रुईसेको थामकोटमा भ्युटावर बन्ने
- २४ फाल्गुन २०७४, बिहीबार
- धिरन खत्री
- 3837 पटक पढिएको
म्याग्दी, २४ फागनु । प्राकुतिक सुन्दरताले भरिपुर्ण ठाउँ रुइसे– भेडिवडार भौतिक पुर्वाधारको अभावमा ओझेलमा परेको छ । धौलागिरि आईसफल पदमार्गले समेटीएको म्याग्दीको रघुगंगा गाउँपालिकाको प्रमुख पर्यटकियस्थल रुईसे भेडिओडारमा २ हजार २२० मिटर उचाईमा रहेको थामकोट डिलमा भ्युटावर बन्ने भएको छ । सो स्थलबाट गाउँपालिकाको केन्द्रसंगै अन्य वडाहरु र पर्यटकियस्थल टोड्के, सदरमुकाम बेनी, जलजला गाउँपालिका, पञ्चकोट लगायतका प्रसिद्धस्थलहरु देख्न सकिने सो डिलमा भ्युटावर प्रस्ताव गरिएको छ । सो क्षेत्रमा आउने बाह्य तथा आन्तरिक पर्यटकलाई हिमालको दृयावलोकन, बनमा फूल्ने लालीगुरासँ, भेडा र गाई गोठ र चराचुरुङ्गीको आवाजले आनन्द बनाँउछ ।
यस क्षेत्रमा आवश्यक पुर्वाधार बन्न सकेमा पर्यटकको लागि स्वर्ग जस्तै हुने छ । भने रोजगारको पनि वातावरण सिर्जना पनि हुने देखिन्छ । सो क्षेत्रमा भ्युटावर बनाउन गाउँपालिकाबाट १५ लाख, वडाबाट १ लाख बजेट विनियोजन भईसकेको छ ।रुइसे भेडिओडार अन्र्तगत भ्युटावर निर्माणको लागि स्थान छनौट गर्न पुगेका प्रदेश सांसद विनोद केसी, जिल्ला समन्वय समितिका प्रमुख देवेन्द्रबहादुर केसी, गाउँपालिका अध्यक्ष भवबहादुर भण्डारी, वडा अध्यक्ष रिमबहादुर कटुवाल, ईन्जिनियर कमल चोखाल लगायतको टोलीले थामकोट डिलमा भ्युटावर बनाउने प्रस्ताव गरिएको छ ।पर्यटकहरुलाई आकर्षित गर्न आवश्यक भौतिक पुर्वाधार निर्माण गर्न सकेमा सो क्षेत्र गाउँपालिकाको प्रमुख पर्यटकिय क्षेत्रको रुपमा विकासित हुने प्रदेश सांसद विनोद केसीले बताए ।, सो क्षेत्रमा बाईसेचौविसे राजाको पुरातात्विक सम्पदाले समेत ऐतिहाँीसक मानिने यो क्षेत्र प्राकृतिक सौन्दर्यताले भरिपूर्ण मानिन्छ। विभिन्न क्षेत्रका प्रमृुख पर्यटकियस्थल देख्न सकिने यस क्षेत्रमा भ्युटावर बनाउने प्रस्ताव गरिएको गाउँपालिका अध्यक्ष भण्डारीले बताए ।
जिल्लाको सदरमुकाम बेनी देखि प्रसिद्ध धार्मिक स्थल गलेश्वर मन्दिर हुदै रघुगंगगा गाउँपालिकाको पिप्ले, भगवती कोट मन्दिर, डोडकोट, सिजलगाउँ खेलमैदान, रोटेपानी, रुईसे भुमेमन्दिर, तत्कालिन बाईसे राज्य ताका बनाइएको दरवारको भग्नाबशेस, राजाले धान कुट्ने ओखल, राजाले पानी खाने कुवा, राजाको चौतारी, राजाको सुत्ने ढुङ्गा हुदै थामकोट डिल पुग्न सकिन्छ । म्याग्दीको सदरमुकाम बेनी देखि १ दिनको प्याकेजमा घुम्न सकिने रुईसे थानकोटसंगै दर्जनौ हिमशृङ्खलाहरु अध्ययन गर्न सकिने रुईसे भेडिओढारमापनि पुग्न सकिन्छ ।
धिरन खत्री
म्याग्दी अनलाईन डट् कमका संवाददाता हुन् l