म्याग्दीको फुलडाँडामा चेक पोष्ट स्थापन

  • २० चैत्र २०७६, बिहीबार
  • 1928 पटक पढिएको

अमित विश्वकर्मा
म्याग्दी २० चैत । म्याग्दीको रघगंगा गाउँपालीका वडा नं ५ र ६ को सिमानामा पर्ने फुलडाँडामा आज देखि चेक पोष्ट स्थापना गरिएको छ । बिश्वब्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरसको संक्रमणलाइ रोक्नका लागि पाखापानी प्रहरी चौकि, पाखापानी स्वास्थ्य चौकीका कर्मचारी सहित स्थानीय ५ जना जनस्वयमसेवकको टोली चेकपोष्टमा खटिएका छन् । चेकपोष्टमा त्यस स्थानभन्दा बाहिर बाट आउनेलाइ चेकजाँच गर्ने र कोरोना भाइरसको बारेमा सचेतना प्रदान गर्ने गरिएको जनस्वयमसेबकको रुपमा खटिनुभएका ठाडाखानीका प्रबिण छन्त्यालले बताउनु भएको छ ।


साथै यही चेकपोष्टबाटै रघुगंगाको वडा नं ६ मा आजै देखि बाहिरको जो कोही ब्यक्तीलाई पनि अत्याबश्यक काम बाहेक प्रबेश गर्न नदिइने उहाँले बताउनु भयो । सो टोलीले चैत १६ गते पाखापानी, फुलडाँडा, औल, बुजेप र थिरबा»मा घरदैलो अभियान मार्फत कोरोना संक्रमण र लकडाउनको बारेमा सचेतना प्रदान गरेको छ ।


त्यसै गरि चैत १७ गते घन्टीबा», गवानाखर्क, कालोबा» र ठाडाखानी चैत १८ गते पुतपुत, कोटगाउँ र कालमुडा र चैत १९ गते मुलपानी, रायखोर र उल्लेरीमा घरदैलो अभियान गरि स्थानीयलाइ लकडाउनको पुर्णरुपमा पालन गर्दै कोरोना भाइरसको संक्रमणबाट बच्नका लागी घरमै बस्न र नियमित रुपमा साबुन पानीले हात धुन र समुहमा भेला भइ नबस्न समेत अनुरोध गरको पाखापानी प्रहरी चौकीले जनाएको छ ।