ताजा अपडेट

मृगौला पिडित धन बहादुरलाई गाउँलेको मायाँ,२२ हजार ३ सय २० सहयोग

म्याग्दी, ०९ पुस । दुबै मृगौला खराब भई मृगौला प्रत्यारोपणको दिन कुर्दै र सहयोगको याचना गर्दै अस्पतालको शैयामा रहेका म्याग्दी धवलागिरी गाउपालिका -५ भेडिखल्टाका ३१ वर्षीय धन बहादुर बुढाथोकी मगर लाइ गाउले द्वारा संकलन गरिएको २२ हजार ३ सय २० रुपैया हस्तान्तरण भएको छ। स्थानिय महिला जन प्रतिनिधि पार्वती पुर्जा... पुरा पढ्नुहोस

प्रकाश माविको ६५ औ बार्षिकोत्सव तथा निलमणि जयन्ती मनाईयो (भिडियो सहित)

म्याग्दी, ९ पुष । बेनीमा रहेको प्रकाश माविको ६५ औ बार्षिकोत्सव तथा निलमणि जयन्ती आईतबार एक समारोहको आयोजना गरि मनाइएको छ । विद्यालय परिसरमा जनप्रतिनिधि, विद्यालयका व्यवस्थापन समिति, शिक्षक, विद्यार्थी, अभिभावकहरुको उपस्थितीमा बिशेष समारोहको आयोजना गरेर विद्यालय स्थापनाको ६५ औँ बर्षको अबसरमा निलमणि जयन्ती मनाइएको हो । https://youtu.be/bllS0qKQ88g सो कार्यक्रमको... पुरा पढ्नुहोस

प्रकोप व्यवस्थापन तालीम सम्पन्न

म्याग्दी, ९ पुस । जिल्ला भुसंरक्षण कार्यालय म्याग्दीको आयोजनामा आईतबार बेनीमा प्राकृतिक प्रकोप व्यवस्थापन तालीम सम्पन्न भएको छ । तिन दिनसम्म सञ्चालन भएको तालीममा २० जनाको सहभागिता रहेको थियो । तालीमको जिल्ला भुसंरक्षण अधिकृत दिवाकर पौडेल, सहायक प्रजिअ यादवनाथ आचार्य, सहायक वन अधिकृत चन्द्रमणी सापकोटा, प्रहरी निरिक्षक दिपक महतले सहजिकरण... पुरा पढ्नुहोस

म्याग्दी बालगृहका अनाथ बालबालिकालाई न्यानो कपडा वितरण

बेनी ९ पुष । म्याग्दी सुनचाँदी व्यवसायी संघ महिला समूहले आईतबार बेनी स्थित म्याग्दी बालगृहका अनाथ बालबालीकाहरुलाई न्यानो कपडा वितरण गरेका छन् ।समूहको प्रथम स्थापना दिवसको अवसर पारेर बालगृहमा रहेका ११ जना बालबालीकाहरुलाई टोपी र स्वीटर वितरण गरिएको हो । समूहका अध्यक्ष जानकी विश्वकर्माको अध्यक्षता, सचिव मिरा विश्वकर्माको सञ्चालन र... पुरा पढ्नुहोस

आगलागी पीडित सुवेदी परिवारलाई डेढलाख सहयोग जुट्यो

  बेनी ९ पुष । पर्वतको जलजला गाउँपालिका ७ धाइरिङका आगलागी पीडित इन्द्रमणि सुवेदीको परिवारलाई एकलाख पचासहजार रुपियाँ सहयोग जुटेको छ । आर्थिक अवस्था कमजोर भएको सुवेदी परिवारलाई राहत प्रदान गर्नका लागि स्थानीयवासीहरुको सकृयतामा उक्त रकम संकलन गरिएको हो । जलजला ७ धाइरिङ सल्यान घर भई हाल बेनीबजार कालिपुलमा व्यवसाय... पुरा पढ्नुहोस

मुखमा समाजवाद, बगलीमा ‘नाफावाद’ !

स्थायी सरकार बनाउनका लागि चाहिने आरामदायी बहुमत जनताले वाम गठबन्धनलाई दिएका छन् । कुनै अप्रत्याशित उचारचढाव वा दुर्घटना नभएमा अबको केही सातामा वाम गठबन्धनको सरकार बन्ने छ । एमाले अध्यक्ष केपी शर्मा ओली प्रधानमन्त्रीको कुर्सीमा विराजमान हुनेछन् । वाम गठबन्धनले चुनावका लागि अघि सारेका मुख्य तीन नारा थिए– स्थायी सरकार,... पुरा पढ्नुहोस

तिप्ल्याङका आगलागी पिडितलाई राहत जुटाउन साँसद केसी र जिसस प्रमुख केसीको आह्वान

म्याग्दी, ९ पुस । म्याग्दीको रघुगंगा गाउँपालिका–१ तिप्ल्याङमा शनिवार दिउँसो भएको अगलागीबाट पिडित भएका दुई घरपरिवारलाई राहत सहयोग गर्न म्याग्दीका प्रदेशसभा साँसद विनोद केसी र जिल्ला समन्वय समितिका प्रमुख देवेन्द्र केसीले आह्वान गर्नुभएको छ । विद्युत सर्ट भएर आगलागी हुँदा स्थानीय बेगबहादुर पुर्जा र राजकुमारी तिलिजाको १÷१ वटा घर जलेर... पुरा पढ्नुहोस

भुरुङ तातोपानीमा निशूल्क मुटु स्वास्थ्य शिवीर सम्पन्न

भुतातोपानी ८ पुष । म्याग्दीको अन्नपूर्ण गाउँपालीका २ भुरुङ तातोपानीमा शनिबार निशूल्क मुटु स्वास्थ्य शिवीर सम्पन्न भएको छ ।शहिद गंगालाल राष्ट्रिय हृदयरोग केन्द्रको प्राबिधिक सहयोगमा नेपाल रेडक्रस सोसाईटी भुरुङ तातोपानी उपशाखाले स्थानीय स्वास्थ्य चौकीमा एक दिने शिवीर सञ्चालन गरेको हो । अन्नपूर्ण, रघुगंगा गाउँपालीका र बेनी नगरपालीका ४०३ जना सर्वसाधारणले... पुरा पढ्नुहोस

तिप्ल्याङमा आगलागीबाट दुई वटा घर जलेर नष्ट, लाखौँको क्षती (तस्बिर सहित)

  म्याग्दी, ८ पुस । म्याग्दीको रघुगंगा गाउँपालिका–१ तिप्ल्याङमा शनिवार दिउँसो भएको अगलागीबाट दुई वटा घर जलेर नष्ट भएको छ । दिउँसो करिब ३ बजे अचानक आगलागी हुँदा स्थानीय बेगबहादुर पुर्जा र राजकुमारी तिलिजाको १/१ वटा घर जलेर नष्ट हुँदा लाखौँको क्षती भएको छ । बेगबहादुर पुर्जाको घरसंगै जोडिएको फर्निचरमा विद्युत सर्ट... पुरा पढ्नुहोस

ठाडाखानी गाउँ चिनाउने गितहरुको म्युजिक भिडियो छायांकन

म्याग्दी, ८ पुस । म्याग्दीको रघुगंगा गाउँपालिका–६ ठाडखानी गाउँलाई समेटीएका गितहरुको म्यजिकि भिडियो छायांकन गरिएको छ । ठाडखानीको कला, संस्कृति र सम्भावनाहरुलाई उजागर गर्न बनाईएका आउनुहै ठाडाखानी र छन्त्याल गित संगै सालैजो भाकाको एक वटा गरि तीन वटा गितहरुको एकैसाथ म्युजिक भिडियो तयार गर्न लागिएको हो । मायाँ तिलिजा र... पुरा पढ्नुहोस