ताजा अपडेट

एसईइमा सहभागि हुने विद्यार्थीलाई रघुगंगा गाउँपालिकाको सहयोग

म्याग्दी, ६ चैत । एसईइ परिक्षामा सहभागि हुनका लागि परिक्षा केन्द्रमा आएका विद्यार्थीलाई रघुगंगा गाउँपालिकाले सहयोग गर्ने भएको छ । कोरोना भाइरसको जोखिमलाई मध्यनजर गर्दै सरकारले बिहीबार देखि सुरु हुने माध्यमिक शिक्षा परिक्षा (एसईइ) बुधबार साँझ स्थगित गरेपछि गाउँपालिकाद्धारा एसईइमा सहभागि विद्यालयलाई राहतस्वरुप गाउँपालिकाले सहयोग गरेको हो । टाढा–टाढाका विद्यालयबाट... पुरा पढ्नुहोस

तीन महिने ब्युटीपार्लर तालिम सुरु

बेनी, ६ चैत । बेनीमा बुधबारदेखि तीन महिने ब्युटीपार्लर तालिम सुरु भएको छ । सिटिइभिटी अन्तरगत अन्नपूर्ण बहुप्राबिधिक विद्यालयको प्राबिधिक सहयोगमा द्धन्द पिडित अधिकार मञ्च म्याग्दीले तालिमको आयोजना गरेको हो । बीस जना द्धन्दपिडितको सहभागिता रहेको तालिमको संगिता श्रेष्ठ र प्रमिला जोशी श्रेष्ठले सहजिकरण गर्नुहुने जनाइएको छ । प्रशिक्षकलाई तालिमको... पुरा पढ्नुहोस

परिक्षा केन्द्रमा पुगेका विद्यार्थीलाई धवलागिरी गाउपालिकाले सहयोग गर्ने

बेनी, ६ चैत । म्याग्दीको धवलागिरी गाउपालिकाले एसईइ परिक्षामा सहभागि हुनका लागि परिक्षा केन्द्रमा आएका विद्यार्थीको राहतका लागि विद्यालयलाई सहयोग गर्ने भएको छ । कोरोना भाइरसको जोखिमलाई मध्यनजर गर्दै सरकारले बिहीबार देखि सुरु हुने भनिएको माध्यमिक शिक्षा परिक्षा (एसईइ) बुधबार साँझ स्थगित गर्ने निर्णय गरेको थियो । बिशेष परिस्थितिका रुपमा... पुरा पढ्नुहोस

अन्नपूर्ण गाउँपालिकाले एसइईमा सहभागी हुने विद्यार्थीलाई सहयोग

म्याग्दी, ६ चैत । उत्तरी म्याग्दीको अन्नपूर्ण गाउपालिकाले माध्यमिक शिक्षा परिक्षा (एसईइ) परीक्षामा सहभागी हुने पालिका भित्रका सबै १ सय ६८ जना विद्यार्थीलाई खाजा र यातायात खर्च दिएको छ । एसईइ परीक्षामा सहभागी हुनका लागि म्याग्दीको सदरमुकाम बेनी र गाउँपालिकाकै घारमा पुगेका विद्यार्थीलाई प्रति विद्यार्थी १ हजार दिने गाउँपालिका अध्यक्ष... पुरा पढ्नुहोस

गुर्जाली विद्यार्थीका सकस : एसइई परिक्षामा सहभागी हुन ८ घण्टा हिउँको यात्रा (फोटो फिचर)

बेनी, ५ चैत । चैत ६ गते (भोली)बाट सुरु हुने माध्यमिक शिक्षा परीक्षा (एसइई) मा सहभागी हुन यहाँको दुर्गम बस्तीका बालबालिकाहरुले ८ घण्टा लामो हिउँको यात्रा गरेका छन् । म्याग्दीको धवलागिरि गाउँपालिका–१ गुर्जा स्थित जनकल्याण माविका परिक्षार्थीहरु आफ्नो परिक्षा केन्द्रमा जानका लागि हिउँको यात्रा छिचोल्दै आएका हुन् । हेम मावि... पुरा पढ्नुहोस

कोरोनाको सतर्कता अपनाउँदै तातोपानी कुण्ड अनिश्चितकालको लागि बन्द गरिने

बेनी, ५ चैत । म्याग्दीको बेनी नगरपालिका–४ मा अवस्थित प्राकृतिक औषधालयको रुपमा परिचित तातोपानी कुण्डलाई अनिश्चितकालको लागि बन्द गरिने भएको छ । विश्वव्यापी महामारीको समस्याको रुपमा आएको कोरोना भाइरसको त्रासको कारण कुण्डलाई तत्कालको लागि बन्द गरिने भएको हो । देशका विभिन्न ठाउँबाट प्राकृतिक तातोपानीमा स्नान गरि उपचार गराउन मासिनहरु आउने... पुरा पढ्नुहोस

एसइइ परिक्षामा म्याग्दीमा करिब २ हजार २ सय विद्यार्थी सहभागि हुने

बेनी, ४ चैत । चैत ६ गतेबाट सुरु हुने माध्यमिक शिक्षा परीक्षा (एसइइ) मा म्याग्दीमा करिब २ हजार २ सय विद्यार्थी सहभागी हुने भएका छन् । २०७६ सालको एसइइ परिक्षामा २ हजार १ सय ९७ जनाले सहभागीता जनाउने शिक्षा विकास तथा समन्वय इकाइले जनाएको छ । परिक्षामा १ हजार ११०... पुरा पढ्नुहोस

चित्रकार श्रीपालीले उतारेको चित्र (तस्बिर सहित)

म्याग्दीका चित्रकार अमृत सिर्पालीले राष्ट्रिय आविष्कार केन्द्रका अभियन्ता महाविर पुनको तयार पारेको चित्र देखाउँदै । तीन बर्षदेखि व्यवसायिक रुपमा चित्र कोर्ने पेशामा रहनुभएका सिर्पालीले मानिस, भुगोल, हिमाल लगायतको दुरुस्त चित्र उतार्दै आउनुभएको छ । म्याग्दीको रघुगंगा गाउँपालिका–३ घर भएका श्रीपाली हाल काठमाण्डौमा बसेर व्यवसायिक पेन्टिङ गर्दै आउनुभएको छ । https://www.youtube.com/watch?v=O9I09xg_ki0... पुरा पढ्नुहोस

राष्ट्रगानको विश्व यात्रामा निस्किएका ‘रामजी नेपाली’, जस्ले गाउँछन २५ देशका राष्ट्रगीत (भिडियो सहित)

कमल खत्री म्याग्दी ३ चैत । एउटा व्यक्तिले २५ वटा मुलुकको राष्ट्रगान गाउँछन भन्दा अचम्म लाग्न सक्छ । तर बागलुङ नगरपालिका–६ भिरलाङ्खुरीका रामजी नेपाली अहिले विश्वमा रहेका सबै राष्ट्रहरुको राष्ट्रिय गीत गाउने अभियानमा लागेका छन् । ‘विश्व वन्धुत्व, साँस्कृतिक पर्यटन र सदभावना’ भन्ने मुल नाराका साथ विश्व यात्रामा निस्किएका नेपालीले... पुरा पढ्नुहोस

म्याग्दीमा शिक्षण गराएका शिक्षक ठाकुरको शैक्षिक प्रमाण पत्र नक्कली

म्याग्दी ३ चैत । म्याग्दीमा शिक्षण गराएका एक शिक्षकको शैक्षिक प्रमाणपत्र नक्ककली भएको भन्दै अख्तियारले मुद्धा दायर गरेको छ । म्याग्दीको धवलागिरि गाउँपालिका–६ मराङ स्थित राम्चे आधारभूत विद्यालय मा शिक्षण गराएर गोल्डेन हेण्ड चेकको सुविधा लिएर विदा भएका शिक्षक छोटेलाल ठाकुरविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरिएको हो । नक्कली शैक्षिक... पुरा पढ्नुहोस