विशेष

अपर म्याग्दी –१ को अडिट देखि विद्युतगृहतर्फको सुरुङ ‘ब्रेकथ्रु’

  बेनी ः ५३ दशमलब पाँच मेगावाट क्षमताको अपर म्याग्दी–१ जलविद्युत आयोजनाको अडिट देखि विद्युतगृहतर्फको सुरुङ ‘ब्रेकथ्रु’ (छेडिएको) छ । म्याग्दी हाइड्रोपावर लिमिटेड प्रर्वद्धक रहेको आयोजनाको धवलागिरी गाउँपालिका–४ छहरीमा रहेको अडिट देखि मालिका गाउँपालिका–७ भारवाङमा निर्माणाधिन विद्युतगृहतर्फ जोड्ने सुरुङ बुधबार जोडिएको हो ।   आयोजना प्रमुख ज्योतिकुमार केसीले अडिट देखि... पुरा पढ्नुहोस

खबरामा मामा घर आएका नातीले गरे हजुरआमाको हत्या

  म्याग्दी, २२ भदौ । म्याग्दीको बेनी नगरपालिका–२ खबरा दारिमबोटमा ७४ वर्षीया वृद्धाको धारिलो हतियार प्रहार गरी हत्या भएको छ । हत्या हुनेमा स्थानीय मनकुमारी घिमिरे रहेकी छन् । हत्यामा संलग्न रहेको आरोपमा प्रहरीले मृतककी छोरीका छोरा अर्थात् नाती अन्नपूर्ण गाउँपालिका–६ घाराका २६ वर्षीय आशिष भनिने प्रशिद्ध बरुवाललाई पक्राउ गरेको... पुरा पढ्नुहोस

ज्ञानोदय माविमा ‘हाम्रो विद्यालय, हाम्रो गौरव’ वक्तृत्वकला प्रतियोगिता सम्पन्न

म्याग्दी ५ भदौ । म्याग्दीको रघुगंगा गाउँपालिका–३ मौवाफाँटमा रहेको ज्ञानोदय माध्यमिक विद्यालयमा ‘हाम्रो विद्यालय, हाम्रो गौरव’ शीर्षकमा वक्तृत्वकला प्रतियोगितामा सम्पन्न भएको छ । विद्यालयका कक्षा ६ देखि १० सम्मका विद्यार्थीहरुले सहभागिता जनाएको प्रतियोगितामा सुमि तिलिजा प्रथम, कृतिका खत्री द्धितिय, सन्निजा शाही तृतीय र सुगम सुवेदी सान्त्वना हुनुभएको छ । प्रतियोगितामा... पुरा पढ्नुहोस

रघुगंगामा ‘अध्यक्षसँग ज्येष्ठ नागरिक’ र ‘उपाध्यक्षसँग गर्भवती तथा सुत्केरी’ कार्यक्रम सुरु

म्याग्दी, ३ भदौ । म्याग्दीको रघुगंगा गाउँपालिकाले ज्येष्ठ नागरिकको स्वास्थ्य सुरक्षा तथा गर्भवती र सुत्केरी महिलाको पोषण प्रवद्र्धनलाई प्राथमिकता दिँदै ‘अध्यक्षसँग ज्येष्ठ नागरिक’ र ‘उपाध्यक्षसँग गर्भवती तथा सुत्केरी’ कार्यक्रम सुरु गरेको छ । गाउँपालिकाको आर्थिक वर्ष २०८३÷०८४ को वार्षिक स्वीकृत कार्यक्रमअन्तर्गत ज्येष्ठ नागरिकको सम्मान, स्वास्थ्य सुरक्षा र सहज जीवनयापनमा सहयोग... पुरा पढ्नुहोस

रघुगंगाले राहुपारेमा डोजर लगाएर अस्थायी बस्ती हटायो

म्याग्दी, २ भदौ । म्याग्दीको रघुगंगा गाउँपालिका–३ राहुपारेमा सामुदायिक बनको क्षेत्रमा पर्ने सार्वजनिक जग्गामा बस्दै आएका बैँसरीका पहिरो पीडितहरुले बस्ती खाली गरेपछि गाउँपालिकाले अस्थायी टहरा हटाएको छ । गाउँपालिकाले पटक–पटक ताकेता गरी अस्थायी टहरामा बस्दै आएकाहरुलाई बस्ती खाली गर्न लगाएपछि मंगलवार डोजर परिचालन गरेर टहरा हटाइएको हो । गाउँपालिका अध्यक्ष... पुरा पढ्नुहोस

ज्ञानोदय माविमा म्याग्दी जेसीजद्धारा उद्घोषण तथा भाषणकला तालिम सम्पन्न

म्याग्दी, ३१ साउन । रघुगंगा गाउँपालिका–३ मौवाफाँटमा रहेको ज्ञानोदय माध्यमिक विद्यालयमा विद्यार्थी र शिक्षकहरुका लागि उद्घोषण तथा भाषणकला तालिम सम्पन्न भएको छ । युवाहरुको नेतृत्व र व्यक्तित्व विकासमा क्रियाशिल म्याग्दी जेसीजको आयोजनामा विद्यालयमा अध्ययरत विद्यार्थी र शिक्षकहरुको लागि एक दिने प्रभावकारी उद्घोषण तथा भाषणकला सम्बन्धि तालिम सम्पन्न भएको हो ।... पुरा पढ्नुहोस

रघुगंगा गाउँपालिकामा करदाता सेवा सञ्चालन

म्याग्दी २७ साउन — रघुगंगा गाउँपालिकाले गाउँपालिकामै करदाता सेवा सञ्चालन गरेको छ। गाउँपालिकाले साविकमा आन्तरिक राजश्व कार्यालय र करदाता सेवा कार्यालयहरुबाट प्रदान हुँदै आएका विभिन्न सेवाहरू स्थानीय तहमै उपलब्ध गराउने उद्देश्यले करदाता सेवा सुरु गरेको हो। आन्तरिक राजश्व कार्यालय बागलुङ र गाउँपालिकाबिच भएको समझदारी बमोजिम करदाता सेवा सुचारु गरिएको गाउँपालिकाको... पुरा पढ्नुहोस

गलेश्वरमा बौद्ध युवा क्लबको निःशुल्क गाडी सेवा तथा खानेपानी वितरण

म्याग्दी २५ साउन । म्याग्दीको बेनीस्थित मंगलघाटमा रहेको बौद्ध युवा क्लबले गलेश्वर मन्दिरमा भक्तजनको सहजताका लागि निःशुल्क गाडी सेवा तथा खानेपानी वितरण गरेको छ। साउन महिनाको अन्तिम सोमबारको अवसर पारेर सञ्चालन गरिएको कार्यक्रममा गलेश्वर मन्दिरमा आउने भक्तजनलाई आवतजावतमा सहजता प्रदान गर्न निःशुल्क गाडी सेवा उपलब्ध गराइएको थियो। साथै, मन्दिर परिसर... पुरा पढ्नुहोस

ज्ञानोदय माविमा हस्तलेखन सुधार कार्यक्रम सम्पन्न

म्याग्दी २३ साउन । म्याग्दीको रघुगंगा गाउँपालिका–३, मौवाफाँटस्थित ज्ञानोदय माध्यमिक विद्यालयमा विद्यार्थी र शिक्षकको लेखन सीप तथा हस्तलेखन सुधार गर्ने उद्देश्यले ‘हस्तलेखन सुधार कार्यक्रम’ सम्पन्न गरिएको छ। विद्यालयमा स्थापीत खडानन्द–केशर कुमारी स्मृति छात्रवृत्ति अक्षयकोषको आर्थिक सहयोगमा एक साता सम्म सञ्चालन भएको कार्यक्रममा विद्यार्थी तथा शिक्षकहरूलाई आकर्षक, स्पष्ट र शुद्ध हस्तलेखनका... पुरा पढ्नुहोस

जन्मथलो दानामा अधुरै रह्यो निम्सको घर बनाउने सपना

विश्वप्रसिद्ध नेपाली पर्वतारोही तथा विश्व कीर्तिमानी आरोही निर्मल पुर्जा ‘निम्स दाइ’ को पाकिस्तानस्थित ब्रोड पिक हिमाल आरोहणका क्रममा निधन भएपछि उहाँको जन्मथलोमा घर बनाउने सपना अधुरै भएको छ । तितरकी कमला केसीका अनुसार बाल्यकालदेखि एउटै आँगनमा खेलेर हुर्केका निर्मल पुर्जा जस्तो साहसी व्यक्ति हिमालबाट जीवित फर्किने विश्वास अन्तिम समयसम्म थियो।... पुरा पढ्नुहोस