ताजा अपडेट

पौलस्त्य साहित्य समाजको छैँठौ अधिबेशन सम्पन्न, अध्यक्षमा बानियाँ चयन

म्याग्दी ३ फागुन । पौलस्त्य साहित्य समाज म्याग्दीको छैँठौ अधिबेशन तथा साहित्यक बनभोज कार्यक्रम शनिबार बगुवाखोलामा सम्पन्न भएको छ । अधिबेशनले कृष्ण बानीयाँको अध्यक्षतामा नयाँ कार्य समिति चयन गरेको छ । समाजको उपाध्यक्षमा शिब सस्मित, सचिब समिर रोका, र कोषाध्यक्ष अमिता पुन चयन हुनु भएको छ । यसैगरी सदस्यहरुमा हृदय... पुरा पढ्नुहोस

रघुगंगा गाउँपालिकाका स्तरीय दोस्रो राष्ट्रपति रनिङ शिल्डको उपाधी रघुगंगा माविलाई (फोटो फिचर)

म्याग्दी ३ फागुन । म्याग्दीको रघुगंगा गाउँपालिका–३ पिप्लेमा सम्पन्न अन्तर मावि दोस्रो राष्ट्रपति रनिङ शिल्ड खेलकुद प्रतियोगिताको उपाधी रघुगंगा माविले हात पारेको छ । साविक विजेता समेत रहेको रघुगंगाले प्रतियोगितामा ९ स्र्वण, २ रजत र २ कास्य पदक सहित उपाधी जितेको हो । प्रतियोगितामा मुक्तिधाम माविले ८ स्वर्ण, ६ रजन... पुरा पढ्नुहोस

जन्मदिनको अबसरमा रोकाद्धारा बिद्यार्थीलाइ सहयोग

म्याग्दी ३ फागुन । म्याग्दीकाली एफएममा कार्यरत लोकप्रीय संचारकर्मी समिर रोका मगरले आफ्नो जन्मदिनको अबसरमा बिद्यार्थीहरुलाइ सहयोग गर्नु भएको छ । म्याग्दीको बेनी नगरपालिका ५ बगुवाखोला स्थित बालजागृति आधारभुत बिद्यालयमा अध्ययनरत बौद्धिक अपांगता भएका करिब ३० जना बिद्यार्थीहरुलाइ शैक्षिक सामाग्री खरिदका लागि बिद्यालयका प्रधानाध्यापक भक्त कार्कीलाइ रु ३ हजार प्रदान... पुरा पढ्नुहोस

बेनी नगरपालिका स्तरीय दोस्रो राष्ट्रपति रनिङ शिल्ड सुरु (फोटो फिचर)

म्याग्दी २ फागुन । म्याग्दी सदरमुकाम बेनीमा बेनी नगरपालिका स्तरीय अन्तरमावि दोस्रो राष्ट्रपति रनिङशिल्ड खेलकुद प्रतियोगिता सुरु भएको छ । शुक्रवारदेखि सुरु भएको प्रतियोगितामा नगरपालिकाभित्रका विभिन्न २४ वटा विद्यालयका विद्यार्थीहरुले सहभागीता जनाएका छन् । प्रतियोगिताको गण्डकी प्रदेश सभा सदस्य विनोद केसीले उद्घाटन गर्नुभएको हो । बेनीको खुल्ला मञ्चमा कार्यक्रमको उद्घाटन... पुरा पढ्नुहोस

मुनाको मृत्युको कारण घाँटीमा कसिएको डोरी

काठमाडौं, २ फागुन । आफ्नै घरमा हत्या गरिएकी पूर्वसचिव अर्जुन कार्कीकी पत्नी मुनाको मृत्यु घाँटीमा कसिएको डोरीको कारण भएको खुलेको छ । शुक्रबार आएको शवपरीक्षण प्रतिवेदनको नतिजाअनुसार उनको मृत्यु घाँटीमा बाँधिएको डोरीका कारण भएको हो । प्रहरीको प्रारम्भिक अनुसन्धानले घरमा काम गर्ने युवक विजय चौधरीले पिर्काले हानेर मारेको देखिएको थियो... पुरा पढ्नुहोस

मंगलामा दोस्रो राष्ट्रपति रनिङशिल्ड प्रतियोगिता सुरु (तस्बिर सहित)

म्याग्दी १ फागुन । म्याग्दीको मंगला गाउँपालिकाको केन्द्र बावियाचौर र सहस्रधारामा अन्तर मावि मंगला गाउँपालिका स्तरीय दोस्रो राष्ट्रपति रनिङ शिल्ड खेलकुद प्रतियोगिता विहिबारदेखि सुरु भएको छ । गाउँपालिकाको आयोजना र मंगला खेलकुद विकास समिति बावियाचौरको ब्यवस्थापनमा संचालन भएको प्रतियोगिताको उद्घाटन जिल्ला समन्वय समिति म्याग्दीका प्रमुख देवेन्द्रबहादुर केसीले गर्नुभएको हो ।... पुरा पढ्नुहोस

रघुगंगा गाउँपालिकामा दोस्रो राष्ट्रपति रनिङ शिल्ड सुरु (फोटो फिचर)

म्याग्दी १ फागुन । म्याग्दीको रघुगंगा गाउँपालिकामा अन्तर मावि दोस्रो राष्ट्रपति रनिङ शिल्ड खेलकुद प्रतियोगिता विहिवारदेखि सुरु भएको छ । गाउँपालिकाभित्रका विभिन्न १० वटा माध्यमिक तहका विद्यालयका विद्यार्थीहरुले सहभागिता जनाएको प्रतियोगिताको रघुगंगा मावि पिप्लेमा गण्डकी प्रदेश सभाका सदस्य विनोद केसीले उद्घाटन गर्नुभएको हो । प्रतियोगिताको उद्घाटन गर्दै प्रदेश सभा सदस्य... पुरा पढ्नुहोस

धौलागिरीमै पहिलो पटक म्याग्दीको टोड्केमा लाइभ पेन्टिङ हुने

म्याग्दी २८ माघ । धौलागिरी क्षेत्रमै पहिलो पटक म्याग्दीमा लाइभ पेन्टिङ हुने भएको छ । पर्यटकीय स्थलहरुको प्रचार प्रसारको लागि ग्लोरी फाईन आर्ट (ललीतकला) गु्रप म्याग्दीले पहिलो पटक पर्यटकीय स्थल टोड्केमा लाइभ पेन्टिङको आयोजना गरेको हो । नेपाल भ्रमण बर्ष सन २०२० को अवसरमा आगामी फागुन १७ गते सो कार्यक्रम... पुरा पढ्नुहोस

दिपक मावि पात्लेखेतलाई गर्बुजाको सहयोग

समिर रोका म्याग्दी २८ माघ । म्याग्दीको बेनि नगरपालिका १० पात्लेखेतमा रहेको दिपक माध्यमिक बिद्यालय लाई रु ५० हजार, २ थान कम्पयुटर , २ थान भलिबल र एउटा पम्प सहयोग प्राप्त भएको छ । बेनि नगरपालिका १० पात्लेखेत स्थाई घर भई हाल युकेमा बस्दै आउनुभएका खिम बहादुर गर्बुजा मगरले बिद्यालयको... पुरा पढ्नुहोस

दिवंगत हस्त गर्वुजा दम्पतीको स्मृतिमा नेकपा रघुगंगा गाउँकमिटिद्धारा श्रद्धाञ्जली सभा

म्याग्दी २८ माघ । म्याग्दीको रघुगंगा गाउँपालिका–७ चिमखोला घर भई ललितपुरमा बसोबास गर्दै आएर गत माघ १५ गते दिवंगत हुनुभएका दम्पती हस्त र नेत्रकुमारी गर्वुजा (थापा) को स्मृतिमा श्रद्धाञ्जली सभा सम्पन्न गरिएको छ । नेपाल कम्युनिष्ट पार्टी रघुगंगा गाउँकमिटिको आयोजनामा मंगलवार दिवंगत दम्पतीको स्मृतिमा श्रद्धाञ्जली सभा गरिएको हो । ललितपुर–१४... पुरा पढ्नुहोस