नेकपा आपूर्ति विभागद्धारा दैनिक आबश्यक बस्नु र सेवाको सुनिश्तिता गर्न आग्रह

  • २१ चैत्र २०७६, शुक्रबार
  • 2627 पटक पढिएको

म्याग्दी २१ चैत । नेपाल कम्युनिष्ट पार्टी(नेकपा) म्याग्दीको जिल्ला उपभोक्ता हित संरक्षण तथा आपूर्ति विभागले दैनिक आबश्यक बस्नु र सेवाको सुनिश्तिता गर्न आग्रह गर्दै सम्भावित कृतिम अभाबलाई नियन्त्रण गर्न सरोकारवालाको ध्यानकर्षण गराएको छ । विभागका संयोजक कुशल पौडेलद्धारा हस्ताक्षर गरि प्रकाशित गरिएको विज्ञप्तीमा कोरोनाको संक्रमण फैलन नदिन र रोकथामको लागि सरकारले घोषणा गरेको लकडाउनको समयमा आम उपभोक्तालाई दैनिक आबश्यक बस्तु र सेवाको सुनिश्चिता र सम्भावित कृतिम अभाव हुन सक्ने भएकाले नियन्त्रण गर्न सरोकारवालाको ध्यान जानुपर्ने उल्लेख गरिएको छ ।


विज्ञप्तीमा कोरोना भाइरसको संक्रमण फैलन नदिन देशभर जारी भएको लकडाउनलाई प्रभाबकारी बनाउनुपर्ने समेत उल्लेख छ । यस विसम परिस्थितीमा उद्योग बाणिज्य संघ, जिल्ला प्रशासन कार्यालय, स्थानीय तहका जनप्रतिनिधिहरुले सरोकारवालासंगको समन्वयमा संक्रमणमुक्त पसलहरु तथा घुम्ती पसलहरुको माध्ययम मार्फत समेत उपभोक्तालाई सुरक्षित रुपमा अत्याबश्यक सामाग्रीहरुको खरिद गर्ने व्यवस्था मिलाउनुपर्नेमा जोड दिईएको छ ।

लकडाउनको समयमा सरकारले अत्याबश्यक सामाग्री र सेवालाई बन्द नगरि नागरिकको घरघरमा पु¥याउन दिएको निर्देशन स्वागतयोग्य रहेको भन्दै यस्तो सेवा प्रवाह गर्दा कोरोनाको सम्भावित जोखिमलाई आंकलन गरि आबश्यक सुरक्षाका कदम चालिनुपर्नेमा जोड दिईएको छ । साथै महामारीको कारण लकडाउन जारी भएको सन्दर्भमा म्याग्दीमा प्रशासन , उद्योग बाणिज्य संघ, स्थानीय सरकार लगायतका निकायले कृतिम अभाब सिर्जना नगर्न र सहज उपलब्धता गर्न गरेको आह्वान स्वागतयोग्य रहेको विज्ञप्तीमा उल्लेख छ ।