विशेष
बेनी अस्पतालको भवन निर्माणमा ढिलासुस्ती
- 5 बर्ष, 8 महिना अगाडि
- ३० बैशाख २०७६, सोमबार
धिरन खत्री/ म्याग्दी, ३० बैशाख । म्याग्दी जिल्लालाई लक्षित गरेर सदरमुकाम बेनीमा सुविधा सम्पन्न ५० सैया क्षमताको बेनी अस्पतालको भवन निर्माणमा ढिलासुस्ती देखिएको छ । २०७६ साल मंसिर २० गते भवन निर्माण कार्य सम्पन्न गर्ने लक्ष सहित २०७३ साल पुष २१ गते निर्माण कार्यको सम्झौता भएको थियो । निर्माण कार्य... पुरा पढ्नुहोस
होमस्टे तालिम
- 5 बर्ष, 8 महिना अगाडि
- ३० बैशाख २०७६, सोमबार
म्याग्दी, ३० बैशाख । जिल्लाको मंगला गाउँपालिका– १ पुर्णगाउँमा होमस्टे तालिम संचालन भएको छ । गाउँपालिकाको आयोजना र म्याग्दी उद्योग वाणिज्य संघको समन्वयमा आन्तरिक तथा बाह्य पर्यटकहरुलाई सुविधा पु¥याउने उद्देश्यले पुर्णगाउँमा शनिबारदेखि १० दिने तालिम संचालन गरिएको हो । जेठ पाँच गते सम्म संचालन हुने तालिममा वडाका २० जना प्रशिक्षार्थी... पुरा पढ्नुहोस
विकासमा नमुना : सरकारी बजेटको स्टीमेटभन्दा तेब्बर बढी पदमार्ग निर्माण (तस्बिर र भिडियो)
- 5 बर्ष, 8 महिना अगाडि
- २८ बैशाख २०७६, शनिबार
https://www.youtube.com/watch?v=a6LdIXX-dzQ&feature=youtu.be म्याग्दी, २८ वैशाख । म्याग्दीको रघुगंगा गाउँपालिका–३ मौवाफाँट स्थित माछेखोलामा पदमार्ग निर्माणमा सरकारी बजेटको तेब्बर बढी लागतमा पदमार्ग बनाएका छन् । वडा कार्यालयको सिफारिसमा गाउँपालिकाबाट विनियोजन भएको रु ५० हजार बजेटबाट पदमार्ग बनाउन सुरु गरेका माछेखोलाबासीले सरकारी बजेटको लागतस्टीमेट भन्दा तेब्बर बढी काम गरेका हुन् । मौवाफाँटको मसिनाचोक देखि... पुरा पढ्नुहोस
शिखमा नेकपाको सपथ
- 5 बर्ष, 8 महिना अगाडि
- २८ बैशाख २०७६, शनिबार
बेनी २८ बैशाख । अन्नपूर्ण गाउँपालिका ५ शिखको किन्दुमा शनिबार नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को वडा कमिटिका पदाधीकारी तथा सदस्यहरुले सपथ लिएका छन् । वडा कमिटि अध्यक्ष उदिप्रसाद पाइजाको अध्यक्षता, तेसबहादुर पुर्जाको सञ्चालन र रञ्जित पाइजाको स्वागतमा सम्पन्न कार्यकर्ता भेलामा प्रमुख अतिथि जिल्ला सदस्य नारायण पुनले २५ सदस्यीय संगठन कमिटिलाई सपथ... पुरा पढ्नुहोस
रघुगंगाले छान्यो पर्यटकीय र साँस्कृतिक क्षेत्र
- 5 बर्ष, 8 महिना अगाडि
- २७ बैशाख २०७६, शुक्रबार
म्याग्दी, २७ वैशाख । म्याग्दीको रघुगंगा गाउँपालिकाले पर्यटकीय र साँस्कृतिक क्षेत्र घोषणा गरेको छ । गलेश्वर देखि रुइसे हुँदै धवलागिरी आइसफल, रिखार र धवलागिरी सेञ्चुरी पदमार्ग क्षेत्रलाई पर्यटकीय र चिमखोलालाई साँस्कृतिक क्षेत्र तोकिएको छ । साँस्कृतिक क्षेत्र घोषणा भएको चिमखोला थालीनाचको उद्गम थलो मानिन्छ । रुइसे हुँदै धवलागिरी आइसफल क्षेत्र... पुरा पढ्नुहोस
म्याग्देली कलाकार रोकाको ‘भन्दिन म’ लोकगीतको म्युजिक भिडियो छायांकन
- 5 बर्ष, 8 महिना अगाडि
- २७ बैशाख २०७६, शुक्रबार
म्याग्दी २७ वैशाख । म्याग्देली कलाकार रमेश रोकाको ‘भन्दिन म’ बोलको लोकगीतको म्युजिक भिडियो छायांकन गरिएको छ । म्याग्दीको मंगला गाउँपालिका ५ अर्मन पाँखु घर भई हाल अष्टेलियामा रहनुभएका रोकाको शब्द सिर्जनामा तयार भएर म्याग्देली कलाकार दिपक कुँभर र निसा केसीको स्वर रहेको सो गीतको म्युजिक भिडियोको छायांकन काठमाण्डौको धुलिखेल... पुरा पढ्नुहोस
दानामा सालैजो गीत छायांकन (फोटो फिचर)
- 5 बर्ष, 8 महिना अगाडि
- २७ बैशाख २०७६, शुक्रबार
बेनी २६ बैशाख । म्याग्देली कलाकार पूर्णीमा बि.सीको सालैजो गीत बेनीको बजार....को दानामा छायांकन गरिएको छ । खड्ग गर्बुजा र मनिषा सुनारको आवाज रहेको गितमा बि.सी र शंकर बिसीको अभिनय रहेको छ । दानाको ज्ञानप्रकाश मावि, रुप्से झरना, अन्धगल्छी लगायतका स्थानहरुमा गित छायांकन गरिएको कलाकार बि.सीले बताउनुभयो । आफ्नो गाउँ... पुरा पढ्नुहोस
डिएसपी मरासिनी गाँजा बारीमा पसेपछि (फोटो फिचर)
- 5 बर्ष, 8 महिना अगाडि
- २६ बैशाख २०७६, बिहीबार
म्याग्दी, २६ वैशाख । म्याग्दीको अन्नपूर्ण गाउँपालिका–१ दोबा गाउँ जाने बाटोमा बारीमा व्यवसायिक गाँजाखेति भेटिएको छ । गाउँदेखि तल एक युवा बस्दै आएको घरछेउको बारीमा गाँजाखेति भेटिएपछि जिल्ला प्रहरी कार्यालय म्याग्दीका प्रहरी नायब उपरिक्षक महेन्द्रप्रसाद मरासिनी नेतृत्वको टोलीले गाँजा फडानी गरेका छन् । नागरिक सुनुवाई कार्यक्रम लिएर दोबा पुगेका प्रमुख... पुरा पढ्नुहोस
दोबामा प्रहरीको नागरिक सुनुवाई, ग्रामीण गस्ती बढाउन सुझाब (फोटो फिचर)
- 5 बर्ष, 8 महिना अगाडि
- २५ बैशाख २०७६, बुधबार
म्याग्दी, २५ वैशाख । जिल्ला प्रहरी कार्यालय म्याग्दीको आयोजना र अन्नपूर्ण गाउँपालिका–१ दोबा वडा कार्यालयको समन्वयमा बुधवार दोबामा नागरिक सुनुवाई कार्यक्रम सम्पन्न गरेको छ । नागरिक र प्रहरीको सम्बन्धलाई नजिक बनाउँदै नागरिकमैत्री प्रहरी सेवालाई प्रभाबकारी बनाउने उदेश्यले प्रहरीले नागरिक सुनुवाई कार्यक्रम गरेको हो । कार्यक्रममा दोबाका स्थानीयले ग्रामिण गस्ती बढाउनुपर्ने,... पुरा पढ्नुहोस
अन्नपूर्णको वडामा मेलमिलाप केन्द्र स्थापना
- 5 बर्ष, 8 महिना अगाडि
- २५ बैशाख २०७६, बुधबार
बेनी २५ बैशाख । म्याग्दीको अन्नपूर्ण गाउँपालिकाको वडा स्तरमा मेलमिलाप केन्द्र स्थापना गरिएको छ । गाउँपालिकाको न्यायिक समितिले वडा कार्यालयसंग समन्वय गरेर स्थानीय स्तरमा मेलमिलापको माध्यमबाट बिवाद निरुपण गर्ने उद्देश्यले केन्द्र स्थापना गरेको हो । ८ वटा वडामा केन्द्र स्थापना भइसकेको न्यायिक समितिका सदस्य वुद्धी पुनले जानकारी दिएका थिए... पुरा पढ्नुहोस