कोरोना रोकथामको लागि बेनीमा स्वास्थ्यकर्मीको घरदैलो सुरु, स्वास्थ्य मापदण्ड पालना गराउन सपथ

  • २३ कार्तिक २०७७, आईतवार
  • कमल खत्री
  • 1819 पटक पढिएको

कमल खत्री
म्याग्दी २३ कात्तिक ।  म्याग्दी सदरमुमुकाम बेनीमा कोरोना संक्रमणको जोखिम बढेपछि संक्रमण रोकथाम र नियन्त्रणको लागि अभियान चलाईएको छ । बजारका हरेक घरमा पुगेर कोरोना संक्रमणको बारेमा जनचेतना अभिबृद्धि गर्नुका साथै नगरबासीमा कोरोनाका लक्षणहरुको सम्बन्धमा जानकारी लिन टोली परिचालन गरेको हो ।

बेनी नगरपालिकाले डिसिसिएमसि र स्वास्थ्य कार्यालय सहितको समन्वयमा घरघरमा पुगेर कोरोना संक्रमितको खोजी गर्नुका साथै जनचेतनामुलक सन्देश प्रवाह गर्ने अभियान सुरु गरेको बेनी नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत छविलाल सुवेदीले जानकारी दिए । उनका अनुसार, बेनी नगरपालिकाको वडा नम्बर ७ र वडा नम्बर ८ मा आइतबार विहानदेखि एकै पटक स्वास्थ्यकर्मी र जनप्रतिनिधिहरुको टोली परिचालन भएको छ ।

बेनी नगरपालिकाका मेयर हरिकुमार श्रेष्ठ, प्रमुख जिल्ला अधिकारी उमाकान्त अधिकारी स्वास्थ्य कार्यालयका प्रमुख एकनारायण लम्साल, वडाका जनप्रतिनिधि सहित स्वास्थ्यकर्मीको उपस्थितिमा सहित स्मृति चोक र न्युरोडबाट अभियानको सुभारम्भ गरिएको थियो । बजारका घरघरमा पुगेर नागरिकको स्वास्थ्य अवस्थाको जानकारी लिईने र जनस्वास्थ्यका मापदण्डहरुको पालना गर्न अनुरोध गरिने नगरपालिकाका स्वास्थ्य संयोजक लिला गौतमले जानकारी दिईन् ।

‘‘बेनीमा कोरोना संक्रमित बढेको कारण त्यसलाई न्युनिकरण गर्नु नै अभियानको प्रमुख उदेश्य हो, घरघरमा पुगेर स्वास्थ्यकर्मी र जनप्रतिनिधि समेतको टोलीले कोरोनाका लक्षणहरुको बारेमा जानकारी दिने, उनीहरुको स्वास्थ्यमा देखिएका लक्षणहरुको बारेमा जानकारी काम हुन्छ, अभियानले कोरोना नियन्त्रण र रोकथाममा रघाउने अपेक्षा गरेका छौँ’’–स्वास्थ्य संयोजक गौतमले भनिन् ।यस अभियानले पहिचान नभएका संक्रमितको पहिचान गर्न र थप संक्रमण रोकथाममा सघाउ पुग्ने प्रजिअ अधिकारीको भनाई छ । नागरिकलाई सचेत बनाउने र कोरोना भाइरस रोकथाममा नागरिकलाई थप जिम्मेवार बनाउन अभियानले सघाउने उनले बताए ।
                                                 स्वास्थ्य मापदण्ड पालना गराउन नागरिकलाई सपथ

कोरोना संक्रमण रोकथाम तथा नियन्त्रणका लागि थालनी गरेको जनचेतनामुलक कार्यक्रम अन्तर्गत आइतबार बेनीमा जनस्वास्थ्यका मापदण्ड पालना गर्न सपथ खुबाईएको छ । घरघरमा पुगेका स्वास्थ्यकर्मीको टोलीले स्थानीयबासीलाई कोरोना रोकथाम र नियन्त्रणका लागि आफुले स्वास्थ्य मापदण्डलाई पालना गर्छु भन्ने प्रतिबद्धता जाहेर गर्न लगाउँदै सपथ खुवाएका हुन ।

प्रतिबद्धता सहितको सपथले महामारी नियन्त्रणमा सरकारी प्रयासले मात्रै सम्भव नहुने भएकाले हरेक नागरिकलाई जिम्मेवार बनाउन र उनीहरुलाई आफ्नो पनि कर्तव्य र दायित्वबोध गराउन सहयोग पुग्ने स्वास्थ्य कार्यालय म्याग्दीका प्रमुख एकनारायण लम्सालले बताए । ‘म कोरोना भाइरसबाट बच्छु, यति संक्रमित भैहालेमा अरुलाई संक्रमित हुनबाट जोगाउँछु, स्वास्थ्य मापदण्ड र भौतिक दुरी कायम गर्न प्रतिबद्ध छु’ लगायतका प्रतिबद्धता सहित नगरबासीको घरघरमा पुगेर सपथ खुवाईएको छ ।

कमल खत्री

म्याग्दी अनलाईन डट् कमका सम्पादक हुन् l