ताजा अपडेट

बोहोराफाँट समाज जापानद्वारा ढोरपाटनका बाढी पीडितलाई रु २ लाख १० हजार सहयोग 

थम्मन थापा बागलुङ भदौ २४ । भदौ १७ गते राती भुजिखोलामा आएको भिषण बाढीले ढोरपाटन नगरपालिका स्थित वडा नं ७, ८ र ९ मा अकल्पनीय क्षति पुगेको छ । बाढीमा परी धेरैले ज्यान गुमाएका छन् भने कैयौं मानिस अङ्गभङ्ग भएका छन् । धेरैको घरबास छैन जगा जमीन पनि छिन भरमै... पुरा पढ्नुहोस

ढोरपाटनका बाढी पीडितलाई मल्मबासीको रु १ लाख ३५ हजार सहयोग 

थम्मन थापा बागलुङ भदौ २४ । बागलुङ जिल्ला यतिबेला शोकमा छ । भदौ १७ गते राति जिल्लाको ढोरपाटन नगरपालिका वडा नं. ७, ८ र ९ स्थित भुजिखोलामा आएको बाढीले त्यहाँ अकल्पनीय क्षति पुरायो । बाढीमा परेर कैयौं मानिसको दुःखद निधन भयो । धेरै मानिस बेपत्ता भए धेरैले आफन्त घरबास र... पुरा पढ्नुहोस

फरार अपराधी नियन्त्रणमा म्याग्दी प्रहरीको सफलता

  म्याग्दी, २३ भदौ । विभिन्न अपराधीक घटनामा अदालतबाट दोषी ठहर भई फरार रहेका ब्यक्तिहरुलाई नियन्त्रणमा ल्याउन म्याग्दी प्रहरीलाई सफल मिलेको छ । जिल्ला प्रहरी कार्यालयले संचालन गरेको फरार अभियुक्त प्रकाउ अभियान अन्तरगत पछिल्लोे दुई महिनामा फरार रहेका २५ जना ब्यक्तिलाई नियन्त्रणमा लिएको हो । जसमध्ये मालिका गाउँपालिका– ४ ओखरबोटमा... पुरा पढ्नुहोस

नेकपा म्याग्दीद्धारा सुरेश वाग्ले र भिमसेन पोख्रेलको स्मृति दिवस मनायो

म्याग्दी २३ भदौ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) म्याग्दीले तत्कालिन संघर्षरत माओवादीले सञ्चालन गरेको जनयुद्धमा राज्यपक्षबाट मारिएका सुरेश वाग्ले (वासु) र भिमसेन पोख्रेल (बैरागी)को २१ औँ स्मृति दिवस सोमबार मनाएको छ । पार्टी कार्यालय हाँडेभीरमा आयोजित कार्यक्रमा तस्विरमा माल्यार्पण गरिएको थियो । नेकपा म्याग्दीका सचिब हरिकृष्ण श्रेष्ठको अध्यक्षतामा भएको कार्यक्रममा... पुरा पढ्नुहोस

मराङका पहिरो पीडितलाई दुई लाख बढी सहयोग

म्याग्दी २३ भदौ । म्याग्दीको धवलागिरि गाउँपालिका–६ मराङका पहिरो पीडितलाई दुई लाख बढी आर्थिक सहयोग भएको छ । बेलायतको बेलफाष्टमा रहनुभएका स्थानीय रेशम सुवेदीको नेतृत्वमा त्यहाँ रहेका नेपालीहरुबाट संकलन भएको रु २ लाख ६ हजार रकम पहिरो पीडितलाई सहयोग गरिएको हो । पहिरो पीडितको राहत र पुननिर्माणमा सहयोग गर्न सुवेदीको... पुरा पढ्नुहोस

युवालाई कृषि र पशुपालनमा प्रोत्साहन गर्ने कार्यक्रम प्राथमिकतामा

म्याग्दी २२ भदौ । कोरोनाले रोजगारि गुमाएका युवाहरुलाई कृषि र पशुपालनमा आकर्षित गरि स्वरोजगार बनाउन म्याग्दीको रघुगंगा गाउँपालिकाले कृषि र पशुपालन क्षेत्रलाई प्राथमिकतामा राखेर बजेट विनियोजन गरेको छ । कृषिजन्य र पशुजन्य उत्पादनमा आत्मनिर्भर बन्नका लागि युवाहरुलाई आकर्षित गर्न परम्परागत कृषि प्रणालिलाई आधुनिकीकरण गर्ने, जोखिम घटाउनका लागि सहयोग गर्ने कार्यक्रमलाई... पुरा पढ्नुहोस

कोरोनाबाट मृत्यु हुनेको संख्या ३०० पुग्यो, आज ९७९ संक्रमित थपिए

काठमाडौं । बितेको २४ घण्टामा देशभर ९७९ जना कोरोनाभाइरस संक्रमित थपिएका छन् । स्वास्थ्य मन्त्रालयको सोमबारको नियमित प्रेस ब्रिफिङअनुसार देशभर कुल संक्रमितको संख्या ४७,२३६ पुगेको छ । यसैगरी देशभर सक्रिय संक्रमितको संख्या १६ हजार २५९ जना रहेको छ । जसमा संस्थागत आइसोलेशनमा ९ हजार ६९ जना रहेका छन् भने होम... पुरा पढ्नुहोस

अन्नपूर्णमा कालीगण्डकीबाट अवैध बालुवा उत्खनन् र भण्डारण गर्नेलाई रु ५० हजार जरिवाना

म्याग्दी २१ भ्दौ । म्याग्दीको अन्नपूर्ण गाउँपालिका–६ र वडा नम्बर १ महभिर भिरकाटे क्षेत्रमा अबैध रुपमा कालीगण्डकी नदीबाट बालुवा उत्खनन र भण्डारण गर्नेलाई नगद रु ५० हजार जरिवाना गरिएको छ । आईतवार बसेको गाउँकार्यपालिकाको बैठकले अबैध बालुवा संकलन र भण्डारणको कार्यमा संलग्न रहेका स्थानीय युवा सागर बरुवाल र शर्मा युनाईटेड... पुरा पढ्नुहोस

मल नल्याउने कम्पनीमाथि कारबाही

काठमाडौं । सम्झौता बमोजिम युरिया मल आयात नगर्ने २ कम्पनीमाथि कारबाहीको निर्णय भएको छ । गत अप्रिल २४ र २७ मा ५० हजार मेट्रिय टन युरिया मल आयातका लागि सैलुङ इन्टरप्राइजेज र होनिको मल्टिपल प्रालिसँग सम्झौता भएपनि तोकिएको समयभित्र मल ल्याउन नसकेकाले कृषि सामग्री केन्द्रले कारबाहीको निर्णय गरेको हो ।... पुरा पढ्नुहोस

कोरोना संक्रमित ४६ हजार २५७, निको हुने २८ हजार ९४१

काठमाडौं । आइतबार देशभर महिला २९० र पुरुष ६९० गरी ९८० जनामा संक्रमण पुष्टि भएसँगै हालसम्म कोरोनाभाइरस संक्रमितको संख्या ४६ हजार २५७ पुगेको छ। आइतबारको नियमित प्रेस ब्रिफिङमा स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले काठमाडौं उपत्यकामा ३५४ जनासहित देशभर ९८० जना संक्रमित थपिएको र यससँगै संक्रमितको कुल संख्या ४६ हजार... पुरा पढ्नुहोस