म्याग्दी ठेगाना भएर पर्वत वेनी बस्ने दुइ महिलामा कोरोना संक्रमण पुष्टि

  • २३ कार्तिक २०७७, आईतवार
  • 2161 पटक पढिएको

म्याग्दी २३ कात्तिक । म्याग्दी ठेगाना भएका दुई जनालाई  कोरोना संक्रमण पुष्टि भएको छ ।   पर्वत बेनीमा बसाेबास गर्ने  अन्नपूर्ण गाउँपालिका–८  र बेनी नगरपालिका–१ ठेगाना भएका बर्ष ३४ र ३८ का दुई महिलालाई कोरोना संक्रमण पुष्टि भएको हो ।

दुवै जना पोखराको पश्चिमाञ्चल क्षेत्रीय असपताल र र चरक अस्पतालको आईसेलेसनमा रहेको स्वास्थ्य कार्यालय म्याग्दीले जनाएको छ । आईतवार नै म्याग्दीका थप दुई जनामा कोरोना पुष्टि भएको थियो । बेनी अस्पतालमा उपचार गर्न आएका बेनी नगरपालिका–९ का ३० बर्षिय पुरुष र चितवन घर भई बेनी नगरपालिका–४ मा बस्ने २७ बर्षिय पुरुषमा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य कार्यालय म्याग्दीले जनाएको छ ।