• २६ फाल्गुन २०७४, शनिबार
  • 1701 पटक पढिएको

२६ फागुन, काठमाडौं । माओवादी केन्द्रका सांसद कृष्णबहादुर महारा प्रतिनिधिसभाको सभामुख चयन भएका छन् ।संसदको शनिबार बसेको बैठकले महरालाई सभामुखमा निर्वारोध निर्वाचित गरेको हो । महरालाई सभामुख बनाउन एमाले सांसद एवं पूर्वसभामुख सुवासचन्द्र नेम्वाङको प्रस्ताव गरेका थिए भने माओवादीका देव गुरुङले समर्थन गरेका थिए ।

साथै प्रमुख विपक्षी कांग्रेसका मिनेन्द्र रिजालले पनि महरालाई समर्थन गरेका छन् ।