अनेमसंघ क्रान्तिकारीद्धारा सहिद परिवारलाई सम्मान
- २४ फाल्गुन २०७४, बिहीबार
- 1961 पटक पढिएको
बेनी २४ फागुन । नेकपा निकट अनेमसंघ क्रान्तिकारीले १०८ औ अन्तराष्ट्रिय महिला दिवसको अवसरमा बिहीबार बेनीमा सहिद परिवारका सदस्यलाई सम्मान गरेको छ । अनेमसंघ क्रान्तिकारीको धौलागिरी ब्युरोले आयोजना गरेको कार्यक्रममा नेकपाका केन्द्रिय सदस्य धु्रब घिमीरे (विप्लब), जिल्ला जनपरिषद् प्रमुख जगत पुन, ब्युरो प्रमुख उषा घर्ती लगायतले सहिद परिवारका सदस्यहरुलाई सम्मानपत्र प्रदान गर्नुभएको थियो ।
कार्यक्रममा नेकपाका केन्द्रिय सदस्य घिमीरेले जनयुद्धको उद्देश्य र सहिदको सपना साकार पार्न एकिकृत जनक्रान्तिको आवश्यकता रहेको बताउनुभयो । सहिद परिवारका सदस्य खिमबहादुर केसी, नन्दकली पौडेल, बिरबहादुर बाबुराम बिकले सहिदको सम्मान र योगदानको मूल्याङकन हुन नसेकेको दुखेसो पोख्नुभयो ।
अनेमसंघ क्रान्तिकारी धौलागिरी ब्युरो प्रमुख उषा घर्तीको अध्यक्षता, शुसीला विश्वकर्माको सञ्चालन र सदस्य गोमा गर्बुजाको स्वागत मन्तबयमा सम्पन्न कार्यक्रममा नेकपा निकट अखिल क्रान्तिकारीको धौलागिरी ब्युरो प्रमुख आश गुरुङले पनी मन्तब्य व्यक्त गर्नुभएको थियो ।