चेम्बर अफ कमर्स गण्डकी प्रदेशको सदस्यमा म्याग्दीका रकाल
- २७ असार २०७८, आईतवार
- 748 पटक पढिएको
म्याग्दी,२७ असार । चेम्बर अफ कमर्स गण्डकी प्रदेश सदस्यमा म्याग्दीका भरत रकाल निर्वाचित भएका छन् । अधिबेशनले किसान सुनारको अध्यक्षता चयन भएको नयाँ कार्यसमितिको सदस्यमा रकाल चयन भएका हुन् । रकाल चेम्वर अफ कमर्स म्याग्दीका अध्यक्ष समेत रहेका छन् ।
समितिको उपाध्यक्ष श्री बहादुर गुरुङ, महासचिवमा देवराज शर्मा, सचिवमा विष्णु कुमार श्रेष्ठ, कोषाध्यक्षमा तेजेन्द्र पौडेल सर्वसम्मत चयन भएका छन् । सदस्यहरुमा विजय हिराचन, भरत बहादुर रकाल, महेन्द्र मोहन भट्टराई, ज्ञानु अधिकारी, टीका गुरुङ, प्रकाश न्यौपाने, गंगा श्रेष्ठ, तारानाथ ढुङ्गाना विष्णु कुमारी गुरुङ, युवराज खतिवडा र अरुण गिरी चयन भएका छन् ।