शालिजाका मृगौला पीडित कुलप्रसाद सापकोटाको उपचारमा सहयोगको आह्वान

  • २४ असार २०७८, बिहीबार
  • 1383 पटक पढिएको

म्याग्दी २४ असार । पर्वतको जलजला गाउँपालिका–६ शालिजा भोटेडाँडाका मृर्गौला पीडित कुलप्रसाद सापकोटा( शिब)को उपचारमा सहयोगको आह्वान गरिएको छ । २३ बर्षिय मृर्गौला पीडित सापकोटाको उपचारमा आर्थिक अभाब भएपछि आफन्तले उपचारमा सहयोगको लागि अपिल गरेका हुन् ।


बेनी अस्पतालमा डाईलासिस उपचार सेवा लिँदै आउनुभएका सापकोटाको थप र नियमित उपचारमा आर्थिक अभाब भएको उहाँका आफन्तको भनाई छ । यस अघि पत्थरीको कारण दुई पटक सम्म अप्रेशन गरि उपचार गराइसक्नुभएका सापकोटालाई मृर्गौलामा समेत समस्या देखिएपछि थप समस्या भएको छ । आफन्तले सापकोटाको जिवनरक्षाको लागि कुलप्रसाद बचाउ अभियान नै सञ्चालन गरेका छन् । उपचारमा ठुलो खर्च लाग्ने भएपछि कृषि पेशाबाट जिविकोपार्जन गर्दै आएका सापकोटा परिवारमा समस्या देखिएको छ ।
सहयोग दाताहरुको लागि थप विवरण

(नाम : कुल प्रसाद सापकोटा खाता नंः 06405050276108 Nepal investment bank Ltd (NIBL) सम्पर्क : कुल प्रसाद सापकोटा : 9863490016 नारायण सापकोटा (दाजु): 9867768581