लकडाउनमा खटिएका सुरक्षाकर्मीलाई मास्क र ग्लोब्स सहयोग (तस्बिर र भिडियो सहित)

  • २१ चैत्र २०७६, शुक्रबार
  • 1587 पटक पढिएको

म्याग्दी २१ चैत । कोरोना भाइरसको संक्रमण फैलन नदिन सरकारले घोषणा गरेको लकडाउनमा खटिएका सुरक्षाकर्मीलाई मास्क र ग्लोब्स वितरण गरिएको छ । नविन आनन्दयोग केन्द्र शाखा गलेश्वर र गलेश्वरधाम आमा समुहले संयुक्त रुपमा विहिवार गलेश्वर बेनी बजार क्षेत्रमा खटिएका सुरक्षार्कीलाई सामाग्री सहयोग गरहेका हुन् ।

दिनरात नभनी लकडाउनलाई सफल बनाउन खटिएका सुरक्षार्कीको स्वास्थ्य सुरक्षालाई मध्यनजर गर्दै मास्क, ग्लोब्स सहयोग गरिएको नविन आनन्दयोग केन्द्र शाखा गलेश्वरका सचिब निसा महतले बताउनुभयो । उहाँले गलकटाउनलाई प्रभाबकारी बनाउँदै कोरोना रोकथाममा सुरक्षाकर्मीको महत्वपूर्ण भुमिका रहने भएकाले उहाँहरुको स्वास्थ्य सुरक्षामा समेत ध्यान दिइनुपर्ने बताउनुभयो ।

नविन आनन्दयोग केन्द्र शाखा गलेश्वरका अध्यक्ष बालकुमार लामिछाने, सचिब निसा महत, कोषाध्यक्ष विन्दु कार्की पुर्जा, सहसचिब मनु फगामी लगायतको टोलीले गलेश्वर र बेनी बजार क्षेत्रका विभिन्न स्थानमा लकडाउनको लागि खटिएका सुरक्षार्कीहरुलाई सामाग्री हस्तान्तरण गर्नुभएको थियो । टोलीले मास्क ५० थान, ग्लोब्स १ सय था नर खानेपानी ५ कार्टुन वितरण गरेको जनाएको छ ।