ताजा अपडेट
म्याग्दीमा चैतयता बिदेशबाट आएका सबैलाई क्वारेन्टाइनमा राखिने
- wp_days_ago_v3(); ?>
- १४ चैत्र २०७६, शुक्रबार
बेनी, १४ चैत । म्याग्दीमा चैत १ गतेदेखि यता विदेशबाट आएका सबैलाई क्वारेन्टाइनमा राखिने भएको छ । जिल्ला विपद् व्यवस्थापन समितिले गठन गरेको कमाण्ड पोष्टको शुक्रबार जिल्ला प्रशासन कार्यालयमा बसेको बैठकले विश्वब्यापी महामारीको रुपमा फैलिएको कोभिड–१९ (कोरोना) भाइरस रोकथामका लागि क्वारेन्टाइनमा राख्ने निर्णय गरेको हो ।शनिबारदेखि भारत, खाडी र युरोपका... पुरा पढ्नुहोस
कोरोनाको त्रासका बिच गाउँका किसानलाई कामकै चटारो ( फोटो कथा)
- wp_days_ago_v3(); ?>
- १४ चैत्र २०७६, शुक्रबार
म्याग्दी १४ चैत । विश्वभर महामारीको रुपमा फैलिएको कोरोना भाइरस कोडिभिको संक्रमण रोक्नको लागि यतिबेला नेपाल सरकारले मुलुकलाई लकडाउन गरेको छ । मानिसहरुलाई घरबाट बाहिन ननिस्कन र एक ठाउँबाट अर्को ठाउँमा जान अत्याबश्यक काम बाहेक रोक लगाएको छ । तर हिउँदेबालीको सिजनका कारण जिल्लाको ग्रामीण भेगका कृषकहरुलाई भने कामकै चटारो... पुरा पढ्नुहोस
बेनी अस्पतालमा ६ बेड क्षमताको आइसोलेसन कक्ष स्थापना (फोटो फिचर)
- wp_days_ago_v3(); ?>
- १४ चैत्र २०७६, शुक्रबार
कमल खत्री बेनी, १४ चैत । म्याग्दीको बेनी अस्पतालमा ६ बेड क्षमताको आइसोलेसन कक्ष स्थापना गरिएको छ । विश्वभर महामारीको रुपमा फैलिएको कोरोना भाइरसको शङ्कास्पद बिरामीको उपचारका लागि अस्पतालमा आइसोलेसन कक्ष स्थापना गरिएको हो । तत्कालको लागि पूर्वतयारी स्वरुप ६ बेड क्षमताको आइसोलेसन कक्ष निर्माण गरिएको अस्पताल विकास समितिका अध्यक्ष... पुरा पढ्नुहोस
समस्याका परेका विपन्नलाई जिसस म्याग्दीले खाद्यान्नको व्यवस्था मिलाउने
- wp_days_ago_v3(); ?>
- १४ चैत्र २०७६, शुक्रबार
बेनी, १४ चैत । जिल्ला समन्वय समिति, म्याग्दीले कोरोना रोकथामका लागि सरकारले गरेको लकडाउनका कारण समस्यामा परेका विपन्न र मजदुर बर्गलाई खाद्यान्नको व्यवस्था मिलाउने भएको छ । जिसस म्याग्दीका प्रमुख देवेन्द्रबहादुर केसीको अध्यक्षतामा शुक्रबार बेनीमा बसेको समितिको बैठकले वडा र पालिकाको सिफारिसमा जिल्ला विपद् व्यवस्थापन समितिसंगको सहकार्यमा रोजगारी गुमेपछि बिहान... पुरा पढ्नुहोस
कोरोना रोकथाम गर्न बेनी नगरपालिकामा ५० लाखको कोष स्थापना
- wp_days_ago_v3(); ?>
- १४ चैत्र २०७६, शुक्रबार
बेनी, १४ चैत । विश्वब्यापी महामारीको समस्या बनेको कोरोना भाइरसको संक्रमण रोकथामको लागि म्याग्दीको बेनी नगरपालिकाले रु ५० लाखको कोष स्थापना गरेको छ । शुक्रवार बसेको नगरपालिका स्तरीय कोरोना भाइरस नियन्त्रण समन्वय समितिको बैठकले कोरोनाको संक्रमण रोक्न, जनचेतनामुलक कार्यक्रम सञ्चालन र आबश्यक बन्दोबस्तको लागि नगर स्तरीय दैवी प्रकोप उद्धार कोष... पुरा पढ्नुहोस
कोरोनाको उपचार बन्दोबस्तमा विपद व्यवस्थापन समितिबाट रु ५ लाख विनियोजन
- wp_days_ago_v3(); ?>
- १३ चैत्र २०७६, बिहीबार
बेनी, १३ चैत । विश्वब्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरसको संक्रमण रोक्न र उपचार बन्दोबस्तमा जिल्ला विपद् ब्यवस्थापन समिति म्याग्दील रु ५ लाख बजेट विनियोजन गरेको छ । समितिको विहिवार बसेको बैठकले बेनी अस्पतालमा कोरोना विशेष उपचारको लागि आबश्यक सामाग्री खरिद, आईसोलेसन वार्ड र क्वारेन्टाइन व्यवस्थापनको लागि सो बजेट विनियोजन... पुरा पढ्नुहोस
रघुगंगा गाउँपालिकामा कोरोना विरुद्धको आकस्मीक कोषमा रु ३४ लाख बजेट, सबै वडामा क्वारेनटाइन
- wp_days_ago_v3(); ?>
- १३ चैत्र २०७६, बिहीबार
म्याग्दी १३ चैत । म्याग्दीको रघुगंगा गाउँपालिकाले कोरोना विरुद्धको आकस्मीक कोष खडा गरेको छ । विहिवार गाउँपालिका स्तरीय विपद् व्यवस्थापन समितिको बैठकबाट गाउँपालिकाले रु ३४ लाखको कोषको स्थापना गरेको हो । गाउँपालिका अध्यक्ष भवबहादुर भण्डारीको अध्यक्षतामा बसेको समितिको आकस्मिक बैठकले गाउँपालिकाबाट रु ३० लाख र अध्यक्ष भण्डारीको व्यक्तिगत रु ४... पुरा पढ्नुहोस
घारमा कोरोना विरुद्ध सचेतनामुलक कार्यक्रम, साबुन वितरण
- wp_days_ago_v3(); ?>
- १३ चैत्र २०७६, बिहीबार
म्याग्दी, १३ चैत । म्याग्दीको अन्नपूर्ण गाउपालिका–६ घारमा जनप्रतिनिधिहरुको अगुवाईमा विस्वब्यापी महामारीको समस्या बनेको कोरोना भाइरस विरुद्धको सचेतनामुलक कार्यक्रम गरिएको छ । वडा अध्यक्ष कृष्णप्रसाद बरुवालको नेतृत्वमा वडा सदस्य, स्वास्थ्य चौकीका कर्मचारी, शिक्षक र घार प्रहरी चौकीका टोलीले विभिन्न बस्तिमा पुगेर कोरोना भाइरस विरुद्धको सचेतना मुलक सन्देशहरुलाई माइकीङ गरि जनचेतना... पुरा पढ्नुहोस
कोरोना आशंका गरिएका बागलुङका युवाको रिर्पोट नेगेटिभ
- wp_days_ago_v3(); ?>
- १३ चैत्र २०७६, बिहीबार
बागलुङ १३ चैत । कोरोना भाइरसको संक्रमण भएको आशंकामा धौलागिरी अञ्चल अस्पताल बागलुङको आइसोलेशन वार्डमा भर्ना गरिएका एक युवाको रिपोर्ट नेगेटिभ आएको छ । भारतको पटनाबाट आएका बागलुङ नगरपालिकाका ती बिरामीको कोरोना भाइरससँग मिल्दो लक्षण सहित अस्पताल पुगेपछि चिकित्सकले तत्कालै उनलाई आइसोलेशनमा राखिएको थियो । लगत्तै उनको थ्रोर्ट स्वाब निकालेर... पुरा पढ्नुहोस
मुस्ताङबाट १ सय २१ जना विदेशी पर्यटक काठमाण्डौ पठाइयो
- wp_days_ago_v3(); ?>
- १३ चैत्र २०७६, बिहीबार
म्याग्दी १३ चैत । कोरोना भाइरसको संक्रमण रोक्नका लागि नेपाल सरकारले देशलाई नै लकडाउन गरेसंगै मुस्ताङमा रोकिएका पर्यटकहरुको उद्धार गरिएको छ । अन्नपूर्ण चक्रिय पदमार्ग हूँदै हिमाल पारिको जिल्ला मुस्ताङमा पुगेका विभिन्न २१ मुलुकका १२१ जना पर्यटकहरुलाई उद्धार गरि काठमाण्डौ पठाईएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ । तीन दिनको अवधिमा... पुरा पढ्नुहोस