तातोपानी युवा क्लबद्धारा मास्क र साबुन बितरण

  • २१ चैत्र २०७६, शुक्रबार
  • 1411 पटक पढिएको

अमित बिश्वकर्मा
म्याग्दी २१ चैत । म्याग्दीको बेनी नगरपालिका ४ तातोपानीमा रहेको तातोपानी युवा क्लबले बिश्व महामारीको रुपमा फैलिएको कोरोना भाइरसको सक्रमणबाट बच्नका लागि स्थानीयलाई मास्क बितरण गरेको छ ।

बजारमा मास्कको अभाब भएकोले तातोपानीमै मास्क उत्पादन गरि बिहिबार घरदैलो गरेर ५ सय मास्क बितरण गरको क्लबका अध्यक्ष पदम बानीयाँले बताउनु भएको छ । साथै तातोपानीको तल्लो र उपल्लो बजार भित्र रहेका १८ वटा धारामा डिटोल साबुन उपलब्ध गराएको छ ।

कोरोना संक्रमणबाट सुरक्षीत रहनका लागि नियमित रुपमा साबुन पानीले हात धुन स्थानीयलाइ अनुरोध गर्दै धारामै साबुन राखिएको क्लब सचिब केशव सिउँथानीले बताउनु भयो ।


त्यसैगरि बिहिबार तातोपानी बजार क्षेत्रमा म्याग्दीका युवा ब्यबसायी नारायण जिसीले कोरोना भाइरसको किटाणु नष्ट गर्ने किटनासक औसधि क्लोरीन छर्कनु भएको छ । कोरोना भाइरस सम्बन्धी बिभिन्न सचेतना मुलक अभियान चलाइरको बेला क्लोरीन छर्न पनि क्लबको तर्फबाट जिसी लाइ अनुरोध गरिएको तातोपानी युवा क्लबका बरिष्ठ सल्लाहकार कुमार केसीले जानकारी दिनु भयो ।