ताजा अपडेट

सामाजिक सञ्जालबाट जुट्यो ५० हजार

म्याग्दी, २५ माघ । बेनी नगरपालिका–२ भकुण्डेका नरप्रसाद सुनारको गुमेको आँखाको उपचारका लागि मलेसियामा रहेका एक म्याग्देलीले सामाजिक सञ्जालको सहयोगमा ५० हजार आर्थिक संकलन गरेका छन् । बेनपा–१ अर्जम घरभई रोजगारको सिलसिलामा मलेसियामा रहेका आशिष परियार ‘झिल्के’ विभिन्न देशमा रहेका नेपालीबाट ५० हजार ८१७ रुपैयाँ संकलन गरेका हुन् । मलेसिया,... पुरा पढ्नुहोस

धौलागिरि आधार शिविरमा थुप्रिएको फोहोर हटाउने तयारी

म्याग्दी, २५ माघ । म्याग्दीको धौलागिरी गाउँपालिका–४ मुदीमा अवस्थित संसारको सातौँ अग्लो धौलागिरी हिमालको आधार शिविर क्षेत्रमा बर्षौदेखि थुप्रिएको फोहोर हटाउने तयारी गरिएको छ । चक्रिय धौलागिरी पदमार्गमा पदयात्रा र धौलागिरी हिमालको आरोहणका लागि जाने पर्यटकहरुले बर्षौदेखि जथाभावि फ्याँक्दै आएको फोहोरलाई धौलागिरि गाउँपालिकाको पहलमा हटाउन लागिएको हो । आधार शिविरमा... पुरा पढ्नुहोस

राष्ट्रियसभामा पनि वाम गठबन्धनको बहुमत

२४ माघ, काठमाडौं । राष्ट्रियसभामा पनि एमाले र माओवादी केन्द्रको वाम गठबन्धनको प्रष्ट बहुमत आएको छ । तर, एमाले एक्लैको भने बहुमत पुगेन । मंगलबार चुनाव भएका ३२ मध्ये २९ सिटको अन्तिम मत परीणाम आइसकेको छ भने तीन सिटको गणना जारी छ । २४ सदस्य भने निर्विरोध निर्वाचित भएका थिए... पुरा पढ्नुहोस

घर छाउन प्रयोग गरिने सेलेट ढुङ्गा फुटाउदै:

म्याग्दीको रघुगंगा गाउँपालिका २ सिरबारीमा स्थानीयबासीले बेनी जोमसोम करिडोर निर्माण कार्य भईरहेको सडक अन्तर्गत घर छाउन प्रयोग गरिने सेलेट ढुङगा फुटाउदै । तस्विरः धिरन खत्री पुरा पढ्नुहोस

राखु भगवतीमा निर्माणधिन स्वास्थ्य चौकीको निर्माण कार्य अन्तिम चरणमा

  म्याग्दीको रघुगंगा गाउँपालिका २ राखुभगवतीमा १५ सैयाको निर्माणधिन स्वास्थ्य चौकीको निर्माण कार्य अन्तिम चरणमा पुगेका छ । शहरी विकास तथा भवन निर्माण विभाग डिभिजन कार्यालय बागलुङको सहयोगमा निर्माण सुरु भएको सो भवनको निर्माण कार्य अन्तिम चरणमा पुगेको हो । सो भवन २०७३ साल कार्तिक महिनादेखि सुरु भई २०७५ साल... पुरा पढ्नुहोस

उत्पादन मिति नराखीकन चाउमीन बिक्री

बेनी २४ माघ । म्याग्दीको बेनीमा उत्पादन मिती नराखीकन चाउमीन बिक्री गरेको भेटिएको छ । जलजला गाउँपालीका ७ मिलनचोकमा रहेको कालीगण्डकी चाउचाउ उद्योगले उत्पादन मिती नराखीकन चाउमीन बेचेको पाइएको हो । उत्पादन मिती नभएको प्याकेटको चाउमीन प्रशासनले जफत गरी बुधबार नष्ट गरेको छ । बेनीका होटल तथा खाजा पसलहरुमा बिक्री... पुरा पढ्नुहोस

बिरामीले मासिक ५ हजार भत्ता पाउने कार्यविधि पारित : यस्तो छ छनोट प्रक्रिया

काठमाडौं, २४ माघ । मृगौला, क्यान्सर र स्पाइनल इन्जुरी भर्इ प्यारालाइसिस भएका बिरामीका लागि 'भत्ता उपलब्ध गराउने सम्बन्धी कार्यविधि, २०७४' पारित भएको छ। पुस १३ गते मन्त्रिपरिषदको बैठकले गम्भिर रोग भएका बिरामीलाई ५ हजार भत्ता दिने निर्णय गरेको थियो। छनोट प्रकिया पार भएपछि मात्र बिरामीले मासिक रुपमा रु ५ हजार... पुरा पढ्नुहोस

मलेसियामा नेपाली सुरक्षा गार्ड

मलेसियाले सुरक्षा गार्डका रूपमा नेपालीलाई मात्र विश्वास गरेको छ । 'पिलन्धरे सुरक्षासम्बन्धी कुनै ज्ञान नभएको तर प्रमाणपत्र भएका' नै भए पनि सुरक्षा गार्ड नेपाली नै हुनुपर्ने मान्यता मलेसियाको छ । इन्डोनेसियाली नागरिकको दबदबा रहेको मलेसियामा नेपाली सुरक्षाकर्मीबाट उनीहरू आफूलाई सुरक्षित सम्झन्छन् । मलेसियाले नेपालसहित चीन, भारत, बंगलादेश, श्रीलंका, पाकिस्तानलगायत १४... पुरा पढ्नुहोस

म्याग्दी बहुमुखी क्याम्पसमा दृष्टिविहिन विद्याथीको लागि पुस्तकालय स्थापना गरिने

म्याग्दी, २३ माघ । बेनीमा रहेको म्याग्दी बहुमुखी क्याम्पसमा अध्ययरत दृष्टिविहिन विद्यार्थीलाई लक्षित गरि पुस्तकालय स्थापना गरिने भएको छ । क्याम्पसमा रहेको पुस्तकालयमा दृष्टिविहिन विद्यार्थीहरुको लागि आवश्यक पर्ने शैक्षिक सामाग्रीहरु उपलब्ध नभएकाले उनीहरुको लागि छुट्टै पुस्तकालय स्थापना गर्न लागिएको हो । क्याम्पसमा अहिले विएड दोस्रो बर्षमा दृष्टिविहिन गोपाल खत्री र... पुरा पढ्नुहोस

चुडामणि शर्माको घरमा नेकपा कार्यकर्ताद्वारा तोडफोड

काठमाडौं, २३ माघ । नेत्रविक्रम चन्द नेतृत्वको नेकपाका कार्यकर्ताले राजस्व अनुसन्धान विभागका निलम्बित महार्देशक चुडामणि शर्माको निजी आवासमा तोडफोड गरेका छन् । नेत्रविक्रम चन्द नेतृत्वको नेकपाका कार्यकर्ताले राजस्व अनुसन्धान विभागका निलम्बित महार्देशक चुडामणि शर्माको निजी आवासमा तोडफोड गरेका छन्। बुढानिलकण्ठस्थित शर्माको निवासमा नेकपाका कार्यकर्ताले मंगलबार आक्रमण र तोडफोड गरेको प्रहरीले... पुरा पढ्नुहोस