राखुकी मिर्गौला पीडित मगरकोे याचनाः ‘सहयोग पाए बाँच्ने थिए’

  • २६ कार्तिक २०७७, बुधबार
  • 1389 पटक पढिएको

म्याग्दी २६ कात्तिक ।  दुवै मिर्गौलामा समस्या देखिएपछि उपचारमा आर्थिक समस्या झेल्दै आएकी म्याग्दीको रघुगंगा गाउँपालिका–३ पिप्लेकी एक महिलाले सहयोगको याचना गर्नुभएको छ । पिप्लेको तुसारेपानी बस्ने ५५ बर्षिय चनमाया मगरको दुवै मिर्गौलाले काम नगरेपछि पोखराको मणपल शिक्षण अस्पतालमा उपचार गराइरहेकी मगरको उपचारमा आर्थिक समस्या देखिएपछि सहयोगको अपिल गरिएको छ ।


पारिवारिक रुपमा आर्थिक अवस्था कमजोर भएकी मगरकोे अहिले सम्म आफन्तले उपचारमा आर्थिक संयोग गर्दै आएका थिए । अस्पतालमा नियमित डाईलासिस सहित अन्य औषधी लगायतका खर्चमा समस्या भएको पीडित मगरले बताउनुभयो । ‘मलाई रोग लाग्दा परिवारबाटै साथ दिने कोही छैन् मगरले भन्नुभयो, थप उपचारमा आर्थिक जुटाउन नसकेर अहिले घरमा आएर बसेको छु ।

‘विपन्न परिवारका हुन्,‘सामान्य कृषिपेशाबाट परिवारको गुजरा चल्ने गरेको छ’ उहाँले बताउनुभयो । हाल नियमित उपचार र भविस्यमा प्रत्यारोपण सहित नियमित उपचारका लागी आर्थिक आवश्यकता रहेकाले आर्थिक सहयोगबाटै नयाँ जीवन पाउने उहाँको भनाई छ। मृगौला प्रत्यारोपण तथा डायलासिस गर्नुपर्ने चिकित्सकले बताएपछि चैत यता ६ लाख खर्च भइसकेको छ । उहाँकोे उपचारमा आफन्तले सहयोग गरेका छन् । राखुबाट स्वदेश तथा विदेशमा रहेकाहरुलाई सहयोग जुटाउन अपिल गर्नुभएको छ ।
खाता रहेको बैंक ः सिटिजन्स बैंक बेनी शाखा
खातावालाको नाम ः चनमाया मगर
खाता नं. ः ०१८०१००००१०५३०३५