ताजा अपडेट
४ हजार सवारी कारबाहीबाट २९ लाख राजश्व सकंलन
- 8 बर्ष, 27 दिन अगाडि
- ३ फाल्गुन २०७४, बिहीबार
म्याग्दी, ३ फागुन । म्याग्दीमा ४ हजार सवारीसाधन कारबाहीबाट आर्थिक बर्ष ७४÷७५ को ७ महिनामा रु २९ लाख ५ हजार ५ सय राजश्व संकलन भएको छ । ट्राफिक नियम विपरित सवारी साधन चलाउनेलाई कारबाही गर्दा सो राजश्व संकलन गर्न सफल भएको ट्राफिक कार्यालय म्याग्दीले जनाएको छ । आर्थिक बर्ष ७४÷७५... पुरा पढ्नुहोस
एमाले अध्यक्ष ओली प्रधानमन्त्रीमा नियुक्त, चार बजे सपथ
- 8 बर्ष, 27 दिन अगाडि
- ३ फाल्गुन २०७४, बिहीबार
काठमाडौं, ३ फागुन । एमाले अध्यक्ष केपी शर्मा ओली प्रधानमन्त्रीमा नियुक्त भएका छन्। निवर्तमान प्रधानमन्त्री शेरबहादुर देउवाले विहीबार देशवासीको नाममा सम्बोधन गर्दै राजीनामा दिएपछि राष्ट्रपति विद्यादेवी भण्डारीले ओलीलाई प्रधानमन्त्रीमा नियुक्त गरेकी हुन्। [caption id="attachment_15833" align="alignnone" width="800"] फाइल तस्बिर[/caption] ओलीले माओवादीको समर्थनमा विहीबार विहान मात्रै प्रधानमन्त्रीमा दावी पेश गरेका थिए ।... पुरा पढ्नुहोस
प्रधानमन्त्री देउवाद्वारा राजीनामा
- 8 बर्ष, 27 दिन अगाडि
- ३ फाल्गुन २०७४, बिहीबार
काठमाडौं, ३ फागुन । प्रधानमन्त्री शेरबहादुरले राजीनमा दिएका छन् । विहीबार देशवासीका नाममा सम्बोधन गर्दै उनले राजीनामाको घोषणा गरेका हुन्। प्रधानमन्त्री निवास बालुवाटारमा उनले देशवासीका नाममा सम्बोधन गरेका थिए। उनले सरकारमा रहँदा विकासमा काम धिमे गतिमा भएको स्विकारेका छन्। उनले आफू प्रधानमन्त्री हुँदा निर्वाचन आचार संहिता लागू भएकोले द्रुत गतिमा... पुरा पढ्नुहोस
राष्ट्रपतिले ओलीलाई आजै प्रधानमन्त्री नियुक्त गर्ने, सपथग्रहण ४ बजे
- 8 बर्ष, 27 दिन अगाडि
- ३ फाल्गुन २०७४, बिहीबार
काठमाडौं, ३ फागुन । राष्ट्रपति विद्यादेवी भण्डारीले एमाले अध्यक्ष केपी शर्मा ओलीलाई आजै प्रधानमन्त्रीमा नियुक्त गर्ने भएकी छन् । वाम गठबन्धनको तर्फबाट ओलीलाई प्रधानमन्त्री बनाउन राष्ट्रपति समक्ष बहुमत सांसदको दावी पेश भएलगत्तै प्रधानमन्त्री नियुक्त गर्न लागिएको राष्ट्रपति कार्यालय स्रोतले जनाएको छ । [caption id="attachment_15822" align="alignnone" width="800"] फाइल तस्बिर[/caption] ओलीलाई प्रधानमन्त्री... पुरा पढ्नुहोस
प्रधानमन्त्री देउवाले ११ बजे राजीनामा दिने
- 8 बर्ष, 27 दिन अगाडि
- ३ फाल्गुन २०७४, बिहीबार
काठमाडौं, ३ फागुन । प्रधानमन्त्री शेरबहादुर देउवाले बिहीबार बिहान ११ बजे राष्ट्रका नाममा सम्बोधन गरी राजीनामा दिने भएका छन्। प्रधानमन्त्रीका प्रेस संयोजक गोविन्द परियारका अनुसार मन्त्री परिषद्को बैठक सकिए लगतै प्रधानमन्त्री देउवाले राष्ट्रपति समक्ष राजीनामा पेश गर्ने छन् । बिहीबार बिहान ९ बजे देखि मन्त्रीपरिषद्को बैठक जारी छ। पुरा पढ्नुहोस
ओलीको नेतृत्वमा सरकार बनाउने वाम गठबन्धनको निर्णय
- 8 बर्ष, 27 दिन अगाडि
- ३ फाल्गुन २०७४, बिहीबार
काठमाडौं, ३ फागुन । वाम गठबन्धनले एमाले अध्यक्ष केपी ओलीको नेतृत्वमा सरकार बनाउने निर्णय गर्दै बिहीबार राष्ट्रपतिसमक्ष नाम पठाउने तय गरेको छ । निर्वाचन आयोगले चुनावी परिणाम बुझाएलगत्तै बुधबार साँझ बसेको गठबन्धनको बैठकले बिहीबारबाटै सरकार गठन प्रक्रिया अघि बढाउने निर्णय गरेको हो । ‘बिहीबार दिउँसोसम्म हामी नाम पठाइसक्छौं,’ एमाले महासचिव ईश्वर पोखरेलले... पुरा पढ्नुहोस
भगवतीमा डेढ करोडमा स्वास्थ्य चौकीको भवन निर्माण सम्पन्न
- 8 बर्ष, 27 दिन अगाडि
- ३ फाल्गुन २०७४, बिहीबार
म्याग्दी, २ फागुन । म्याग्दीको रघुगंगा गाउँपालिका– २ भगवतीमा डेढ करोड लगानीमा स्वास्थ्य चौकीको भवन निर्माण सम्पन्न भएको छ । सहरी विकास तथा भवन निर्माण डिभिजन कार्यालय बागलुङमार्फत २०७३ कात्तिक २३ गते ठेक्का सम्झौता भएको भवनको पूर्वाधार निर्माणको काम २०७४ वैशाखदेखि सुरु भएको थियो । एक करोड ३८ लाख २०... पुरा पढ्नुहोस
गलेश्वरमा एकै दिन साढे दुई लाख भन्दा बढी भेटि संकलन
- 8 बर्ष, 27 दिन अगाडि
- ३ फाल्गुन २०७४, बिहीबार
बेनी, २ फागुन । बेनी नगरपालीका ९ स्थित गलेश्वर मन्दिरमा एकै दिन साढे दुई लाख रुपैया भन्दा बढी भेटि संकलन भएको छ । महाशिवरात्री पर्वको अवसरमा मंगलबार गलेश्वरमा पुजाआजा र दर्शनका लागि आएका भक्तजनले दुई लाख ६६ हजार ९८८ रुपैया भेटी चढाएका हुन् । गलेश्वर क्षेत्र विकास कोषका सदस्य सचिव... पुरा पढ्नुहोस
तलबको माग गर्दै शिक्षक संगठनको स्थानीय तह र शिक्षा कार्यालयमा ज्ञापनपत्र
- 8 बर्ष, 1 महिना अगाडि
- २ फाल्गुन २०७४, बुधबार
म्याग्दी, २ फागुन । तलब उपलब्ध गराउन माग गर्दै शिक्षकका पेशागत संगठनहरुले बुधबार म्याग्दीका तिन वटा स्थानीय तह र शिक्षा कार्यालयमा ज्ञापनपत्र बुझाएका छन् । सामुदायीक विद्यालयका शिक्षक, कर्मचारी र बालशिक्षा सहयोगी कार्यकर्ताहरुलाई दोस्रो चौमासीकको तलब वितरण गर्न नसकेका बेनी नगरपालीका, रघुगंगा र अन्नपूर्ण गाउँपालीकामा शिक्षक संगठनले ज्ञापनपत्र बुझाएका हुन्... पुरा पढ्नुहोस
म्याद नाघेका औषधी र खाद्यबस्तु बरामद
- 8 बर्ष, 1 महिना अगाडि
- २ फाल्गुन २०७४, बुधबार
बेनी, २ फागुन । बेनीमा बुधबार बजार अनुगमन टोलीले बिक्रीका लागि राखिएका म्याद नाघेका औषधी र खाद्यबस्तु बरामद गरेको छ । होटल तथा रेष्टुरेन्ट, मासु, खाद्यान्न र औषधी पसलहरुको अनुगमन गर्दा भेटिएका म्याद नाघेका सामान बरामद गरीएको अनुगमन टोलीले जनाएको छ । सहायक प्रमुख जिल्ला अधिकारी शोभाखर पोख्रेलको नेतृत्वमा प्रहरी,... पुरा पढ्नुहोस