बेनीमा महिला श्रमीक दिवसले छोएन मजदुर महिलालाई !

  • २४ फाल्गुन २०७४, बिहीबार
  • धिरन खत्री
  • 3559 पटक पढिएको

म्याग्दी, २४ फागुन । बेनी स्थित एक घर निर्माणमा मजदुरी गर्दै आएकी चनमाँया नाम बताउने महिला मजदुर विहिवार अचम्ममा परिन् । घर निर्माणमा गिटी र बालुवा बोकीरहेकी उनी एक हुल महिलाहरु सारिमा सजिएर नाराबाजी सहित सडकमा हिँडेपछि उनले के रहेछ ? भनेर निकै अनौठो मानेर हेरिरहिन् । ठुला संख्यामा आएका महिलाहरुले चर्को स्वरमा लगाएको नारा सुनेपछि मात्रै उनले थाहा पाईन आज अन्र्तराष्ट्रिय महिला दिवस रहेछ भनेर ।


विहिवार बेनी सहित देश तथा विश्वभर अन्र्तराष्ट्रिय महिला दिवस मनाईरहँदा चनमायाँ मात्रै होईन सबैजसो मजदुर महिलाहरु भने बेखगर दिए । उनीहरुलाई महिला दिवसले छुन सकेको थिएन। मजदुरी गरि दैनिक गुजारा चलाईरहेका महिलाहरु गिटि र बालुवा बोक्न व्यस्त रहँदा टाँठाबाठा र भद्रभलाद्मीहरुको भिडले बजार परिक्रममा गरेको दृष्यले दिवस मनाउने चलनहरु औपचारिकतामा सिमित हुने गरेको आभास गराएको छ ।

‘‘ आज अन्र्तराष्ट्रिय महिला दिवस हो भन्ने बल्न थाहा भयो, थाहा भएपनि हामीलाई यसरी नारा जुलुस गरेर खान पुग्दैन्, दैनिक मजदुरी नगरे छोराछोरीको पालनपोषण नै रोकिन्छ,’’– चनमायाँले भन्नुभयो । उहाँसंगै मजदुरी कार्यमा रहेकी अर्की लक्ष्मी नाम गरेकी महिला मजदुरले पनि अहिलेसम्म कुनै पनि महिला दिवसहरु आफुहरुले नमनाएको अनुभव सुनाउनुभयो । बेनीमा बेनी नगरपालिकाको मुल आयोजनामा विभिन्न संघसंस्थाको सहभागीतामा महिला अधिकार सम्बन्धि विभिन्न नारा लगाउँदै ¥याली गरिरहँदा बजारभित्रै निर्माणसम्बन्धी कार्यमा कार्यरत महिलाहरु आफ्नै दिवसबारे अनविज्ञता प्रकट गरिरहेका थिए ।

दिवसको अवसरमा सरकारले सार्वजनिक विदा नै दिएको अवस्थामा पनि श्रमीक महिलाहरु भने आफ्नो मजदुरी दैनिकिबाट विश्राम पाएका थिएनन् । बेनीमा घर निर्माण, डोकोमा व्यापार गर्ने महिलाहरु मात्रै होईन् होटल तथा घरमा गृहीणीको रुपमा राखिएका महिला कामदारहरु पनि महिला श्रमिक दिवसको अवसरमा निकालिएको ¥यालीमा अटाउन सकेका थिएनन् । शहरमा नै सबै क्षेत्रका महिलाहरु महिला दिवसको कार्यक्रममा नसमेटीनुले ग्रामीण भेगका श्रमिक महिलाहरुको अवस्था अझ फरक छ भन्ने अनुभुति भएको अगुवाहरु बताउँछन् ।
नागरिक समाज म्याग्दीका संयोजक सुदर्शन कुमार श्रेष्ठले टाँठाबाठाहरुको सहभागीतामा मात्रै महिला दिवस मनाईनुले बास्तविक रुपमा लक्षित समुदाय छुट्ने र महिला शसक्तिकरण नारामै सिमित हुने बताउँछन् ।

‘‘ यस्ता दिवसहरु औपचारिकतामा मात्रै मनाईनु हुँदैन्, लक्षित समुदायलाई समेत आभास हुने गरि फरक तरिकाले मनाउने प्रचलनको सुरुवात गर्नुपर्छ’’–संयोजक श्रेष्ठले भन्नुभयो । यता महिला मानव अधिकार रक्षक सञ्जाल म्याग्दीका अध्यक्ष रेखा कौशल रेग्मीले भने विगतमा बजारमा मात्रै हुने यस्ता दिवसीय कार्यक्रमहरु अहिले स्थानीय तह कार्यान्वयनमा आएसंगै ग्रामीण भेगमा समेत पुग्न थालेको बताउँदै दिवसहरुको सार्थकता बढ्दै गएको बताउनुभयो ।

समग्रमा हेर्दा दिवस मनाउने प्रचलनले औपचारिक रुप मात्रै लिने गरेको छ । वास्तवमा दिवसले बोकेको सार्थकतालाई पुरा गर्नका लागि हरेक दिवसहरुलाई उसको मर्म अनुरुप मनाउने मोडालिटीमा समेत परिवर्तन गर्न जरुरी देखिन्छ । म्याग्दीमा बेनी संगै मालिका, मंगला, धौलागिरि, रघुगंगा र अन्नपूर्ण गाउँपालिकाले समेत आफ्नो स्थानीय तहमा छुट्टाछुट्टै कार्यक्रम आयोजना गरि अन्र्तराष्ट्रिय श्रमीक महिला दिवस मनाएका छन् ।

हामीले यहाँ मजदुरी गर्न हुँदैन भन्ने खोजेको होइनौँ । मेहनत, परिश्रमको सम्मान गछौँ । यहाँ उठान गन खोजिएको बिषय लक्षित कार्यक्रममा लक्षित समुदायको सक्रिय सहभागीता होस र उनीहरुलाई नै लक्षित गरि कार्यक्रम तय गरियोस भन्ने सबाल मात्रै उठान गरिएको हो ।

????????????????????????????????????

धिरन खत्री

म्याग्दी अनलाईन डट् कमका संवाददाता हुन् l