लायन्स क्लवको शतवार्षिकी समारोहमा म्याग्दीका तीन समाजसेवी सम्मानित (फोटो फिचर)

  • २७ फाल्गुन २०७४, आईतवार
  • 2021 पटक पढिएको

म्याग्दी, २७ फागुन । म्याग्दीका तीन जना समाजसेवीहरु पोखरामा सम्मानीत भएका छन् । मानवीय सेवामा क्रियाशिल विश्वमै ठुलो सामाजिक संस्थाको रुपमा परिचित लायन्स क्लब इन्टरनेशनल स्थापनाको १ सय बर्ष पुरा भएको अवसरमा शनिबार पोखरामा नागरिक अभिनन्दन र रथारोहण सहित १ सय जना लाई सम्मान गरिएको हो । लायन्सले सामाजिक क्षेत्रमा योगदान पु¥याएका १ सय जना व्यक्तिहरुमा म्याग्दीका याम शाक्य, महाविर पुन र खड्क गर्वुजा समेत सम्मानीत भएका हुन् ।

क्लबले मुलुकको विकास, समाज सुधार, कला संस्कृति, समाजसेवा, सुचना प्रविधि, प्रत्रकारीता, कलाकारीता, धार्मिक, पर्यटन, शिक्षा, स्वास्थ्य, खेलकदु, लगायतको क्षेत्रमा योगदान पु¥याएका व्यक्तिहरु छनौट गरि सम्मान गरेको हो । ‘हाम्रो गौरव राष्ट्रिय सान, १०० वर्षमा १०० जना सम्मान’ नाराका साथ लायन्स अन्तर्रा्िष्ट्रय स्थापनाको सय वर्षको अवसरमा आयोजित विशेष कार्यक्रममा उपराष्ट्रपति नन्दकिशोर पुन ‘पासाङ’ले सय जना व्यक्तिहरुलाई सम्मान गर्नुभएको थियो ।

म्याग्दीबाट सम्मानीत हुनेमा सामुदायिक विद्यालयको विकासमा सामाजिक क्षेत्रमा योगदान पु¥याएबापत बेनी नगरपालिका ७ संगमचोक निवासी यामबहादुर शाक्य, वायरलेस इन्टरनेटका अभियान्ता एवम राष्ट्रिय आविश्कार केन्द्र निर्माणमा लागेका अन्नपूर्ण गाउँपालिका– ८ नागीका महावीर पुन र धौलागिरि गाउँपालिका– ६ मराङका बहुचर्चित गायक खड्ग गर्बुजा रहेका थिए ।

त्यसैगरि सोही अवसरमा पर्वतका साहित्यकार शान्तिनारायण श्रेष्ठ समेत सम्मानीत भएका थिए । सम्मानित हुने ब्यक्तिलाई रथमा सभागृह चोकबाट न्यूरोड, चिप्लेढुंगा हुदै प्रर्दशनी मार्गमा पु¥याइएको थियो ।

म्याग्दीबाट सम्मानित हुने ब्यक्तिलाई स्वागत गर्न म्याग्दी पोखरा चौतारीले पञ्चेबाजा सहित स्वागत गरेको थियो ।