लायन्स क्लव अफ बेनी पिस सिटीको पद हस्तान्तरण तथा सम्मान

  • २६ असार २०७८, शनिबार
  • 1083 पटक पढिएको

 

बेनी, २६ असार । लायन्स क्लव अफ बेनी पिस सिटिले सन २०२१-२२ को लागि निर्वाचित कार्यसमितिलाई पद हस्तान्तरण गरेको छ। शुक्रबार आयोजित कार्यक्रममा नवनिर्वाचित अध्यक्ष सुर्वण रिजाललाई निर्वतमान अध्यक्ष खम थापामगरले क्लवका संस्थापक अध्यक्ष राजेश शाक्यमार्फत पदहस्तान्तरण गर्नुभएको थियो ।


खम थापा मगरको अध्यक्षतामा भएको पद हस्तान्तरण कार्यक्रममा लायन्सको मानविय सेवाको क्षेत्रमा संचार क्षेत्रबाट रचनात्मक योगदान पुर्‍याएको भन्दै पत्रकार धिरन खत्री नगदसहित सम्मान गरेका थिए । सोही अवसरमा कोरोना महामारीको समयमा क्लव संचालन गरेको निशुल्क एम्वुलेन्स सेवामा चालकको रुपमा खटिनुभएका शेरबहादुर गुरुङ, अभियान आर्थिक सहयोग गर्नुहुने दल शेरपुञ्जा, किरण शेरपुञ्जा र निशुल्क एम्वुलेन्स सेवाका लागिा सवारी साधन उपलब्ध गराउने बेनी टुर एण्ड ट्राभल्सका अध्यक्ष भोजबहादुर रिजाललाई समेत दोषल्लासहित मायाको चिनोले सम्मान गर्नुभएको थियो ।


कार्यक्रममा संस्थापक अध्यक्षले शाक्यले क्लवको उतकृष्टतालाई कायम राख्न नवनिर्वाचित टिमलाई रचनात्मक काम गर्न आग्रह गर्नुभएको थियो । त्यस्तै मोना हङकङका पुर्व अध्यक्ष एवम् सहयोगदाता दल शेरपुञ्जाले क्लवले सामाजिक क्षेत्रमा गरेको सहयोग र कोभिडको समयमा संचालन गरेको एम्वुलेन्स सेवाप्रति प्रंशसा गनुभएको थियो ।


पद हस्तान्तरण कार्यक्रममा पुर्व अध्यक्ष लोकेश पुनले क्लवले गर्नुपर्ने कामहरुको जानकारी गराउनुभएको थियो । त्यस्तै निर्वतमान अध्यक्ष थापा मगरले २०२०-२१को कार्यकालमा सहयोग गर्ने सबैलाई धन्यवाद दिदै आगामी दिनमा क्लवलाई उतकृष्ट बनाउन लागि रहने प्रतिवद्धता जनाउनुभएको थियो । पुर्व अध्यक्ष नरेश श्रेष्ठको स्वागत मन्तव्य रहेको कार्यक्रममा सचिव सन्दिप खत्रीले क्लवले गरेका गतिविधिहरु प्रस्तुत गनुभएको थियो ।


सचिव नन्दु पाईजामगरले संचालन गर्नुभएको कार्यक्रममा निर्वाचित अध्यक्ष रिजालले क्लवलाई जिल्लामा उतकृष्ट बनाउन सहकार्य मार्फत रचनात्मक काम गर्ने प्रतिवद्धता जनाउनुभएको थियो ।