मोना हङकङद्धारा म्याग्दीका स्वास्थ्य संस्थाहरुलाई २५ थान पिपीइ सहयोग (भिडियो सहित)

  • २१ चैत्र २०७६, शुक्रबार
  • 2760 पटक पढिएको

म्याग्दी २१ चैत । हङकङमा रहेका म्याग्देलीहरुको साझा संस्था म्याग्दी प्रवासी नेपाली संघ(मोना) हङकङले कोरोना भाइरसको रोकथाम र नियन्त्रणमा सघाउन स्वास्थ्यकर्मीहरुको ब्यक्तिगत सुरक्षा सामग्री (पिपीइ) २५ थान सहयोग गरेको छ । मोना हङकङले बेनी अस्पताललाई १५ थान र जिल्लामा रहेका ५ वटै गाउँपालिकालाई २/२ वटाको दरले पिपीइ उपलब्ध गराएको हो ।

बेनीमा आयोजित कार्यक्रममा पाँच वटै गाउँपालिकाहरुमा उपलब्ध गराउने गरि जिल्ला विपद ब्यवस्थापन समितिका अध्यक्ष तथा प्रमुख जिल्ला अधिकारी ज्ञाननाथ ढकाल तथा बेनी अस्पताल विकास समितिका अध्यक्ष बेलबहादुर कटुवाल र मेडिकल सुपरिटेन्डेन्ट डाक्टर अमृत अधिकारीलाई जिल्ला समन्वय समितिका प्रमुख देवेन्द्रबहादुर केसी, बेनी नगरपालिकाका कार्यपालिका सदस्य कृष्णकुमार विश्वकर्मा लगायत सामाग्री मार्फत वितरण गरिएको थियो ।

मोना हङकङले बेनी नगरपालिकाको बेनी अस्पतालमा सञ्चालित आइसोलेसन वार्ड र बेनीमा रहेको क्वारेनटाइनमा खटिने स्वास्थ्यकर्मीको समस्यालाई मध्यनजर गर्दै बेनी अस्पतालाई १५ थान पिपीइ उपलब्ध गराएको जनाएको छ । त्यसैगरि रघुगंगा, अन्नपूर्ण, मंगला, मालिका र धवलागिरि गाउँपालिकालाई समेत आबश्यकता अनुसार प्रयोग गर्ने गरि दुई थानका दरले पिपीई सेट उपलब्ध गराएको जनाएको छ ।
समन्वयकर्ता सामाजिक अगुवा चन्द्रकुमार केसीले मोना हङकङले कोरोनाको सम्भावित जोखिमलाई मध्यनजर गर्दै डाक्टर र स्वास्थ्यकर्मीको व्यक्तिगत सुरक्षालाई ध्यानमा राखेर सो सहयोग गरेको जानकारी दिनुभयो ।