म्याग्दी बहुमुखी क्याम्पसको अध्यक्षमा सुवेदी निर्वाचित
- २७ फाल्गुन २०७४, आईतवार
- कमल खत्री
- 2012 पटक पढिएको
म्याग्दी, २७ फागुन । बेनीमा समुदायद्धारा सञ्चालीत म्याग्दी बहुमुखी क्याम्पसको सञ्चालक समितीको अध्यक्षमा बालकृष्ण सुवेदी निर्वाचित हुनुभएको छ । आईतवार सम्पन्न क्याम्पसको १७ औ क्याम्पस सभा तथा १० औ अधिवेशनबाट सुवेदीको नेतृत्वमा सर्वसम्मत रुपमा नयाँ कार्य समिती चयन गरिएको हो ।
अधिबेशनबाट उपाध्यक्षमा सोमनाथ ढुंगाना, कोषाध्यक्षमा दिपेन्द्र श्रेष्ठ (दिपु) चयन हुनुभएको छ । सञ्चालक समिती सदस्यहरुमा माधव रेग्मी, दिपक श्रेष्ठ, अजयमिलन श्रेष्ठ, राजकुमार थापा, प्रेम बहादुर कार्की, हेमराज शर्मा, शेरबहादुर केसी, कृष्णबहादुर थापा, चिरञ्जीबि बोगटी चयन हुनुभएको छ ।
त्यसैगरि पदेन सदस्यहरुमा म्याग्दी उद्योग बाणिज्य संघका अध्यक्ष उत्तमकुमार कर्माचार्य, वेनी नगरपालिका प्रमुख हरिकुमार श्रेष्ठ, अभिभावक संघका अध्यक्ष रामप्रसाद सुवेदी, स्ववियू सभापती सावित्री खत्री, बेनपा वडा ८ का अध्यक्ष रामकृष्ण बराईली, प्रकाश माविका प्रअ हरिकृष्ण सुवेदी, सदस्य सचिबमा क्याम्पस प्रमुख टिकाराम सापकोटा, प्रध्यापक प्रतिनिधिमा भोलानाथ घिमिरे र संरक्षकहरुमा राधाकृष्ण शर्मा पराजुली र हरिकुमार श्रेष्ठलाई चयन गरिएको छ ।
क्याम्पसको शैक्षिक तथा भौतिक विकासमा सहयोग पु¥याउँदै रु १० लाख भन्दा बढी सहयोग गर्ने दातालाई संरक्षक चयन गर्ने प्रावधान अनुसार क्याम्पस सञ्चालक समितिका निवर्तमान अध्यक्ष समेत रहनुभएका श्रेष्ठलाई क्याम्पसले संरक्षक घोषणा गरेको हो । गत बर्ष क्याम्पसले आयोजना गरेको शैक्षिक एवम् धार्मिक महोत्सवमा श्रेष्ठले रु १० लाख २५ हजार ५५५ सहयोग गर्नुभएको थियो ।
अध्यक्ष सुवेदीले समुदायद्धारा सञ्चालीत म्याग्दी बहुमुखी क्याम्पसलाई शैक्षिक केन्द्रको रुपमा विकास गर्न प्राथमिकता दिने बताउनुभयो । नवनिर्वाचित पदाधीकारी तथा सदस्यहरुलाई प्रदेशसभा सदस्य बिनोद केसी र निर्वाचन मण्डलका अध्यक्ष ठहरबहादुर भण्डारीले प्रमाणपत्र वितरण गर्नुभएको थियो ।
वि.स २०४८ सालमा स्थापना भएको म्याग्दी बहुमुखी क्याम्पसमा शिक्षा, मानविकी र व्यवस्थान संकायमा दश जोड दुई र स्नातक तहको पठनपाठन सञ्चालन हुदै आएकोमा यसै सातादेखि व्यवस्थापन संकायमा स्नातकोत्तर तहको पठनपाठन सुरु गरेको छ । क्याम्पसमा एक हजार जना भन्दा बढी विद्यार्थी अध्ययनरत छन् ।
अधिवेशनको शनिवार उद्घाटन गरिएको थियो । कार्यक्रमको उद्घाटन गर्दै प्रदेशसभा सदस्य नरदेवी पुन र बिनोद केसीले जिल्लाको उच्च शिक्षाको अग्रणी संस्था म्याग्दी क्याम्पसको स्तरउन्नतीसंगै शैक्षिक गुणस्तर सुधारमा जोड दिनुभयो । क्याम्पस सञ्चालक समितिका अध्यक्ष हरिकुमार श्रेष्ठको अध्यक्षता, क्याम्पस प्रमुख टिकाराम सापकोटाको सञ्चालन र उपाध्यक्ष बालकृष्ण सुवेदीको स्वागत मन्तब्यमा सम्पन्न कार्यक्रममा विभिन्न राजनीतिक दल र संघ संस्थाका प्रतिनिधिहरुको उपस्थिती रहेको थियो । सञ्चालक समितिका कोषाध्यक्ष सोमनाथ ढुङ्गानाले गत आर्थिक वर्षको आर्थिक र क्याम्पस प्रमुख सापकोटाले शैक्षिक तथा प्रगति प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो । तस्बिर सौजन्य : ईश्वर सुवेदी, विष्णु प्रसाद आचार्य, दर्पण रोका
कमल खत्री
म्याग्दी अनलाईन डट् कमका सम्पादक हुन् l