पुन मगर समुदायको संस्कृती र सम्पदा संरक्षणमा जोड

  • २५ फाल्गुन २०७४, शुक्रबार
  • 2291 पटक पढिएको

काफलडाँडा २५ फागुन । म्याग्दीको अन्नपूर्ण गाउँपालीका ८ करबाकेलीमा शुक्रबार पुन मगर जातीहरुको अमुर्त सांस्कृतीक सम्पदा संरक्षण सम्बन्धि अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको छ । पर्यटन संस्कृती तथा नागरीक उड्यन मन्त्रालय, अन्नपूर्ण गाउँपालकिा, मगर अध्ययन केन्द्र र करबाकेली बाबा संरक्षण समिति काफलडाँडाको संयुक्त आयोजनामा कार्यक्रम सम्पन्न भएको हो ।

पर्यटन मन्त्रालयका सहसचिव भरतमणी सुवेदीले पुन मगर समुदायको परम्परागत पुख्यौली नृत्य, धार्मीक तथा पर्यटकीय स्थल करबाकेलीको संरक्षण तथा प्रर्वद्धनमा सहकार्य एवं समन्वय गर्ने उद्देश्यले कार्यक्रम गरिएको बताउनुभयो ।

उहाँले पुनमगर समुदायले आफ्नो संस्कृती र परम्परागत संस्कारको संरक्षणमा देखाएको अग्रसरता उदाहरणीय भएको बताउनुभयो । वाईट अन्नपूर्ण गाउँपालीकाका अध्यक्ष डमबहादुर पुनले पुन थरका मगर समुदायका पुस्ता करबाकेलीको अवसान भएको यस क्षेत्रको संरक्षण र विकासका लागि गाउँपालीकाले प्राथमिकता दिने बताउनुभयो ।

उहाँले करबाकेलीमा पुन संग्रहालय स्थापनाका लागि गाउँपालीकाले सहयोग गर्ने जानकारी दिनुभयो । कार्यक्रममा संस्कृतिविद् डाक्टर भक्तराई, डाक्टर मिन श्रीस, प्रेम खत्री, मेजन पुन र करबाकोलीका संरक्षक चामबहादुर पुनले भाषा, संस्कृती, पुन मगरहरुको ईतिहाँस, करबाकेलीको महत्वका बारेमा जानकारी गराउनुभएको थियो ।

सो अवसरमा पुन मगर समुदायको परम्परागत पुख्यौली नृत्य प्रस्तुत गरिएको थियो । अन्नपूर्ण गाउँपालीकाका अध्यक्ष डमबहादुर पुनको अध्यक्षता र पर्यटन मन्त्रालयका शाखा अधिकृत गणेशबहादुर कटुवालले सञ्चालन गर्नुभएको कार्यक्रममा पुन समाज, मगर अध्ययन केन्द्र र विभिन्न ठाउँका पुन थरका मगर अगुवाहरुको उपस्थिती रहेको थियो ।