ । उनीहरुको घरमा रहेका महत्वपूर्ण सामाग्रीहरुलाई समेत जनप्रतिनिधि सहित स्थानीयबासीहरुले सुरक्षित स्थानमा सार्न सघाएका थिए । तस्बिर गम पुन