सहयोग नेपालद्धारा बावियाचौरमा कोरोना विरुद्धको जनचेतना, स्वास्थ्य सरसफाईका सामाग्री सहयोग

  • २५ कार्तिक २०७७, मंगलवार
  • 1692 पटक पढिएको

म्याग्दी २५ कात्तिक । म्याग्दीको मंगला गाउँपालिकाको केन्द बावियाचौरमा कोरोना भाइरसको संक्रमण रोकथाम र नियन्त्रणका लागि जनचेतनामुलक अभियान गरिएको छ । सहयोग नेपाल संस्थाले गाउँपालिकाको केन्द्र बावियाचौरमा सचेतनामुलक कार्यक्रम सहित बजार परिक्रमा गरिएको हो । सो अवसरमा संस्थाले स्वास्थ्य सरसफाईका सामाग्रीहरु समेत वितरण गरेको थियो ।

सो अवसरमा बजारका विभिन्न स्थानमा मास्क, सेनिटाइटर, सावुन, बाल्टीन समेत वितरण गरिएको थियो । सहयोग नेपालका अध्यक्ष सविना अधिकारी , उपाध्यक्ष जिवन पौडेल, सचिब उज्वल केसी लगायतको नेतृत्वमा सो कार्यक्रम सम्पन्न भएको थियो । यस संस्थाले विभिन्न सामाजिक कार्यहरु गर्दै आएको छ । मंगला गाउँपालिकामा समेत कोरोना संक्रमणको जोखिम न्यूनिकरण गर्नका लागि गाउँपालिकाले यातायात बाहेकका अन्य सेवाहरु बन्द गरि लकडाउन गरेको छ ।